विवाह एक अनिवार्य सामाजिक परम्परा हो । जीवनको एक महत्वपुर्ण पाटो पनि हो, विवाह । विवाह वंश निरन्तरताको माध्ययम पनि हो । जन्म, मृत्युसँगै विवाह पनि जीवनको एक महत्वपुर्ण पाटो हो ।
हिजोआज विवाहको शैलीमा धेरै परिवर्तनहरु आएका छन् । देखासिकी र तडकभडकाका कारण पछिल्लो समय विवाह खर्चालु बन्दै गएको पनि छ । हुने खानेको लागि त विवाहको खर्च रहर पनि बन्ला तर हुँदा खानेको लागि यो टाउको दुखाइको विषय समेत बन्दैछ ।
दाइजो विवाहको एक अर्को तितो पाटो हो । यसकै कारण धेरैको उठिबास लाग्ने स्थिती समेत बनेका उदाहरण पनि छन् । देखासिकीको कारण यो पनि विकृत हुँदै गएको छ । विवाह लाई सकरात्मक काममा पनि लगाउन सकिन्छ भन्ने उदाहरण पनौतीकी एक बेहुलीले दिएकी छिन् ।
पनौती ८ मल्पीको जानुका बञ्जाराले आफनो विवाहको उपहार (गोडधुवा) मध्येको नगद विद्यालयलाई सहयोग गरेर उदाहरणीय काम गरेकी छिन् । उनले १ लाख बरावरको रकम स्थानीय भालेश्वर उच्च माविलाई हस्तान्तारण गरेकी हुन् । जानुका उक्त विद्यालयकी पुर्वविद्यार्थीसमेत हुन् । उनले माध्यमिक तहको शिक्षा त्यस विद्यालयबाट पुरा गरेकी थिइन् । आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने उद्धेश्ययले उनले विद्यालयलाई रकम हस्तान्तरण गरेकी हुन् ।
बञ्जाराको कदमलाई एक सह्रानिय मान्दै उसको अनुशरण अरुले पनि गर्नुपर्छ । अनावश्यक खर्च गरेर विवाहलाई भड्किलो बनाउनुभन्दा त्यसबाट बचेको रकम सामाजिक विकासको क्षेत्रमा लगाउनुपर्छ । विद्यालय, वृद्धाश्रम, अस्पताल, बाटोघाटो लगायतका क्षेत्रमा सहयोग गर्न सकियो भने त्यसको स्मरण पछिसम्म पनि रहन्छ ।
समाजमा सकरात्मक सन्देश दिने खालको यस्ता कार्यको अरुले पनि अनुशरण गर्नुपर्छ । विवाहमा हुने अनावश्यक खर्च एकातिर नियन्त्रण हुन्छ भने यसले अत्यावश्यक सामाजिक विकासमा समेत टेवा मिल्छ । बञ्जाराको यो कदमलाई साधुवाद गर्दै यसको अनुशरण गर्नमा सबैले तदारुकता देखाउनुपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |