महादेवस्थान ÷ गोर्खा ब्रुअरीको उत्पादन काल्सवर्ग वियरमा लेदो भेटिएको छ । महादेवस्थान ४ सिउडिननीटारमा रहेको आर एण्ड एस होटल र लज रिसोर्टमा विक्रीको लागि राखिएको वियरको एक कार्टुन बोतलमा लेदो भेटिएको हो ।
होटलमा आएका एक जना ग्राहकले सेवन गर्न खोज्दा लेदो भएकृो थाहा भएको थियो । ग्राहकले गुनासो गरेपछि होटल सञ्चालक रामकृष्ण सापकोटाले बनेपा स्थित विएस मार्केटिङ बनेपाका म्यानेजर शुशिल राजवंशीलाई खवर गरेका थिए । “ग्राहकको स्वास्थमा खेलबाड हुने भएकाले डिलरकोमा गुनासो गरेँ, सापकोटाले भने, “तर प्रतिबोतल एक हजार दिन्छु, सार्वजनिक नगर्नु भनेको थियो तर मैले यस्तो गरिन् । ”
बोतलमा २०१३ डिसेम्वर १५ सम्म प्रयोग गर्न उपयुक्त भनेर लेखिएको छ । स्थानीय प्रयोगकर्ता लोकबहादुर सापकोटाले यस्तो घटनाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने बताए । “यो वियर नियमित सेवन गर्ने गरेको थिँए, यो घटनाले गम्भीर बनायो । ” उनले भने ।
होटलमा आइपुगेका काठमाण्डौँका कृष्णबहादुर बस्नेतले यस्तो घटनाहरु दोहोरिरहेकाले सरकारले दोषीलाई कार्वाही गर्न सक्नुपर्ने बताए । “यो उपभोक्ता स्वस्थ्य माथिको गम्भीर खेलवाड हो ” उनले भने ।
विभिन्न समयमा यस्ता पेय पदार्थमा गम्भीर त्रुटि सावैजनिक भैरहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |