प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
हेटौंडा / मकवानपुर जिल्लाका स्थानीय तहको स्वास्थ्य क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को मूल्यांकनमा बागमती गाउँपालिका तेस्रो भएको छ।
जनस्वास्थ्य कार्यालय, मकवानपुरले जिल्लाका स्थानीय तहका प्रमुख स्वास्थ्य सूचक तथा अन्य पक्षहरूको मूल्यांकन गर्दा बागमती गाउँपालिका तेस्रो भएको जनाएको हो। सोही अवसरमा गाउँपालिकालाई प्रशंसापत्र प्रदान गरिएको छ। बागमती यो भन्दा अगाडि लगातार जिल्ला प्रथम हुन् । यो पटक स्वास्थ्य विमामा केही कम अंक पाउँदा बागमती तेस्रो हुन पुगेको हो । अन्य सुचकमा बागमती नै अगाडि रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। यो पटक थाहा नगरपालिका पहिलो र मनहरी गाउँपालिका दोस्रो भएको छ।
बुधबार जनस्वास्थ्य कार्यालय मकवानपुरका कार्यालय प्रमुख किरण श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बागमती गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ता लगायत अन्य स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।
यस उपलब्धिले स्वास्थ्य क्षेत्रमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीलाई थप उत्साह मिलेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताउनुभएको छ ।