Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नार्गेगगर्चेमा बृहत स्वास्थ्य शिविर

प्रभातफेरी अनलाइन १४०९ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
Post Thumbnail

नार्गेगगर्चेमा बृहत स्वास्थ्य शिविर
नार्गेगगर्चे ÷ कुन्सालिङ विकास समाजले नार्गेगगर्चेमा ३ दिने निशुल्क स्वास्थ्य शिविर गरेको छ । मंसिर २७ देखि २९ सम्म चलेको स्वास्थ्य शिविरमा १ हजार ५ सय जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको संस्थाका अध्यक्ष  डम्वरबहादुर लामाले जानकारी दिए ।
शिविरमा नाक, कान, घाँटी, दाँत, छाला, स्त्रीरोग, यौनरोग, आँखा परिक्षण गरिएको थियो भने निशुल्क औषधी समेत वितरण गरिएको थियो । विर अस्पतालका ३५ जना डाक्टर, नर्स, तिलगंगा आँखा अस्पतालका ३ जना, नेपाल हेमोफेलिया सोसाइटी महेश क्लवका ४ जना र नेपाल रेडक्रस सोसाइटीका २ जना सहितको टोलीले ३ दिन कोशिपारीमा नै बसेर स्वास्थ्य सेवा दिएका थिए । शिविरमा काभ्रेको माझीफेदा, सानो वाङथली, नाग्रेगगर्चे र रामेछाप जिल्लाको गौस्वार र लखनपुर गाविसका वासिन्दा लाभान्वित भएका थिए ।
शिविरको नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाईले उद्धघाटन गरेका थिए । उनले राज्यले गर्नुपर्ने काम स्थानीय युवाको सकृयतामा भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति तिर्थ लामा, सचिव रामबहादुर लामा, नेपाल हेमोफेलिया सोसाइटी महेश क्लव काठमाण्डौँकी संयोजक सानुमैँया कपाली, नेपाली कांग्रेस गाँउ समिति सभापति नारायणप्रसाद न्यौपाने, आयोजक संस्थाका सचिव टेक बहादुर लामा, विश्वास लामा लगायतले कार्यक्रमको प्रशंसा गर्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।

कम्प्युटर विषयमा पुन विज्ञापन हुने

महादेवस्थान  ÷ डेडीथुम्का उच्च माविले उच्च माविको कम्प्युटर विषयको लागि पुन विज्ञापन गर्ने भएको छ ।
योग्य भन्दा नाताले नजिकको व्यक्तिलाई नियुक्ति गरेको विषयमा नेपाल विद्यार्थी संघले आन्दोलन निरन्तर तालाबन्दी गरेपछि माग सम्वोधन गर्दै नयाँ विज्ञापन गर्ने निर्णय गरेको हो ।
्    नेविसंघले नियुक्त लगायतका विषयलाई लिएर १५ दिन अघिदेखि तालावन्दी गर्दै आएको थियो । विद्यालय व्यवस्थापन समितिले पुन विज्ञापन गर्ने, व्यवस्थापन समितिमा चन्दादाता एक जना रिक्त राख्ने र अन्य विषयहरुमा सुधार गर्दै जाने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक कल्याणसिंह धामीले जानकारी दिए  । निरन्तरको तालाबन्दीको कारण विद्यालयमा अध्ययनरत करिव १ हजार विद्यार्थीको पढाइ प्रभावित भएको थियो । विद्यालयले दुई आवेदक मध्ये कम योग्यताका रामहरी दाहाललाई छनोट गरेको थियो । दाहालले मानविकीमा अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् ।
उनले थेसिस सकेका छैनन् । कम्प्युटर विषयमा उनले डिप्लोमा ट्रेनिङ लिएका छन्  । अर्की उम्मेद्धवार   निता आचार्य पौडेललले भने व्याचलर इन कम्पयुटर एप्लिकेशन (विसिए) गरेकी छिन् । कम्प्युटर विषयमा नै स्नातक पौडेललाई अयोग्य ठहराउँदै विद्यालयले नाताका आधारमा दाहाललाई नियुक्त गरेको थियो ।
बिन्धबासिनीको कारोवार ६८ करोड
बनेपा ÷ दक्षिण एशियामा नै उत्कृष्ट विन्धवासिनी बचत सहकरी संस्थाको कारोवार ६८ करोड ६९ लाख ६३ हजार पुगेको छ ।
बैकिंग कार्यलय बनेपा मार्फत पनि १५ करोड ८५ लाख कारोबार भएको छ । संस्थाले १७ हजार सेवाग्राहीलाई सेवा दिइरहेको संस्थाका प्रमुख व्यवस्थापक केवी लामा स्यान्ताङले जानकार िदिए .।
संस्थाले बनेपा, पनौती, खोपासी, ढुङखर्क, पाँचखाल कार्यलय र च्यासिङखर्क, पात्लेखेत र शखु सेवा केन्द्र मार्पत संदस्यहरुलाई सेवा दिइरहेको छ ।
कार्यक्रम संस्थाका  सचिव रामशरण भण्डारीले बनेपा क्षेत्र अन्तर्गतका उत्कृष्ठ ऋण कारोबार गर्ने सदस्यहरुलाई असल ऋणी सदस्य सहुलियत परिचय पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ, संचालक सदस्यद्वय शुसिला बादे कतिला, सूर्यनारायण नापित, ऋण उप समिति सदस्य विदुर थापा, शिक्षा उप समिति सदस्य प्रकाशबहादुर कायस्थ, क्षेत्रीय अन्तर समितिका सचिव नन्दलाल शर्मा,    क्षेत्रीय अन्तर समितिका संयोजक कृष्णकुमार केसी, शेयर सदस्य भोजराज तिमल्सिना लगायतले सहकारी सेवाबारे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0