logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

निजामती कर्मचारी अस्पतालमा अब हरेक आइतबार विशेष ओपिडी सेवा

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारी अस्पतालमा अब हरेक आइतबार विशेष ओपिडी सेवा

काठमााडौँ / निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालका अनुसार हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने विशेष ओपिडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी (इएनटी), रेडियोलोजी र प्याथोलोजीलगायत सेवा उपलब्ध हुनेछ।

आगामी दिनमा विशेष ओपिडीअन्तर्गत थप विशिष्टीकृत स्वास्थ्य सेवा पनि विस्तार गरिने अस्पतालले जनाएको छ।

निजामती कर्मचारी तथा परिवारका सदस्यले अस्पतालमा उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्दै सहज र प्रभावकारी रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।