धुलिखेल ÷ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनैतिक दलहरु वीच प्याकेजमा सहमति भएर देशले निकास पाउने विश्वास व्यक्त गरेका छन् । दलहरु वीच केही हप्तामा नै राजनैतिक सहमति खोजिनुपर्ने पनि उनले दोहा¥याए ।
सोमबार धुलिखेलमा काठमाण्डौँ विश्वविद्यालयको अठारौँ दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री भट्टराईले १२ बुँदे समझदारीका सहयात्री दलहरु मिल्नुको विकल्प नभएको भन्द ैसहमति नभए हालसम्मको राजनैतिक उपलव्धी गुम्ने खतरा रहेको औल्याए । उनले बैशाख भित्रै कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गर्ने जिकिर गरे । उनले देशमा प्रतिभा पलायनको स्थिती अझै रहेको भन्दै चिन्ता समेत प्रकट गरे । भट्टराई यहाँ उत्पादित दक्ष जनशक्तिलाई देशमा नै रहेर काम गर्न आग्रह गर्दै युवा पुस्तामा राष्ट्रियताको भावना नभए देशले प्रगति गर्न नसक्ने धारणा राखे ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |