Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १९, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जेनेभाबाट जारी प्रतिवेदन र संवैधानिक बहस

प्रभातफेरी अनलाइन १४०४ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २८, आईतबार (१३ साल अघि)
Post Thumbnail

नेपाल सरकारसँग कुनै पनि सहकार्य र समझदारी नबनाई एक पक्षिय रुपले जारी राष्ट्रसंघिय मानव अधिकार कार्यालयले जेनेभाबाट जारी प्रतिवेदन विवाद र बहसको विषय बनेको छ । नेपालको दशवर्षे द्वन्द्वको घटना र सत्यतथ्य तथ्यांक जारी गरेको दस्तावेजको अधिकारीता माथि प्रश्न चिन्ह खडा भएको छ । नेपालमा २०५२ सालदेखि शान्ति सम्झौतामा हस्ताक्षर भएको अवधिसम्ममा ३० हजार भन्दा बढी घटना र मुद्दाहरु समेटिएको उक्त प्रतिवेदन संवैधानिक बहसको विषय बन्न सक्ने देखिन्छ ।
जेनेभा प्रतिवेदनमा २ सय ३३ पाना लामो अभिलेखिकरणमा सम्पूर्ण आधार भनी नौ वर्षको द्वन्द्वको तथ्य तथ्यांक सुनिएको, बुझिएको आधारमा संकलन गरिएको प्रतिवेदनमा संकलित सामग्री, अभिलेखमाथि पुनः पुष्टि नगरी नेपालमा संक्रमणकालीन न्याय संयन्त्रलाई सघाउने उद्देश्य राखी प्रतिवेदन बाहिर ल्याइएको कुरा अगाडी सारिएको छ । शान्ति प्रक्रियाभित्रको विभिन्न पाटोमा चित्रण गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग गठन नभएको कुरा पनि प्रतिवेदनले जोडेर हेरेको छ भने सोही आयोगहरु पनि नेपालमा गठन हुन सकेका छैनन् ।
सामाजिक र राजनैतिक दृष्टिले ऐतिहासिक घटनामा दशवर्षे द्वन्द्वको घटना विवरण नभएको अवस्था र सरकारीदेखि अधिकारकर्मी संघसस्थाको आफ्नो आफ्नो अनुमानका अभिलेख बाहिर आएको राष्ट्रसंघिय प्रतिवेदन बहसले निश्चित रुप तय गरे पनि सहमति र समझदारी बिना मुलुकको छवि बिगार्ने तहबाट आएको प्रतिवेदनलाई बिरोध नगरी न्यायिक संयन्त्रलाई आड दिने गरी द्वन्द्वबारेको श्वेतपत्र जारी गरे बुद्धिमानी हुनेछ ।
सेना समायोजनका प्राविधिक कामहरु टुंगिने क्रममा रहेको बेलामा विभेद, विग्रह र विवादको अर्थ रहन सक्दैन । तर अन्तर्राष्ट्रिय समूहको साथ र सहयोग चाहिने बेला प्रतिवेदन आएकोमा सरोकारवालासँग संवाद र सहकार्य हुनु जरुरी छ । प्रतिवेदनमा असहमति रहेमा र गलत सावित भएमा भने भूलसुधार स्विकार गरी राष्ट्रसंघले अझ स्पष्ट आधिकारीक धारणा बाहिर ल्याउनुपर्ने हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0