logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

प्रभातफेरी अनलाइन९६१९ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २९, सोमबार(९ साल अघि)
ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

सामसुंगको आगामी फ्लागसीप फ्याब्लेट यो अंग्रेजी वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ ।र, यदि पछिल्लोपटक अन्तराष्ट्रिय संचारमाध्यममा आएका खबरहरु पत्याउनेहो भने यो फ्याब्लेटको डिस्प्ले अर्थात् अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर हुनेछैन ।

सामसुंगका प्रतिनिधिलाई उधृत गर्दै न्युज वान वेबसाइटले यो समाचार लेखेको छ ।इसको अर्थ कम्पनीले नोट एटको कम्तीमा एउटा प्रोटोटाइपमा अनस्त्रिmन सेन्सर प्रविधिको प्रयोग गरेको तर यसले राम्रोसँग काम नगरेपछि त्यसलाई प्रयोग नगर्ने निर्णय गरेको हुनसक्छ ।सामसुंगका एकजना कार्यकारीले भनेका छन्ः हामीले ग्यालेक्सी नोट एटमा डिस्प्लेमै फिंगरप्रिन्ट स्क्यानर राख्नका लागि भरमग्दुर प्रयास गर्यौँ । तर सुरक्षा लगायतका विभिन्न खाले प्राविधिक सीमाहरुका कारण अन्त्यमा यो रणनीतिक फोनको डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानर नराख्ने निर्णय गरियो ।

ग्यालेक्सी नोट एटमा यो प्रविधि प्रयोग नगरेतापनि सामसुंगले अनस्त्रिmन फिंगरपि्रन्ट स्क्यानर प्रविधिको विकाशका लागि बायोमेट्रिक सेन्सर प्रविधि निर्माता कम्पनी क्रुसल टेकसँगको सहकार्यमा काम गरिरहने बताइएको छ ।

ग्यालेक्सी नोट एटमा दुईवटा मुख्य क्यामरा हुने बताइएको छ । साथै यसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर, ६ जिबीको र्याम हुने बताइएको छ । एजेनसी

२०७४ जेठ २७ गते २३:२६ मा प्रकाशित

Source Click Here