तिमीले भुलेका कथा आज फेरि पल्टाई हेरे“ ।
बिदाबारी हुने तिमी स“ग आ“खा यसो अल्झाई हेरे“ ।।
केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउ“थ्यौ ।
जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरे“ ।।
न पर्खिए“ र्मैले न तिमीले थोरै समय दियौ ।
बा“की के नै अब छ र मोह सारा सल्काई हेरे“ ।।
धारिला तिनै आ“खाबाट दियौ जेजे पिए“ सबै ।
पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरे“ ।।
गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो ।
मरिसके“ कि थाहा पाउन आफैलाई हल्लाई हेरे“ ।।
“ मेरो सबथोक नै तिमीलाई सुम्पिसकेथें मैले त । म बाट केहि गल्ती भए माफ गर ल । सायद तिमीलाई खुसी राख्न तिमीलाई दिने मसँग केहि थिएन र त तिमीले मलाई आफ्नो हृदयबाट निकाली फोहोरको नालीमा फालिदियौ । ठीकै छ………ठीकै छ सधैं तिमी खुसी रहनु ल…… म पीडामा जले पनि, मरे पनि । म तिमी बिना न त खुसी हुन नै सक्छु न त अरुलाई नै खुसी दिन सक्छु । मात्र तिमी खुसी रहनु …………. । तिमीले किन मलाई पराया बनायौ रेखा…………… ?” “बेहाल भयो जीन्दगी यो निर्मोहीको जालमा परी । आँशुको त मोलै छैन बलेसीको पानी सरी …………………………………”
विरक्तिएर प्रविणको पाइलाहरु लड्खडिदै उनकै कोठातिरै लम्कदै थियो । कोठाको नजिकै पुग्ने बेलामा प्रहरीको भ्यानले उनलाई केहि सोधखोज गर्नुछ भनेर पक्रिएर सरासर चौकीमा पु¥यायो । आफू अचानक प्रहरीको कब्जामा पर्दा अवाक भएकी थिइन् । साथै डरले उनको मन थरथरी काँपिरहेको थियो । एक मनले भन्थ्यो–“ हेर प्रवीण, तैंले ठूलो भूल गरिस् । रेखालाई साँचो माया गरेर । त्यसको सजाय तैंले पाउनैपर्छ ।”
अस्पताल गएकी रेखाको कुनै अत्तो पत्तो छैन । उल्टै प्रहरी आएर टेन्सन दिन थाल्यो । उ आफै अनविज्ञ थियो आखिर के भईरहेको छ थाहै थिएन । अनायसै उनको आँखाबाट आँशु बग्न थाल्यो । कसैले देख्ला की भनेर आँखाबाट झरेको आँशुलाई मुखभित्र निलीदियो । आफ्नो आँशुलाई लुकाउने भरमग्दुर प्रयत्न ग¥यो तर जति नै प्रयास गरे पनि आँखाको आँशुलाई उनले लुकाउन भने सकेन ।
उसलाई रेखालाई कता लुकाइस् भनेर उल्टै रेखाको दाजु र बुबाले भकुर्न सम्म भकु¥यो । चोखो माया गरेको र त्यही मायामा पागल हुनुको फल ससुरालीको मार धुलाई खान पुग्यो प्रवीणले । मरणसन्न हुनेगरी पिटे पछि उसको मुख भरी थुक्दै भन्न थाले । “आफ्नो अस्तित्व बिर्सेर । आफूभन्दा ठूलो जातसँग बिहे गरेर सुख पाउने सपना देख्छस् । यहि हो तेरो सुख अनि अधिकार ।” गोद्नु गोदेपछि अस्पताल पठाइयो उसलाई ।
अस्पतालको शैयामा इन्तु न चिन्तु अवस्थामा जीवन मरणको दोसाँधमा हुँदा समेत उनै निष्ठुरीलाई सम्झेर अस्पष्ट आवजमा पुकारीरहेको थियो “रेखा ऽऽऽरेखा” । उसको यो अवस्थामा समेत उसले रेखालाई नै पुकारी रहेको देखेर त्यहाँ उपस्थित स्वास्थ्यकर्मी लगायत दङ्ग थिए । उनीहरु भन्दै थिए “ विचरा कलियुगका आधुनिक सच्चा प्रेमी ! ” सत्ययुग भए पो मृत्युको मुखबाट समेत आफ्नो प्रेमीलाई खोसेर ल्याउने आँट र साहस हुन्थ्यो प्रमिका सँग !
प्रवीण त कलियुगको प्रेमी प¥यो । न त उनकी प्रेमिका शावित्री नै थिइन् । अझ आधुनिक एक्काइसौं शताब्दीकी प्रेमिका । जो आफ्नै स्वार्थको लागि आफ्नै प्रेमको घाँटी समेत निमोठ्न पछि नपर्ने हुन् की !
उता प्रवीण छिन मै होस आउने त छिन मै बेहोसी मै बर्बराउने क्रम जारी नै थियो । तर पनि पहिले भन्दा केहि सुधार आएको थियो उनको स्वास्थ्यमा । नजिकका मान्छेहरु चिन्न सक्ने भइसकेको थियो ।
उसको स्वास्थ्यमा क्रमशः सुधार देखिए पनि रेखाको यादमा पल पल तड्पिन भने उनी छाडेको थिएन । अझै पनि बेला बेलामा रेखाको परिवारले उल्टै उसलाई मेरी छोरी कहाँ पु¥याइस् भनेर अनावश्यक टर्चर दिन भने छाडेको थिएन । आखिर कहाँ हराइन् त रेखा ? आमालाई भेटन् भनेर अस्पताल गएकी उनी आफ्नो बच्चा सहित हराएकी थिईन् । उनको माइती पक्षले खोई मेरी छोरी भन्थे प्रवीणलाई । तर प्रवीणलाई केहि थाहा थिएन ।
कमसेकम उसको ससुराली खलकले प्रवीणलाई सोध्न सक्थ्यो तर विचरा प्रवीणले कसलाई सोधोस् । कासँग आफ्नो पीडा पोखोस् । यस्तै नै रहेछ यहाँको चलन् ।
क्रमशः……………….
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |