अप्सरा चापागाई
पृथ्वीको जलवायु जीव(जीवात्मा अनुकूल उपयुक्त भइदिनाले नै मानिस लगायत बिश्वका सम्पूर्ण जीवजन्तु र वनस्पतिको सृष्टि सम्भव भएको हो । यसैले पृथ्वीमा जीवित बस्तुको जीवनचक्र निरन्तर रुपमा कायम रहनु जलवायु, लगभग उस्तै–उस्तै अवस्थामा जोगिएर, जीवानुकूल भइरहनु अनिबार्य हुन्छ । यसको निम्ति पृथ्वीको औसत तापक्रममा स्थायित्व हुनु नितान्त आवश्यक हुन्छ । बिगत केही दशक यता पृथ्वीको तापक्रम लगातार बढ्दै गई जीव–जीवात्माको निम्ति जलवायु प्रतिकूलता तर्फ बढ्न थालेको छ । जलवायुको अनुकूलता बचाई राख्न पृथ्वीको सरदर तापक्रम १४ देखि १५ डिग्री सेल्सीयस रहनु पर्नेमा हाल १६ डिग्री सेल्सीयस पुग्न लागेको छ । परिणामतः केही दशक यता बिश्वको तापक्रम खतरनाक रुपले बढेको तथ्य सार्बजनिक हुदैछ भने हिम नदीहरु ख्ुाम्चिदै गएका, हिउँका ढिक्का टुक्रिदै ढलेका, हिम(ताल फुट्न थालेका र स्थायी हिउँरेखा माथितिर सर्दै गएको छ । बालीनालीको उत्पादकत्वमा (फूल–फुल्ने, फल–लाग्ने) समयान्तर देखा परेको, मनसुनी बर्षाको समय र तीब्रता पनि बदलिएको छ । समुन्द्रको सतह माथि उठेर माल्दिभ्स र बंगलादेशका टापुहरु डुबानमा पर्दै गएका छन । जलवायु परिवर्तनले बिशेषगरी नदीको बहाब घटबढ हुने, प्राकृतिक प्रकोप (बाढी, पहिरो, खडेरी मरुभूमीकरण) बढने, अनाबृष्टि÷अतिबृष्टि हुने, पानीको मुहान सुक्ने वा कमीहुने र पारिस्थितिकीय प्रणालीको स्वभावमा नाटकीय परिवर्तन ल्याउने प्रबल सम्भावना हुन्छ । हिमालय पग्लिएर नेपाल र यस क्षेत्रका देशहरुले अकल्पनीय क्षति ब्यहोर्नु पर्ने सम्भावना छ । बाढी, भू–क्षय, बस्ती–डुबान, खडेरी जस्ता प्रकोपबाट मानिसको जीविकोपार्जन गर्ने शैली र श्रोतमा नकरात्मक असर पर्नेछ । साथै नयाँ प्रकारका रोगहरुको प्रकोप पनि देखिने छन । यस्ता महाबिपत्तिले घर पालुवा जनावर र वन्य जीवजन्तु तथा वनस्पतिलाई पनि उत्तिकै नकरात्मक असर पर्न जानेछ ।
जलवायु परिवर्तन अत्याधिक हुदै गएमा त्यसको प्रभावले पृथ्वीको सम्पूर्ण भागका जीव, बनस्पति, ऋतु, मौसम, पानीको श्रोत, समुन्द्री–जीव र तिनका पारिस्थितिकीय प्रणाली (एक आपसमा निर्भर रहनुपर्ने प्राकृतिक व्यवस्था) मा असर पार्छ र प्राकृतिक नियम नै तहसनहस हुने खतरा पैदा हुन्छ । यस पृथ्वीमा हालसम्मको सबैभन्दा जोखिम वातावरणीय समस्यामा देखिएको यथार्थ सबैजसो देशहरु, बैज्ञानिक एवं वाताबरणविदहरुले स्वीकार गरिसकेका छन । यसले पार्ने प्रभावसँग प्राकृतिक प्रणालीका साथै मानवीय जीवन र अस्तित्वसंग प्रस्टरुपमा जोडिएको छ । यसको प्रभावले स्वभाविक प्राकृतिक चक्रलाइ नै अस्वभाविक र असन्तुलित बनाइदिने हुनाले यसको असर ब्यापक, दीर्घकालिन र गम्भिर स्वभावको हुनेछ । संक्षेपमा भन्ने हो भने यसले “प्रलय” निम्त्याउने छ ।
“जलवायु परिवर्तन” भनेको मौसम वा ऋतु परिवर्तन हैन
मौसम परिवर्तनः हावापानी र तापक्रम हरेक क्षण, दिन, महिना र ऋतु अनुसार बदलीरहने हुन्छ । त्यो एउटा स्वाभाविक प्राकृतिक चक्र कै निरन्तरता हो । यसरी कुनै निश्चित स्थानमा छोटो अवधिका लागि सँधै बदलीरहने बायुमण्डलको स्थितिलाई (जाडो, गर्मी, बर्षायाम ईत्यादि) मौसम परिबर्तन भनिन्छ र यस्तो परिबर्तनलाई स्वाभाविक मानिन्छ । तर दिन, हप्ता, महिना र ऋतुअनुसार हुने मौसम परिवर्तनभित्र बार्षिक सरदर अन्तर त्यही ठाउँको कुनै निश्चित दायरा भित्र रहन्छ । अस्वभाविक रुपमा बढदैन । जाडोको मौसममा कुनै दिन हामी भन्छौं, – “आज विहानको तुलनामा दिउँसोको मौसम सफा छ । घाम लागेको छ, त्यसैले जाडो कम छ ।”
जलवायु परिवर्तनः कुनै निश्चित क्षेत्रमा धेरै सालमा भएको बर्षा, तापक्रम र सौर्य ताप इत्यादिको सरदर मान हिसाब गरेर त्यस ठाउको जलवायु परिभाषित गरिएको हुन्छ । त्यही ठाउको परिभाषित जलवायुको सरदर मान भन्दा निरन्तर बढि वा घटि हुनेगरि मौसम (जाडो, गर्मी, बर्षा) को आँकडा आउन थालेको खण्डमा अस्वाभाविक परिबर्तन मानिन्छ । यसर्थ, सरदर जलवायुको अवस्थामा अस्वाभाविक गडबडिलाई जलवायु परिवर्तन भनेर बुझनु पर्दछ । यस्तो परिवर्तन मौसम फेरबदल भइरहने नियमित अवस्थाभन्दा बिलकुल फरक ह।े र यसले अनिष्टको सङ्केत गर्दछ ।
जलवायु परिवर्तनको मूल कारण के हो ?
हामी रहेको पृथ्वीको वायुमण्डलमा तापक्रम बढेर त्यसको प्रभाबले ल्याएको अनेकौं असहज परिवर्तन हामीले भोग्न थालिसकेका छौं । हरेक वर्ष अघिल्लो वर्ष भन्दा गर्मी बढ्दै गएको तथ्य खुल्दै आइरहेको छ । यसरी बर्सेनी गर्मी बढदै जानु र बालीनालीमा नराम्रो असर पर्नुको कारण थाहा पाउनु हालको पहिलो आवश्यकता हो ।
वायुमण्डलको तापक्रम साबिक भन्दा निरन्तर बढदै जानुको कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा आवश्यकता भन्दा बढी जम्मा हुनाले गर्दा भएको हो भनी बैज्ञानिकहरुले प्रमाणित गरेर तथ्य सार्बजनिक गरिसकेका छन् । तसर्थ, हरितगृह ग्यास नै एउटा त्यस्तो मूल तत्व हो जसले पृथ्वीमा तापक्रम बढाई जलवायु परिवर्तन गराउने काम गर्दछ भन्ने सावित भैसकेको छ ।
जलवायु परिवर्तन हुनबाट रोक्न बिश्व समुदाय के गर्दैछ ?
