logo
२०८३ भाद्र २६, शुक्रबार |
📰
🔍

बिग केयर अस्पतालद्वारा एक महिनासम्म निःशुल्क स्वास्थ्य शिविरको घोषणा

बिग केयर अस्पताल : “गुणस्तरीय स्वास्थ्य सेवा, सबैका लागि सहज पहुँच”

प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
बिग केयर अस्पतालद्वारा एक महिनासम्म निःशुल्क स्वास्थ्य शिविरको घोषणा

काभ्रे/ स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले बिग केयर अस्पतालले आधा महिनाभरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गर्न लागेको उक्त शिविर अस्पतालका अध्यक्ष श्री विरेन्द्र बहादुर न्यौपाने ज्यु को श्रीमती तथा पुत्र श्री कल्याण विक्रम न्यौपाने ज्यु र बुहारी (प्रबन्ध निर्देशक) श्रीमती स्नेहा बस्नेतज्यूकी ममतामयी आमाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गर्न लागिएको हो।
शिविरमा सर्वसाधारणले आधारभूत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श निःशुल्क प्राप्त गर्न सक्नेछन्।

आवश्यकताअनुसार विभिन्न स्वास्थ्य जाँच, विशेषज्ञ चिकित्सकसँग परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक सेवाहरू पनि उपलब्ध गराइने अस्पतालले जनाएको छ।
बिग केयर अस्पतालमा उपलब्ध प्रमुख सेवाहरू अन्तर्गत आकस्मिक सेवा, ओपीडी सेवा, विशेषज्ञ चिकित्सकीय परामर्श, प्रयोगशाला परीक्षण, फार्मेसी, स्वास्थ्य परीक्षण, नर्सिङ सेवा तथा विभिन्न रोगको निदान र उपचार सेवा रहेका छन्। अस्पतालले बिरामीलाई सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा विस्तार गर्दै आएको जनाएको छ।


अस्पताल व्यवस्थापनका अनुसार आश्विन महिनाभरि सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। अस्पतालले यस अवसरमा “अधिकभन्दा अधिक नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन” आग्रह गरेको छ।
स्वर्गीय आमाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको यस स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्यप्रतिको चेतना बढाउनुका साथै मानवीय सेवाको भावना अझ मजबुत बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ।