ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन
जिल्लाको उत्तरीभेग चण्डेनीमण्डनकै सबैभन्दा पुरानो विद्यालय उमा सह शिक्षालय उच्च मावि अहिले दयनीय अवस्थामा पुगेको छ ।
राणाकालिन जर्जर अवस्थामा पनि सर्वसाधारण जनताका लागि भाषा पाठशालाको रुपमा खोलिएको विद्यालयले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेको छ । तत्कालिन अवस्थामा मण्डनभेगका चार गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, ज्याम्दी र जैशिथोकको शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको यो विद्यालय यतिखेर सरोकारवालाहरुको सहयोगको पर्खाइमा छ ।
विसं २००४ सालमा विद्यालय लामो समय सम्म प्राविमा सिमित रहयो । २०४० साल देखि बल्ल तल्ल निमावि सम्मको मान्यता पायो । वि.सं. २०५८ सालमा माविको रुपमा दर्ता भयो भने ०६६ साल देखि उच्च माविको रुपमा अहिले सम्म संचालित छ । “ विद्यालय भवन पक्की बनाउने प्रयास गरिएको छ तर आर्थिक कारणले यसलाई पूर्णता दिन सकिएको छैन । ” विद्यालयका प्रधानाध्यापक अच्युतप्रसाद नेपालले भने । उच्च भागमा भएकाले यहाँ खानेपानीको चरम अभाव छ । नजिकै धाराहरु निर्माण गरिएको भएपनि खानेपानी नहुँदा विद्यार्थीहरु समस्यामा रहेका छन् । शौचालय पक्की बनाइए पनि पानीकै अभाव भएकाले भरपर्दो तरिकाले संचालन गर्न सकिएको छैन । विद्यालयमा पुग्नको लागि सडक यातायातको पनि भरपर्दो व्यवस्था छैन । फर्निचरको पनि यहाँ अभाव छ । उच्च मावि भएर पनि भरपर्दो पुस्तकालय र आवश्यक पाठ्यसामाग्री विद्यालयमा छैन ।
हाल विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् । चार वटै गाविसमा सुविधा सम्पन्न निजी तथा सरकारी विद्यालयहरु खुल्दै गएका कारण यहाँ विद्यार्थी संख्या घटेको प्रधानाध्यापक नेपालले जानकारी दिए ।
वि.सं. २०४५ सालको भु–कम्पका कारण भत्किएको भवनलाई पुर्ननिमार्णका लागि नेपाल सरकारबाट २ वटा कोठा निर्माणको लागि सहयोग गरिएको भएपनि त्यतिखेर यो पर्याप्त थिएन । अहिले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयबाट भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माणका लागि करिव २० लाख रुपैँया आर्थिक सहयोग गरिएको छ तर यसलाई पूर्णता दिन अव २५ लाख रुपयाँ लाग्ने अनुमान गरिएको छ । अन्य आर्थिक विकल्प नहुँदा यहाँ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । यसबाट उठेको रकमले यसलाई र नजिकै रहेको उमादेवीको मन्दिरलाई जिर्णोद्धार गरिने सप्ताह मुल समारोह समितीका अध्यक्ष रामजी प्रसाद सापकोटाले जानकारी दिए ।
मण्डनभेगकै पुरानो शिक्षालयको अवस्था दयनीय

बक्समा
महायज्ञबाट हालसम्म लाख
चण्डेनी ÷ चण्डेनीस्थित उमा सहशिक्षालय उच्च माविको भवन पुरा गर्न र उमादेवी मन्दिर जिर्णोद्धार गर्नको लागि रकम जुटाउन गरिएको महायज्ञबाट शनिवारसम्म लाख उठेको छ ।
विद्यालयमा नयाँ बन्न लागेको भवनको लागि रकम अभाव भएपछि महायज्ञ लगाइएको हो । ४४ लाख लागत स्टमेट गरिएको ४ कोठे पक्की एकतले विद्यालय भवनको लागि शिक्षा विभाग मार्फत १९ लाख ५० हजार मात्रै छुट्याइएको छ । वाँकी रकम अभावकै कारण भवन अधुरो रहेको छ ।
महायज्ञबाट ५० लाख उठ्ने अपेक्षा आयोजकको छ । महायज्ञबाट उठेको पैसाबाट विद्यालय प्रागंणमा नै रहेको उमादेवी मन्दिर पनि जिर्णोद्धार गरिनेछ । महायज्ञ फाल्गुन १४ गते सम्म चल्नेछ । महायज्ञमा पण्डित मुकुन्द नेपाल र नवराज पराजुलीले प्रवचन दिइरहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |