Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS

पुरा विवरण यहाँ क्लिक गर्नुहोस

Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई सय वर्ष सम्मका लागि हुनु पर्छ अव बन्ने संविधान

प्रभातफेरी अनलाइन १२१० पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१२ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
नेपाल गणतान्त्रिक मुलुक , यो परिभाषाले अव कसैलाई चिनाईराख्नु पर्दैन । करिव २ सय ४० वर्ष सम्मको इतिहास बोकेको राजतन्त्रलाई उखेलेर गणतन्त्रको विउ रोपेको धेरै भएको छैन , नेपालमा । तर अहिले सम्म जति समय गणतन्त्रमय भयो नेपाल, यो अवधिमा  धेरै उपलब्धिहरु हासिल गरिसक्नु पर्ने थियो तर सोचे अनुसार र अपेक्षा गरे अनुसार हुन सकिरहेको छैन । यो नेपाल र नेपालीहरुको लागि त दुर्भाग्य हुदैं हो विश्व समुदायमा पनि नेपालको छवि विगार्ने कारक तत्वको रुपमा रहनु पक्कै पनि राम्रो होइन ।

नेपाल र नेपालीको भाग्य बनाउने भनिएको र ऐतिहासिक जिम्मेवारी लिएको संविधानसभा विना उपलब्धी विघटन भएको पनि एक वर्ष भईसक्यो । २ वर्ष सम्ममा संविधान निर्माण गर्नु पर्ने जिम्मेवारीलाई लत्याउँदै ४ वर्ष सम्म म्याद थपिएको भएपनि संविधानसभाबाट शुन्य उपलब्धि हासिल हुनु र संविधानकै लागि हरेक नेपालीहरुका पसिना–पसिनाबाट जम्मा भएको राज्यको अरबौं रुपयाँको ढुकुटी रित्तीनु पक्कै पनि शुभ संकेत होइन । यति मात्रै होइन, अझै पनि यो श्रृखला रोकिएको छैन । संविधानलाई एउटा खेतीको रुपमा लिदैं यसबाट देशको नाउँमा अरबौं रुपयाँ सक्याउने खेल खेल्न उद्धत् नेपालका राजनीतिक दलका नेताहरु अव पुनः अर्को संविधान सभाको निर्वाचन तर्फ लागि रहेका छन् । पटक–पटक निर्वाचन मात्र गर्ने र यसका उपलब्धि तिर ध्यान नदिने परिपाटीले नेपाल विश्वका राष्ट्र सामु वर्षौं पछाडि परिरहेको तितो यथार्थ हामी सामु ताजै छ ।

यस अघि पटक–पटक नेपालमा संविधानहरु जारी नभएका होइनन् । प्रत्यक्ष रुपमा हेर्ने हो भने ०१५ साल र ०४७ सालमा लागू गरिएका संविधानहरु नेपालका लागि दीर्घकालिन हुन सकेनन् । धेरै लगानी गरेर निर्माण भएका संविधानहरु छोटै समयमा विघटन हुदैं आईरहेका विगतका इतिहास हामी सामु साक्षी छन् । संविधान बनाउने जिम्मा लिएका राजनीतिक दलका नेताहरु पहिले आफ्नो स्वार्थ पुरा गरौं अनि देशको भन्ने मान्यताले प्रेरित छन् । यो राम्रो कुरा होइन ।

देश संचालनको लागि आवश्यक मुल कानुन हो संविधान । यो यथार्थलाई सबैले राम्ररी बुझेका छन् । तर नबुझे झैं गरिरहेका छन् हाम्रो देशका राजनितिक दलहरु । सानो विषयमा पनि झगडा गर्ने र आफ्नै कारणले भएका ठूला–ठूला गल्तीहरुलाई सच्याउन तिर नलाग्ने उनीहरुका कमजोरीले नेपाली नागरिकले सधैं दुखः खेप्नु परिरहेको छ ।

जनतालाई मिठा आश्वासनहरु बाँड्ने र ती आश्वासनहरु पुरा गराउन असम्भव मागहरु राखेर देश र जनतालाई सधैं दुःख दिने हाम्रा राजनीतिक दलहरुका पुरानो बानीले अहिले सम्म हामीले धेरै नै हन्डर खादैं आईरहेका छौं । यो श्रृखला जव सम्म रोकिदैंन तव सम्म जनताहरु सच्चा मागहरु राखेर सडकमा उत्रदैनन् । हामी जनताहरु पनि कुराको चुरा नवुझिकन नेताहरुका पछि लाग्छौं । हिजो आफ्नो स्वार्थ पुरा गर्न तिर लाग्दा जनता सामु के बोलीको ठेगान नभएका नेताहरुका मिठा र गुलिया भाषणका पछि लागेर  हामीले कतै अराष्ट्रिय काम त गरिरहेका छैनौं , सोच्न आवश्यक छ ।

हिजो संविधान सभा विघटन हुनु भन्दा अगाडि हामीले नै विभिन्न मागहरु राख्यौं । कहिले पूर्वबाट आवाज उठायौं त कहिले पश्चिम र सुदुर पश्चिमबाट । विभिन्न जात जातीहरुको प्रतिनिधित्व गर्दै आ–आफ्नै प्रदेशका अडानहरुलाई दोहो¥याएर बन्द र हड्तालहरु कति ग¥यौं कति.. । तर यो सोचेनौं कि हामी अखण्ड नेपालका नागरिकहरु हौं भनेर । यस अर्थमा हामी यति मुर्ख भयौं कि गएको जेठ १४ गते सम्म आ–आफ्ना मागहरु राखेर दवाव त दियौं नेताहरुलाई जब त्यहि दिन मध्यरात संविधानसभाबाट संविधान जारी नै नभई विघटन हुँदा १५ गते हामीले सहर्ष स्विकार ग¥यौं । नेताहरुले जे गरे त्यसलाई किन यसो ग¥यौ सम्म भन्न सकेनौं । यो हाम्रो ठूलो कमजोरी हो । यहि कमजोरीको फाईदा उठाउँदै पुन ः तीनै राजनितीक दलहरु चुनावको बहानामा मिठा सपनाहरु देखाउँदै गाउँ पस्दै छन् । विगतमा जे भयो त्यसलाई एउटा पाठको रुपमा लिदैं अव चाहिं हामीले कुन ठिक र कुन बेठिक हो भन्ने बुझेर मात्रै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

चुनाव त सधैं गरिएकै हो । तर त्यसको उपलब्धि कति भयो त्यस तिर पनि ध्यान दिनु आवश्यक छ । चुनाव गर्दैमा समस्या समाधान हुदैन , जव सम्म राजनीतिक दलहरुले आ–आफ्ना अनावश्यक अडानहरु छोड्दैनन् तव सम्म नेपालमा पचासौं पटक चुनाव गरेपनि देश र जनताले नयाँ संविधान पाउँदैंनन् । यो यर्थाथलाई हामी सबैले बुझ्नै पर्छ । हामी यो चाहन्छौं कि यति धेरै जनताले धेरै समय देखि अपेक्षा गरेको र देशको अरवौं रुपैँया सक्याइएर बनाइने भनिएको अवको संविधान २ सय वर्ष भन्दा वढि समयका लागि बनाउन सम्भव होस् । २ दशकलाई पनि नटिक्ने संविधान बनाएर पटक–पटक देश र जनतालाई झुक्याउने काम फेरी नदोहोरियोस् । जन अपेक्षाको कदर गर्न नजान्ने राजनीतिक दलहरुले आफ्ना कमि कमजोरीहरुको महसुस गरि देशको विकासमा लाग्ने प्रेरणा उनीहरुमा आओस् । अनि मात्र देश र जनताले सुख पाउने दिन आउने छ । अन्यथा पुरानै राजनितीक रोगले देश र जनताहरु थला पर्ने छन् । हामी चाहन्छौं , त्यो रोगको निदानका लागि हामी अरुको शरणमा पर्नु नपरोस् । यस अघि समयमा नै कुनै पनि काम नगरेकाहरुबाट अव पनि समयमै काम होला भन्न त सकिंदैन, तर यसबाट उनीहरुले पाठ सिके होलान् भन्ने  अपेक्षा गर्न भने सकिएला कि । पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

    एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

  • यस्ताे हुनेछ आईतबारकाे माैसम

    यस्ताे हुनेछ आईतबारकाे माैसम

  • नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

    नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

  • चालु हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित नभएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

    चालु हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित नभएपछि थप सशक्त बन्दै शिक्षक आन्दोलन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल वैशाख १७ गते बुधबार

    २०८२ साल वैशाख १७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

    किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

    जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

    जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

    एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

    एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

    यस्ताे हुनेछ आईतबारकाे माैसम

    यस्ताे हुनेछ आईतबारकाे माैसम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0