logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

न्यूनतम पारिश्रमिकको माग

प्रभातफेरी अनलाइन२१२० पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार(१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले हुलाक कर्मचारीको लागि न्युनतम पारिश्रमिक माग गरेको छ । एशोसिएसनको दोश्रो राष्ट्रिय सम्मेलनमा बोल्ने अधिकाशं वक्ताले सरकारसंग यस्तो माग गरेका हुन् ।  उनीहरुले निजामती कर्मचारीहरुको जस्तै सेवा सुविधा, उपदानको व्यवस्था लगायतका मागहरु सरकार समक्ष राखे । सम्मेलनको भुमिसुधार मन्त्रालयका सचिव शुसिल घिमिरेले उद्घाटन गरेका थिए । सम्मेलनमा ६० जिल्लाका ३ सय ४ प्रतिनीधि सहभागी थिए । देशभर ३ हजार ७४ अतिरिक्त हुलाकका १० हजार ८ सय ५३ कर्मचारी कार्यरत छन् । सम्मेलनले टंकप्रसाद हुँमागाईँकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।