जलवायु परिवर्तन हुनबाट रोक्न जमिनबाट हुने हरितगृह ग्यास उत्सर्जनको दर कटौती गर्न बिश्वव्यापी रणनीति बनाउनका लागि ब्यापक छलफलहरु भइरहेका छन । रिओ दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलन (सन १९९०) ले जारी गरेको सँयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि महासन्धिमा १५४ देशले हस्ताक्षर गरेका छन । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सन १९९७ मा जापानको क्योटो शहरमा भएको तेश्रो बिश्व भेलाले क्योटो अभिसन्धि ९प्थयतय एचयतयअय०ि को अवधारणा अघि सा–यो । उक्त अवधारणा अनुसार हरितगृह ग्यास बढी उत्सर्जन गर्ने औद्योगिक देशहरुले उत्सर्जन गरे वापत कार्बन उत्सर्जन घटाउने कार्य गर्ने बिकास उन्मुख देशहरुलाई आर्थिक सहयोग दिनु पर्ने सर्त छ । त्यो भनेको, बन फँडानी र वनको हैसियतमा कमीहुने क्रम रोक्न अभियान चलाउने र त्यो कदम चाले बापत नगदबाट पुरस्कृत गर्ने भन्ने हो । यस अवधारणालाई मूर्तरुपदिन इण्डोनेशियाको बालीमा दीर्घकालिन सहकारात्मक कार्ययोजना ९ीयलन तभचm ऋययउभचबतष्खभ ब्अतष्यल० पनि पारित भएको छ । वन विनासको दर घटाएर कार्बन उत्सर्जन कमी गर्न सहयोग पु–याउने सरकार तथा स्थानीय समुदायलाइ हौसला दिने उपायको रुपमा बिकास गरिएको बाली कार्ययोजनालाई रेड ९च्भ्म्म्० भनिन्छ । यसको पूर्ण अर्थ– बनको बिनासदर घटाई कार्बन शोषेर जमीनमा मिलाउनु ९क्भत्रगभकतभच० हो अर्थात् च्भमगअष्लन भ्mष्ककष्यल ँचयm म्भायचभकतबतष्यल बलम म्भनचबमबतष्यल ९च्भ्म्म्० कार्य हो ।
यसैगरी डेनमार्कको कोपेनहागेनमा भएको बिश्व सम्मेलन (सन १००९ को नोभेम्बर) मा पनि औद्योगिक देशहरुले बढी कार्बन उत्सर्जन गरेका कारण वायुमण्डलको कार्बन घटाउने कार्य गरेमा बिकासउन्मुख देशहरुलाइ आर्थिक सहयोगको रुपमा सन २०२० सम्मका लागि बार्षिक १ अरब डलर दिने मौखिक प्रतिबद्घता जनाएका छन । त्यसैगरी उनीहरुले आ–आफना देशभित्र सन २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जनको हालको दरलाई ८० प्रतिशतले कटौति गर्न पनि मौखिक प्रतिबद्घता जनाएका छन ।
.जलवायु परिवर्तन हुनबाट रोक्न नेपाल सरकार के गर्दैछ ?
नेपालले अन्तराष्ट्रिय समुदायसँग मिलेर हरितगृह ग्यास उत्सर्जनको दर कटौति गर्न बिश्वव्यापी रणनीति बनाउन आफनो तर्फबाट योगदान गर्दै आएको छ । हिमालय पग्लिन थालेको र हिमतालहरु फुटने खतरा बढदै गएको अवस्थालाई मध्यनजर गरेर बिश्वको ध्यान आकर्षण गर्नका लागि कोपेनहागेनमा भएकोे बिश्व सम्मेलनको ठीक एक हप्ता अगाडि नेपाल सरकारले सँसारको शिखर, सगरमाथाको आधार शिबिर कालापत्थरमा मन्त्रीपरिषदको बैठक पनि सँचालन ग–यो । उक्त बैठकको उद्घेश्य, हिमालय बचाउने नेपालको चाहना उल्लेख गरेर बिश्व समुदायलाई जलवायु परिवर्तन न्यूनीकरण गर्ने प्रभाबकारी कदम चाल्न दबाब दिनु थियो ।
हाल नेपाल सरकारले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लगायत केही गैह्रसरकारी सँस्थाहरुसँग सहकार्य गरेर समग्र जलवायु परिवर्तन हुनबाट रोक्न साथै स्थानीय स्तरमा हुने जलवायु परिवर्तनको असरबाट बच्ने उपाय पहिल्याउन र त्यसबाट हुने क्षतिको सामना गर्न स्थानीय तहमा क्षमता बिकास गराउन पहल गर्ने कामहरुको थालनी गरिसकेको छ । जनचेतना जगाउने र क्षति न्यूनीकरण गर्न सर्ब साधारणलाइ सजग राख्न कृयाशिल रहनु महत्वपूर्ण पक्ष हो । कार्बन उत्सर्जन घटाउन नेपालले अपनाउनु पर्ने राष्ट्रिय नीति र आवश्यक ऐन–नियम पनि तयारीको क्रममा छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |