प्रभातफेरी अनलाइन१४४३ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर १८, सोमबार(१३ साल अघि)
धुलिखेल÷नारीचेतना केन्द्र नेपालले संचालन गरिरहेको उन्नत भविष्य बनाउ कार्यक्रमको समीक्षा गरिएको छ ।
विश्व शिक्षाको सहयोगमा काभ्रे जिल्लाको अनैकोट, फूलबारी, मेथिनकोट, पाँचखाल, बालुवा र पनौती ४ चामखर्कका आर्थिक रुपमा विपन्न परिवारहरु आफ्ना नाबालक छोराछोरीहरुलाई उक्त कार्यक्रम गरिरहेको छ । उपत्यकाका विभिन्न ईंटाभट्टामा पढाई छोडेर मजदुरी गर्न जाने बालबालिकाहरुको शिक्षाका लागि परियोजनाले काम गरिरहेको नारीचेतना केन्द्र नेपालकी कार्यक्रम संयोजक सृजना पौडेलले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत बालश्रमको अन्त्य गर्न अभिभावकहरुको क्षमता अभिबृद्धि गराई बैकल्पिक जिविकोपार्जनका लागि प्रेरित गराउन कोचिङ कक्षा संचालन, समुदायमा जनचेतनामुलक तालिमहरु, विद्यालय आयआर्जन कार्यक्रम कृषक पाठशालाहरु संचालन, श्रमिक बालबालिकाका अभिभावकहरुलाई आर्थिक शिक्षा कार्यक्रम संचालन गरी जिविकोपार्जन र युवा उद्यमशिलता तालिमहरु संचालन गरिएको थियो ।
कार्यक्रममा विश्व शिक्षाका कार्यक्रम संयोजक सिताराम लुइँटेल, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के.सी., जिल्ला विकास समितिका कार्यक्रम अधिकृत ऋषिकान्त घिमिरे, जिल्ला कृषि कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरे, जिल्लाका सहकारी अधिकृत हरिप्रसाद पौडेल लगायतले जिल्लाका कार्यालयहरुले प्याकेजको रुपमा आयमुलक रोजगार मुलक र चेतनामुलक कार्यक्रमहरु संचालन गरेमा मात्र बालश्रमको कमी हुँदै जाने तर्क राखेका थिए ।