Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १८, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला हिंसाका घटना बढे

प्रभातफेरी अनलाइन १३२८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ सन् २०१२ मा काभ्रे जिल्लामा महिला हिंसाका घटना बढी भएको एक गैरसरकारी संस्थाको तथ्याकंले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस १६ गते सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।
तथ्याङक अनुसार, प्रहरीको महिला तथा बालवालिका सेवा केन्द्रमा यस वर्ष घरेलु हिंसासम्वन्धी १ सय १४ ओटा घटना दर्ता भएका छन् । जिल्ला विकास समिति अन्तर्गतको महिला शशक्तिकरण इकाइमा समेत साउनयता १२ उजुरी परेका छन् । ४६ ओटा घटना मिलापत्र भएका छन् । यही बर्ष ६ ओटा बलात्कार र ३ ओटा बलात्कार प्रयाससम्वन्धी घटना जानकारी आए । महिला हिंसाका घटनामा हत्या, आत्महत्या, बहुविवाह, यौन दुव्र्यवहार र महिला बेचविखनका घटना छन् । महिला हिंसाकै कारण काभ्रेमा आत्महत्याका घटना समेत बढेका छन् । बर्षभरीका ७७ ओटा आत्महत्याका घटनामा ४० जना महिलाको मृत्यु भएको तथ्याकं छ । हिंसाकै कारण जिल्लामा सम्वन्ध विच्छेदका घटना समेत बढेका छन् । जिल्ला अदालतमा गएको साढे २ वर्षमा एकसय १४ जनाले सम्वन्ध विच्छेद गरेका छन् ।
सन् २०१२ मा हत्याका १३ ओटा घटनामा ४ जना महिलासहित १३ जनाको मृत्यु भएको प्रतिवेदनमा छ । हत्याका घटनामा झुण्ड्याएर, कुटेर, चिर्पट, कोदालो, खुकुरी र चक्कु प्रहार गरी हत्या गरिएका छगरिएका छन् । काभ्रेका इन्सेक प्रतिनिधि भोजराज तिमल्सिनाले तयार गरेका प्रतिवेदनमा मानवअधिकारको अवस्था, पुस्तकमा समावेश गरिने घटना र शान्ति प्रक्रियाको अवस्थाका बारेमा चर्चा गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले वास्तविक द्वन्द्वपीडितहरुको पहिचान गरी उनीहरुलाई राज्यका तर्फबाट उपलव्ध गराइने सेवा सुविधामा ढिलाई नगरिने पं्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी गिता उप्रेतीले नेपाल प्रहरी मानवअधिकारप्रति सदैब प्रतिवद्ध रहेको बताइन् ।
कार्यक्रममा स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की, जिल्ला सरकारी न्यायाधिबत्ता शारदाप्रसाद कोइराला, नेपाली सेना खड्ग दल गणका गणपति जगतबहादुर पौडेल, स्थानीय शान्ति समिति काभ्रेका संयोजक रामहरी सुवेदी, महिला तथा बालवालिका कार्यालय प्रमुख माया लोहनी, नेकपा माओवादीका प्रतिनिधि लेखराज गजमेर, राप्रपाका टुल्कु लामा, नेकपा मालेका रणबहादुर बोहोरा, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सावित्री लामिछाने, गैसस महासंघका अध्यक्ष कृष्णचन्द्र आचार्य, द्वन्द्वपीडित समाज काभ्रेकी अध्यक्ष मनकुमारी रञ्जित, एकल महिला सञ्जालकी रामदेबी तामाङ लगायतले जिल्लामा महिलाको अवश्थाबारे चर्चा गरेका थिए ।

अझै न्याय पाइनन् लक्ष्मीले

धुलिखेल ÷ सिन्धुपाल्चोक भोटसिपाकी लक्ष्मी श्रेष्ठलाई २०६६ पुष २७ उनको श्रीमान् र भक्तपुर बालकोटकी सञ्जु ठकुरीले काभे्रको दोलालघाट नजिक रहेको भिरबाट लडाइदिइन् । काखमा रहेको नाबालक छोरासहित भिरबाट लडाइएपछि सुनकोसी नदी किनारको रुखमा अल्झेर बल्लबल्ल बा“चेकी लक्ष्मी न्याय खोज्दै काभे्र जिल्ला अदालत पुगिन् । तर, भिरबाट लडाएको देख्ने र उद्धार गर्नेहरुले अदालतमै आएर साविती बयान दिंदा पनि पीडक सञ्जुलाई अदालतले निर्दोष सावित गरेर सफाई दियो । पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै लक्ष्मीको पक्षमा निर्णय भएन । न्याय माग्दै अदालत पुगेकी लक्ष्मी यो फैसलापछि थप पीडामा परिन् ।
भिरबाट लडाइएपछि सुनकोसी नदि किनारको रुखमा अल्झेकी लक्ष्मीलाई नजिकै गिटी चालिरहेका व्यक्तिले चिच्याइरहेको अवस्थामा देखेर उद्धार गरेका थिए । उनलाई लालबहादुर माझी, ओमकृष्ण माझी लगायतले उद्धार गरेका थिए ।
जिल्ला अदालतका तत्कालिन माननीय न्यायधिश राजेशकुमार काफ्लेको इजलासले २०६७ साल साउन १२ गते प्रतिवादी सञ्जु ठकुरीको पक्षमा फैसला गरेको थियो । जिल्ला अदालतबाट असोज १९ गते प्राप्त जनाउमा असन्तुष्टि जनाउदै त्ससको भोलीपल्टै सरकारी वकिलको कार्यलयले पुनरावेदन सरकारी वकिलको कार्यलयमा पुनरावेदन गरेका थिए । तत्कालिन सरकारी वकिल सुर्यराज दाहालले नै विदेशी र नमिल्ने घटनालाई आधार बनाएर गरिएको यो फैसलाप्रति असन्तुष्टी जनाउँदै लक्ष्मीलाई न्याय दिलाउन पुनरावेदन अदालतमा पुनरावेदन गरेका थिए ।
लक्ष्मी अहिले भक्तपुर स्थित दिदीकोमा बसेकी छिन् । उनका श्रीमान् रामकृष्णले सञ्जुलाई नै श्रीमती बनाएर बसेका छन् । प्रशस्त प्रमाण ह“ुदाहु“दै पनि लक्ष्मीले न्याय नपाएको यो घटनाबाट महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिसमेत अचम्मित भएका छन् । “प्रशस्त प्रमाण हुँदाहुँदै पनि हामीले लक्ष्मीलाई हामीले न्याय दिलाउन सकेनौँ । ” महिला मानवअधिकार रक्षक माया बादेले भनिन् , “यसले न्यायमा महिलाको पहुँच कतिको छ भन्ने देखाएको छ । ”
महिला हिंसा नियन्त्रणको लागि भन्दै विभिन्न संघसंस्थाले कार्यक्रम लागु गरेको भएपनि ती त्यति प्रभावकारी हुन सकेको छैनन् । ती कार्यक्रमहरु शहरी क्षेत्रमा मात्रै सिमित भएको गुनासो समेत ग्रामिण क्षेत्रका महिलाहरुले गर्ने गरेका छन् । महिला प्रहरी प्रमुख भएर काभ्रे आए लगत्तै प्रहरी उपरिक्षक गिता उप्रेतीले महिला हिंसामा कमि ल्याउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । प्रहरी उजुरी नपरेको भन्दै कानमा तेल हालेर बस्छ भने उजुरी परेका कतिपय घटनामा समेत महिलाले न्याय पाउन नसकेको लक्ष्मीकै घटनाले पुष्टि हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0