प्रभातफेरी अनलाइन१९६० पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार(१३ साल अघि)
बेमौसमको हुरी अनि रित्तिएको जीवन………….
भेट नहुँदा तिमीसँग भेटुँ भेटुँ लाग्छ किन ।
अन्धकारले छोपिए झैं लाग्छ नभेटेको दिन ।।
तिम्रै गरि पैतिक्षा कुरिरहें तिमी आउने बाटो ।
चोट अनि पीडा दियौ तिमीले मायाको साटो ।।
अझै पनि बसेको छु तिमी आउने बाटो हेरी ।
बेमौसमको हुरी आयो तिमीलाई भेट्दा खेरी ।।
रित्तिएको जीवन मेरो भरिनै कुनै छाँटै छैन ।
त्यहि हुरीमा खुसी टुटे मनमा छैन अब चैन ।।
भन्छन् मायामा अनि युद्धमा सबथोक जायज हुन्छ तर के जायज के नाजायज यसको कुनै परिभाषा आज सम्म कसैलाई प्रष्ट पार्न सकेका छैनन् । संसार नै मायामा अडिएको छ । मायाबिनाको संसार सुन्य हुन्छ रे । तर त्यहि मायको संसारमा रम्क चाहनेहरुको जिन्दगी पनि सुन्य हुँदारहेछन् । माया माय भनेर आफ्नो सबथोक लुटाउने पनि यहि समाजमा भेटिदाँरहेछन् । माया माया भन्दै सर्वस्व लुट्ने पनि यहि समाजमा भेटिँदा रहेछन् ।
आखिर मायामा के छ त्यस्तो शक्ति जसको लागि सबथोक लुटाउन र लुट्न मरिहत्ते गर्छन् त ? के राजा के रंक सबैजना मायाको संसारमा नै आफूलाई हराउन चाहन्छ । मायामा कुनै किसिमको भेदभाव हुँदैन भन्छन् तर यहि समाजमा हरेक किसिमका भेदभावहरु व्याप्त रहेको पाइन्छ । कुनै चलचित्रमा देखाइए झैं हुन्न रहेछ वास्तविकतामा मायाको संसर । व्यवहारमा कतिपय मायाका कथाहरु सफल भएका छन् भने कति फेल भएका छन् ।
जति नै फेल भए पनि मायाको परीक्षा दिनेको भने कमी नहुँदो रहेछ हाम्रो समाजमा । जतिसुकै कठीन स्थितिको सामना गर्न पनि तयार हुँदारहेछन् मायाको परीक्षामा सामेल हुनेहरु । मायमा उच नीच, धनी गरीबको कुनै मान्यता हुँदैन भन्नेहरु नै मायामा बार बन्देज लगाउन पछि नपर्दारहेछन् । यसको ज्वलन्त उदाहरण हो रेखा र प्रवीणको मायाको गाथा ।
रेखा उच्च घरानिया परिवारकी चार दाजुहरुको एकली प्यारी बहिनी थिइन् । उनलाई कुनै किसिमको अभावको अनुभव नै हुन नदिई हुर्काएका थिए उनका परिवारले । परिवारकी कान्छी सदस्य । सबैको लाडप्यारमा हुर्किएकी उनले दुःख के हो ? पीडा के हो ? अनुभूति गर्न पाएकी थिइनन् । परिवारकी लाड प्यारमा हुर्किएकी भए पनि उनमा कुनै मैमत्ता, घमण्डता थिएन । उनी सरल र मिजासिली स्वभावकी थिइन् ।
फरासिली उनी कसैको आँखामा आँशु देख्न सक्दिन थिइन् । कोहि कतै रोईरहेको देखि भने उनी किन रोइरहेछन् भनी जान्न उत्सुक हुन्थिन् । ररुनेको आँशु पुछिदिँदै उनको बेदना जान्न उत्सुक हुन्थिन । सायद वंसानुगत गुण थियो जुन उनको बाजे देखि सर्दै आएको थियो । उनका बाजे गाउँका ठालुमा गनिन्थे । गाउँमा बसैलाई दुःख प¥यो भने आफू नखाएर पनि अरुलाई सहयोग गर्थे । उनका बुबा जो गाउँका प्रधानपन्च समेत भइसकेका थिए । उनी पनि गाउँलेहरुको दुःख सुखका साथि बनेका थिए । उनका बुबा जातभात मान्नु हुँदैन भने अभियानका त्यस गाउँका नाइके थिए । त्यसै कारण पनि रेखामा अरुको वेदना सहन नसक्ने स्वभाव भएको होला ।
प्रवीण गाउँ कै एक दर्जीका छोरा थिए । जो पढ्नमा अब्बल मानिन्थे । उनको पढाइमा तीक्ष्णता देखेर गाउँको स्कूलमा छात्रवृत्ति पाएर पढेका थिए । स्कूलको पढाइ सकिए पछि रेखाकै बुबाको सिफरिसमा उसले उच्च शिक्षा अध्धययनमा शहरमा समेत छात्रवृत्ति पाएका थिए । छात्रवृत्तिबाट नै उनले उच्च शिक्षा अध्धयन गरि स्वावलम्बी बनेका थिए ।
उच्च शिक्षाको अध्धयन पश्चात कुनै काम नपाएका कारण त्यतिकै शहरमा नै बरालिएर बसिरहेका उनलाई रेखाका कुकाले नै एउटा गैरसरकारी संस्थामा जागिर लगाइदिएका थिए । जुन गैरसरकारी संस्थाले जतीय छुवाछुतको बारेमा जनचेताना फैलाउने काम गर्दथ्यो । जागिर भए पछि उनलाई शहरमा टिक्न कुनै गाह्रो भएन । बिस्तारै उसको जीवन सहज बन्दै गयो ।
रेखा पनि उच्च शिक्षा अध्धयनका लागि शहर छिरिन् । उनको बुबाले उनको रेखदेख र उनलाई ट्युसन पढाउने जिम्मेवारी प्रवीणलाई नै सुम्पिए । यसरी उनीहरु एक अर्कामा नजिक हुने मौका पाए । नजिकिने क्रममा उनीहरु दुईमा माया प्रेम बस्न गई उनीहरु परिवारको स्वीकृतिबिना विवाहबन्धनमा बाँधिए । जब उनीहरु विवाहबन्धनमा बाँधिए तब सुरु भयो उनीहरुको खराब दिन ।
प्रवीण संस्थाको कार्यक्रममा गाउँ गएर फर्कदा कोठामा रेखा थिइनन् । न त रेखाको कुनै सामान लत्ता कपडा नै थिए । उसले आफूले भ्याए जति ठाउँमा सोध खोज ग¥यो तर हातमा लाग्यो सुन्य । न त रेखाको मोबाइलमा नै सम्पर्क हुन्थ्यो । गाउँतिर सम्पर्क गर्दा पनि कसैले कुनै जानकारी नै दिन सकेन । आखिर किन छाडेर गइन् त रेखाले ? कहाँ गइन् त रेखा ? यहि अनुत्तरित प्रश्नमा खल्झिरह्यो प्रवीण ।
कहिँ कतै पनि उसले आशाको दियो देख्न सकेन । बेमोसमको हुरी आयो अनि उसको सपना सारा उडाइलग्यो । उसको सारा जीवन नै रित्तियो । अब मात्र खोक्रो उसको जिन्दगी मात्र बाँकी रह्यो । पारी कतै नेपथ्यमा गीत गुन्जिरहेथ्यो । “कसले ग¥यो पाप या पु०य………………”अनि नेपथ्य कै अर्को कुनाबाट अर्को गीत गुन्जिरहेथ्यो । “अनौठो व्यथा भो मेरो प्रेम कहानी ………………”
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । )