प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३२ मिनेट अघि
धनगढी / सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो तथा रुघाखोकीको सामान्य संक्रमण देखिएपछि बैतडीको गोठालापानीमा आराम गरिरहेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य परीक्षण गरेका थिए। चिकित्सकले केही समय आराम गर्न सुझाव दिएका छन्।
मन्त्री लम्साल बिरामी भएपछि जिल्ला प्रशासन कार्यालयमा हुने कार्यालय प्रमुखको बैठक तथा बझाङ जानेसहितका पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएका छन्। यसअघि उनले डोटीको बीपीनगरमा धनगढी–दिपायल द्रुत मार्ग तथा दार्चुलामा महाकाली करिडोर र जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए।