उद्धव नेपाल—
नेपाली राजनीतिमा नेपाली कांग्रेस लोकतन्त्रको पर्यावाची शब्द रहिआएको छ । विश्वको राज्य संचालन प्रणालीमा लोकतन्त्रलाई सर्वोकृष्ट दर्शनका रुपमा लिइन्छ ।
जुन देशमा लोकतन्त्र छ त्यस देशमा आर्थिक प्रगतिमात्र होइन मानवीय मूल्य र मान्यताको हकमा पनि उल्लेख्य उन्नति भएको छ । मानव अधिकार र राजनीतिक नेपाली कांग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक पद्धति तथा राम्रो कामहरुलाई पार्टीले नेपाली जनता माझ प्रचुर मात्रामा प्रचारप्रसार गर्न सकेन । लोकतन्त्रका महत्व त्यसको सैद्धान्तिक ज्ञान, नेपालको अन्य पार्टीहरुको वास्तविकता र भण्डाफोर आदिमा ने.का.को ध्यान पटकै पुग्न सकेन ।
पहिले सैद्धान्तिक ज्ञान दिएर जनतालाई सचेत बनाइ सकेपछि देश विकासको खाका ल्याउनुपर्नेमा पार्टीले केवल विकास मात्र गर्न खोज्यो तर आर्थिक अभाव, भौगोलिक विकटता, अनुभवको कमी, केही मन्त्रीहरुको गैर जिम्मेवारीपना, जनतामा अधिक महत्वाकांक्षा जस्ता कारणले नेपालमा अपेक्षाकृत विकास पनि हुन सकेन । पार्टीका संगठन चुस्त नभएकाले सरकारले गरेका राम्रा कार्यहरुको सूची र भावी कार्यक्रमहरु मतदातासामु पु¥याउनै सकिएन । पार्टीमा निरन्तर काम गर्नेले भन्दा नेताको निकट हुनेले ‘टिकट’ पाए । यसबाट स्थानीयतह सम्मको ने.का.को संगठन प्रभावकारी हुनसकेन । इमान्दार कार्यकर्ताहरुमा घोर निराशा छाएको अवस्था पनि यसैको प्रतिफल हो ।
नेपाली राजनीतिमा लोकतन्त्र ने.का.ले आफूलाई मास पार्टीको रुपमा उभ्याएको छ । वी.पी., गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद हुँदासम्म तिनका व्यक्तित्व अगाििड सारेर मासको नेतृत्व गर्दै निर्वाचन जित्दै आएको थियो । निर्वाचनको मुख्य कडी मतदाता र मतपेटिकाको आवश्यक सुरक्षा गर्ने उत्साहकवद्र्धक कार्यकर्ता नभएका कारण धेरै सिट नेकाको हातबाट गुमाउन परिरहेको पनि छ । अब उचाई भएका नेता नरहेपछि ने.का. कार्यकर्तामा आधारित पार्टीमा रुपान्तरितहुनु पर्ने समय आएको छ । सदस्यहरुबाट ‘लेवी’ उठाएर त्यसबाट वैतनिक कार्यकर्ता समेत राखेर गाउँकोे वडा तहसम्म संगठन विस्तार गर्नुपर्छ भन्ने धारणा राख्नेहरु प्रभावशाली बन्दै गएका छन् । पार्टीको कार्यकर्ता गम्भीरतापूर्वक माथिल्लो तहबाट लिने परम्पराको विकास ग¥यो भने संगठन स्वत ः मजबुत हुन्छ ।
पार्टीको जग भनेको कार्यकर्ता हुन् । जनताबीच कार्यकर्ताले इज्जत र मान बढेन भने पार्टीको हैसियत बढ्दैन । कार्यकर्ताहरुको प्रभावकारिता बढाउन उनीहरुले भनेको पार्टीले सुन्नु र गर्नु पर्छ । कार्यकर्ताहरुलाई नेतामुखी नभएर जनतामुखी हुने परम्परा बसाल्नु पर्छ । हालको ‘मास पार्टी’ पद्धतिबाट विपन्न अशिक्षित मतदातालाई ध्यानकेन्द्रित गर्न गाह्रो हुन्छ । विकसित राष्ट्रहरुमा मास पार्टी पद्धति अत्यन्त सफल पनि छ किनभने त्यहाँका जनता शिक्षित भएकाले कसैले कर गर्दैमा नबुझी भोट हाल्दैनन् र मत दिने नेताको यथेष्ट मुल्याड्ढन गर्दछन् । विकसित मुलुकहरुमा प्रतिस्पर्धीहरु बीच राष्ट्रको विकास, जनसरोकार र नीति कार्यक्रमहरुबारे टेलिभिजनद्वारा बहसका प्रत्यक्ष प्रसार गराईनु र मतदाताहरु उनीहरुको मूल्याड्ढन गरी भोट हाल्छन् ।
यो लोकतान्त्रिक पद्धति नै नेपाली काँग्रेसको मार्ग दर्शक सिद्धान्त हो । यसैको माध्ययमबाट यसभन्दा अगाडिका हरेक निर्वाचनमा बहुमतमा रहेको ने.का किन अल्पमतमा प¥यो। यो चिन्ता अनुसन्धानको विषय बनेको छ । यसलाई पछाडि पर्नुको कारण वि.सं. २०१५ सालमा कुल १०९ स्थानमा ने.काले ७४स्थानमा विजय हासिल गरेको थियो ।
