विश्वनाथ ताम्राकार
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको परिभाषा १९९९ अनुसार अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा स्वयम्सेवा गतिविधि निम्न छन् ।
– आर्थिक वा भौतिक अपेक्षा नराखी राजनैतिक वा सामाजिक वित्तीय करकापले नभई स्वेच्छा, स्वतस्फूर्त भएर गरिन्छ ।
– रेडक्रस अभियानका आधारभूत सिद्धान्त अनुसार समुदाय वा संकटाभिमुख पिडितहरुको सहयोग गने अभिप्रायले बिना हिच्किचाहटले गरिन्छ ।
– रेडक्रस आधिकारी प्रतिनीधिहरुद्वारा आयोजित हुन्छ ।
– नेपाल रेडक्रस सोसाइटी विधानमा गरिएको १५ औं संशोधनमा स्वयम्सेवकको केन्द्रदेखि उपशाखासम्म विधानत गरिने कार्यक्रमहरुमा स्वयम्सेवकहरुको भुमिकालाई विशेष महत्व दिँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीले स्वयम्सेवक कार्यक्रमलाई अभिन्न अङ्गको रुपमा लिइएको छ ।
– नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापन कार्यक्रमबाट तत्काल संकटाभिमुख समुदायमा प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ । स्वयम्सेवाहरुले रेडक्रसमा प्रतिनीधित्व गर्दै विश्वव्यापी रुपमा मानवीय सेवा प्रदान गर्दछन् ।
– नेपाल रेडक्रसले समुदायमा भएका सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सम्पर्क समन्वय गरेर स्वयम् सेवकहरुको बढी भन्दा बढी संचालन गरेर रेडक्रसको लक्ष्य अनुसार मानविय संस्थाको रुपमा स्थापित रेडक्रसले मानवीय पिडामा सक्दो राहत प्रदानका साथ संकटाभिमुखता कम गर्ने संस्थागत नीति प्रणाली अनुसार रेडक्रसको सेवा कार्यक्रम र विकासमुलक कार्यक्रममा दक्ष स्वयम् सेवक (एचयाभककष्यलब िखयगिलतभभच) लाई प्रयोग र संलग्नता बढाउनु जरुरी छ । स्वयम्सेवक जस्तो आति संवेदनशील कार्यको व्यवस्थापनलाई सापेक्ष प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय महासंघको १९९९ परिभाषा नीतिलाई समन्वय रहने गरी सन् २००२ मा तर्जुमा भएको नीति अनुसार स्वयम्सेवक व्यवस्थापनका क्षेत्रमा भएका विभिन्न कार्यहरुको अभ्यास र अनुभवबाट केन्द्रीयस्तरदेखि उपशाखा स्तरसम्मको सहभागितामा प्राप्त भएको सुझावलाई समेटेर नीतिको परिमार्जन तथा संशोधन गर्ने काम पनि भएको छ ।
– स्वयम्सेवक आचारसंहिताबाट निर्देशित अनुसार रेडक्रसद्वारा सुम्पिएको नेपाल रेडक्रस सोसइटीको विधान अनुसार रेडक्रसका आधारभूत सिद्धान्त दुरदृष्टि लक्ष्य उद्देश्य अनुसार व्यक्तिगत तथा समुहगत कार्य गर्न अभिप्रेरित भई स्वेच्छाद्वारा उपलब्ध गराइएको सेवालाई स्वयम्सेवा भनिनेछ । स्वयम्सेवक यस्तो व्यक्ति हो जसले पारिश्रमिक बिनानै स्वतस्फूर्त भएर स्वेच्छाले सेवा प्रदान गर्छ र संस्थाका नियमहरुले ऊ बाँधिएको हुन्छ ।
– विश्वमा मानव सभ्यताको उदयसँगै एकले अर्काेलाई सहयोग गर्नुपर्छ भन्ने स्वयम्सेवा प्राचीन विश्वव्यापी अवधारणा हो, स्वयम्सेवा आधारभूत मनवीय मूल्यको रुपमा स्थापित भइसकेको छ । बास्तवमा स्वयम्सेवा विश्वको इतिहास राजनैतिक धार्मिक साँस्कृतिक आर्थिक अवस्थाबाट अत्यन्त प्रभावित हुन्छ । हुनत स्वयम्सेवा देशकाल परिस्थिति अनुसार विभिन्न प्रकृतिको हुन्छ । यसको कुनै सिमा हुँदैन ।
रेडक्रसका स्वयम्सेवकको भुमिका
रेडक्रस स्वयम्सेवकको महत्वपूर्ण भूमिका संकटाभिमुख व्यक्तिहरुलाई गर्छन्, स्वयम्सेवकहरुले टोली वा समुहमा काम गर्दा समुलायको आवश्यकता टोली नेताको अधिनमा रहेर तोकिएको काम गर्छन् । उदाहरणका लागि प्राथमिक उपचार, रोगको रोक स्वास्थ्य प्रबद्र्धन, प्रकोप पूर्वतयारी वा बृद्धबृद्धा भेटघाट जोको लागि खटाइन्छ, सबै स्वयम्सेवकले गर्छन्, विशेष गरेर स्वयम्सेवकको भुमिका निम्न छन् ः
० कसैको करकापमा नपरी आर्थिक वा नैतिक लाभको अपेक्षा नराखेर स्वेच्छाले काम गर्ने ।
० समुदाय÷कल्याणको लागि र आफुलाई आत्मसन्तोषको लागि सक्दो योगदान नगर्ने ।
० फाइदा वा पुरस्कारको अपेक्षा नराखी स्वयंसेवामा योगदान गर्ने ।
० रेडक्रसको आधिकारीक प्रतिनीधिबाट संगठित भएर काम गर्ने ।
० आफ्नो समुदायको लागि समुदायमै रहेर कार्य गर्ने ।
० निरन्तर वा आवश्यकता अनुसार आयोजित कार्यक्रममा योगदान गर्ने ।
० समुदायको स्वास्थ्य समस्याका प्राथमिकता बुझ्ने ।
० स्वास्थ्य र रोग सम्बन्धी समुदायमा विद्यमान परम्परागत विश्वास, मान्यताबारे जानकारी राख्ने ।
० निष्पक्ष भएर जात, धर्म वर्ग लिङ्ग आदिमा आधारित नभई सामानै भावबाट सेवा प्रदान गर्ने ।
० परिवेश अनुसार मानिसमा भिन्न्ता पाइन्छ । तिनीहरुको आवश्यकता अनुसार फरक हुने कुरा बुझेर काम गर्ने ।
० सहानुभूति दर्शाउने ।
स्वयंसेवकका प्रकारहरु
१) कार्यकारी स्वयंसेवक ः नेपाल रेडक्रसको केन्द्रीय कार्यसमितिदेखि जिल्ला शाखा, उपशाखाको समितिमा रही कार्यक्रमहरुको समन्वय तथा बढी भन्दा बढी समुदायका व्यक्तिहरु समेटेर संलग्नता बढाउने स्वयंसेवकलाई कार्यकारी स्वयंसेवक भनिन्छ । त्यस्तै सेवा कार्यमा संलग्न सहयोग समिति जुनियर तथा सर्कलहरुको कार्यसमितिलाई पनि जनाउँदछ ।
२) कार्यक्रम स्वयंसेवक ः नेपाल रेडक्रस सोसाइटीबाट संचालित विविध कार्यक्रममा विभिन्न स्तरबाट सहयोग गर्ने स्वयम्सेवकलाई कार्यक्रम स्वयंसेवक भन्दछन् ।
क) दक्ष स्वयम्सेवक ः नेपाल रेडक्रस सोसइटीको कार्यक्रम संचालन गर्न आवश्यक उच्चस्तरको सीप, ज्ञान भएका स्वयंसेवक जो नेतृत्व सेवा प्रदान गर्न सक्दछ, त्यस्तै स्वयंसेवकलाई दक्ष स्वयंसेवक भन्छ ।
ख) साधारण स्वयंसेवकः नेपाल रेडक्रसको कार्यक्रममा जो दक्ष स्वयंसेवकको सहयोगी भई काम गर्ने र साधारण तालिम प्राप्त गरेको स्वयंसेवकलाई साधारण स्वयंसेवक भन्दछन् ।
नेपाल रेडक्रस प्रति स्वयंसेवकको जिम्मेवारी
१) नेपाल रेडक्रसले दिएको जिम्मेवारीप्रति प्रतिबद्ध हुनुपर्ने ।
२) रेडक्रसको विधान, योजना कार्यविधि र स्वयंसेवकको आचारसंहिता स्विकार गर्नुपर्ने ।
३) रेडक्रसको उद्देश्य प्राप्तिमा सजग तथा तल्लिन हुनुपर्ने ।
४) सेवाग्राहीको विश्वास विचार तथा अधिकारको सम्मान गर्नुपर्ने ।
५) सेवाको अभिलेख राखी संस्थामा समय समयमा उपलब्ध गराउनुपर्ने ।
६) सेवाग्राहीको विश्वास विचार तथा अधिकारको सम्मान गर्नुपर्ने ।
स्वयंसेवाका आधारभूत सिद्धान्तः
१) स्वयंसेवा जहिले पनि निःस्वार्थ र भेदभाव रहित हुनुपर्दछ ।
२) स्वयंसेवा जहिले पनि स्थानिय आवश्यकतामा आधारित हुनुपर्दछ ।
३) मानवीय पीडामा तत्काल राहत प्रदान हुनुपर्दछ ।
४) संकटाभिमुख जनताको हितमा स्वयंसेवा हुनुपर्दछ ।
५) स्वयंसेवाका गतिविधिहरु रेडक्रसद्वारा संचालित हुनुपर्दछ ।
६) स्वयंसेवाबाट आर्थिक लाभ तथा हानी व्यहोर्नु नपर्ने हुनुपर्दछ ।
७) यो स्वयंसेवा कार्यक्रम नेपाल रेडक्रसको अभिन्न अङ्ग हुनुपर्दछ ।
८) स्वयंसेवा जहिले पनि आफ्नो सुरक्षा पहिलेमा आधारित हुुनुपर्दछ ।
स्वयंसेवकले ध्यान दिनुपर्ने कुरा
० स्वयंसेवामा कार्यरत कुनै पनि सेवाग्राहीको सेवामा लाग्दा व्यवहार भावना पूर्वाग्रही भएर पूर्वाग्रहीहरुबाट टाढा रही सेवालाई प्रभावित बन्न दिनुहुँदैन ।
० बिपतबाट संकटमा परेका संकटाभिमुख मानिसहरुले विभिन्न अवस्थामा भावनाबाट प्रेरित भई दिन सक्छन् भन्ने कुरा स्वयंसेवकमा जानकारी हुनुपर्दछ ।
० स्वयंसेवकले यस्ता कुराहरु पनि मनन गर्नुपर्छ कि आवश्यक नभएको नचाहेको सहायता बिरलै गा्रध्य हुन्छ । जसलाई अस्विकार गर्ने अधिकार हुन्छ ।
० जहाँ जस्तो मानिसको समस्या छन, त्यसको स्विकार गर्नुपर्दछ ।
० सेवाग्राहीको समस्या उनीहरुले चाहेको कुरा सेवाग्राहीलाई स्पष्ट गराउन सक्ने स्वयंसेवकमा क्षमता हुनुपर्दछ ।
० मानिसहरुको मानसिक अवस्था पारिवारिक पृष्ठभूमि शैक्षिक योग्यता अनुभवहरु प्रत्येक व्यक्तिमा फरक फरक हुन्छन् भन्ने कुरा स्वयम्सेवकहरुमा जानकारी हुनुपर्दछ ।
० मानिसहरुमा सुरक्षित रहने माया पाउने, कार्य सिद्ध गर्ने, मान्य हुने चिर परिचित हुने आधारभूत चाहनाहरु समान हुनछन् भन्ने कुराहरु स्वयंसेवकलाई जानकारी हुनुपर्दछ ।
० मानिसहरुको स्वभाव जीवनलाई नियन्त्रण गर्न चाहन्छन् भन्ने कुरा स्वयंसेवकले मनन गर्नुपर्दछ ।
० प्रत्येक स्वयंसेवकले स्वयंसेवा गर्दा सुरक्षा नियमावलीको जानकारीका साथ त्यसको ख्याल गर्नुपर्दछ ।
(लेखक, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री हुन् ।)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |