Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाउँ गाउँमा उच्च मावि छोरी बुहारीले पढ्न पाए

प्रभातफेरी अनलाइन २२१७ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१२ साल अघि)
गाउँ गाउँमा उच्च मावि छोरी बुहारीले पढ्न पाए

ज्ञानमणि कालोटोपी ÷ कुन्तावेशी
महादेवस्थान ३, रायोबारीकी सुनिता आचार्य (नेपाल) विहानका केही काम दिउसोको लागि बाँकी राखेर विहान पढ्नको लागि नजिकैको डेडीथुम्का उच्च मावि जान्छिन् । उच्च माविको कक्षा विहानीमा हुने भएकाले उनलाई केही सहज भएको छ । ‘पढ्न र घरको काम दुवै एकैसाथ गर्न त गाह्रै हुन्छ ।’ उनी भन्छिन्–“उच्च शिक्षाका लागि शहर जानु हाम्रा लागि सपना जस्तै हुन्थ्यो, सुनिता भन्छिन्, “गाउँमा नै प्लस टु भएपछि सजिलो भएको छ । ”
जिल्लाको मण्डनभेगमा खुलेका उच्च माविहरुमा पछिल्लो समय गाउँका छोरीबुहारीहरुको आर्कषण वढ्न थालेको छ । शहर जान परिवारको स्विकृती नमिल्ने र आर्थिक रुपले समेत कठिन हुने भएकोले अहिले उनीहरु गाउँकै उच्च माविमा उच्च शिक्षा लिइरहेका छन् । गाउँका उच्च माविका अहिले छात्राहरुको चाप पनि छ ।
गाउँमा नै उच्च शिक्षाको अवसर नहुँदा केहीले प्रवेशिका पछि पढाइृ छोड्ने समेत गरेका थिए । नजिकै उच्च शिक्षाका लागि कुनै व्यवस्था नहुनु र शहरमा छोरीहरुलाई पढ्न पठाउँदा विग्रन्छन् भन्ने अभिभावकहरुमा भ्रमका कारण उनीहरु उच्च शिक्षाबाट बञ्चित थिए । बुहारीहरुले त बिहेपछि पढ्ने वातावरण नै थिएन ।
वि.सं. ०५३ सालमा पहिलो पटक डेडीथुम्का उच्च मावि स्थापना भएदेखि यहाँ छात्राहरुको लागि केही सहज भएको थियो । यहाँ अहिले क्याम्पस पनि सञ्चालित छ । उच्च माविमा त अहिले केटा भन्दा केटीको संख्या धेरै छ । यहाँ अहिले २ सय २५ जना विद्यार्थीहरु (उमाविमा मात्र) अध्ययनरत छन् । बुहारीहरु २५ जना भन्दा वढि छन् भने छोरीहरुको संख्या त आधा भन्दा वढि नै छ । डेडीथुम्काका अतिरिक्त देउपुरको तपेश्वर उमावि, नयाँगाउँको महाकाली उमावि, चण्डेनीमण्डनको उमाशह शिक्षालय उमावि तथा ज्याम्दीको बागदेवी उमावि छन् ।
उमाशह शिक्षालय उमाविका प्रधानाध्यापक अच्यूतप्रसाद नेपाल बर्षेनी उच्च शिक्षा लिने छोरीबुहारीको संख्या बढिरहेको बताउँछन् । “अहिलको तथ्याकं हेर्ने हो भने पनि प्रत्येक उच्च माविका छात्र भन्दा छात्राको संख्या नै बढी छ । ” उनले भने ।
केटाहरु रोजगारी लगायतका कारण शहर छिर्ने कारण पनि गाउँका उच्च माविमा छात्राको संख्या बढी छ । छोरा र छोरीलाई शहर र गाउँमा पढाउने विभेद यद्यपी रहेपनि छोरीलाई पनि पढाउनुपर्ने चेतना विकास भएकोलाई सकरात्मक नै मान्नुपर्ने डेडीथुम्का उच्च माविका प्राचार्य कल्याणसिहं धामी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0