वि.सं २०३७ सालको जनमतसंग्रहमा नेपाली जनताले सम्मानजनक मत पाएर पनि पराजित हुन प¥यो । वि.सं. २०४८ सालमा सामान्य बहुमत प्राप्त गरि एकलौटी सरकार गठन गर्ने अवशर प्राप्त भएको थियो । २०४९ सालको स्थानिय निर्वाचनमा सर्वाेत्कृष्ट स्थान प्राप्त गरेको थियो । २०५१ सालको आम निर्वाचनमा पनि सम्मानजनक स्थान प्राप्त गरेको थियो । २०५६ सालको आम निर्वाचनमा पनि अग्रस्थानमा रहेका थियो । तर २०६४ सालको संविधान सभाको निर्वाचनमा भने दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो । यसको कारण भनेको आफ्ना कार्यकर्ताहरुको सुरक्षा र संरक्षण गर्न नसक्नु , शिक्षा र रोजगार जस्ता विषयमा गम्भिरतापूर्वक काम गर्न नसक्नु , बिकास निर्माण कार्यभन्दा आन्तरिक कलहमा नै सिमित रही गुट उपगुटको अवस्थाका कारण संगठन जिर्ण हुनुको कारण संविधान सभाको निर्वाचनमा पराजयको स्वाद चाख्न पुग्यो ।
निकट भविष्यमा नै हुन गै रहेको दोस्रो संविधान सभाको निर्वाचनमा नेका एक ढिक्का भएर गएमा अवश्य पनि बहुुमत प्राप्त गर्नेछ र नेपाली जनताको चहाना लोकतान्त्रिक संविधानको निर्माण र शान्ति र संघियताका कामहरु पुरा हुनेछन नेपाली जनताले आशा लिएका छन् । यता लोकतन्त्रका केही मूलभूत मान्यताहरुअधिनायकवादी तानाशाहहरुले अणफ्नो देशमा पनि शासन जनताद्वारा भएको अतिरजित प्रचार गर्ने भएकाले अशिक्षित र गरिब जनताहरु अक्सर झुक्किने गर्दछन् । जनतालाई झुक्याएर एकचोटि सत्ताको बागडोर सम्हालेपछि जिन्दगीभर सत्ता छोड्न नपर्ने, राजनीतिक दलहरुलाई प्रतिवन्द गरिदिने, सरकार निदिष्ट न्यायालय र संचार माध्यमको स्थापना गर्ने उनीहरुको विशेषता हो । प्रजातन्त्रका केहि मूलभूत मान्यताहरु छन् जसको आधारमा सरकार लोकतान्त्रिक वा अलोकतान्त्रिक (साम्यवादी) के हो भन्ने कुरा सहजै छुट्टयाउन सकिन्छ । हरेक ४÷५ वर्षमा जनताको राय लिन स्वतन्त्र र निष्पक्ष चुनाव, बहुमतको शासन र अल्पमतको संवैधानिक अधिकार, राजनीतिक दलहरुको अस्तित्व, शक्ति सन्तुलनको संरचना, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरण, संवैधानिक सरकार ,निजी संघसंस्थाहरुको अस्तित्व , मानव अधिकारको सम्पूर्ण आयामहरुको बहाली वाक तथा प्रकाशन स्वतन्त्रता, निजी सम्पति राख्न पाउने अधिकार, शान्तिपूर्ण भेला तथा विरोध प्रदर्शन गर्न पाउने अधिकार ,जनताप्रति उत्तरदायी एवं जवाफदेहिता र कानुनको शासन मूलत ः प्रजातन्त्रका मानव अधिकारसम्बन्धी विश्वव्यापी मान्यताहरु छन् । लोकतन्त्रका ती आधारभूत अधिकारहरु भएका राष्ट्रहरुलाई मात्र लोकतान्त्रिक मुलुक भन्न सकिन्छ ।
साम्यवादको विपरीत लोकतन्त्र हाल प्रचलित विभिन्न आधुनिक राजनीतिक सिद्धान्तहरुमा लोकतन्त्र सबैभन्दा उत्कृष्ट राज्य प्रणाली मानिन्छ । अचेल यो विकसित मुलुकहरुको वा सभ्य नागरिकहरुको एउटा जीवन पद्धति नै भइसकेको छ ।
जल विनाको प्राणी जीवित रहन संभव नभए जस्तै लोकतन्त्र (प्रजातन्त्र) विनाको जीवन असंभव ठानिन्छ । प्रजातन्त्रप्रतिको यो आकर्षणले नै अन्य अधिनायकवादी (साम्यवादी) शासन प्रणाल िभएका व्यवस्थामा पनि तानाशाहहरुले आफ्ना देशको नामका पछाडि यो शब्द झुण्ड्याउने गरेका छन् चाहे त्यो जनतन्त्र वा जनवादी गणतन्त्र आदिको नामबाट किन नहोस् । संक्षेपमा भन्ने हो भने लोकतन्त्र भनेको जनताद्वारा गरिने शासन हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |