Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संघीय संरचनामा बजेट र स्थानीय विकास

प्रभातफेरी अनलाइन ७४१० पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ३०, मंगलबार (८ साल अघि)
संघीय संरचनामा बजेट र स्थानीय विकास

प्रतिभा सुवेदी

आव २०७४÷७५ को बजेटले संघीयता कार्यान्वयनलाई प्राथमिकता दिदै स्थानीय निकायका कार्यहरु संचालन, राष्ट्रिय गौरवका आयोजना संचालन , पुननिर्माणकार्य र उर्जा विकासकालागि ठूलो रकम विनियोजन गरेको छ । केन्दिकृत शक्तिलाई विकेद्रित गर्न गाउ“पालिका र नगरपालिकामा दिने गरी स्थानीय तहमार्फत विकास निर्माण र सेवा प्रवाह गर्ने उदेश्यले बजेट विनियोजन गरिएको छ । स्थानीय निर्वाचन हुदै गरेको अवस्थामा यो बजेट आएको छ।

गाउ“पालिका र नगरपालिका अर्थात स्थानीय निकायका लागि, संविधानले दिएको अधिकार र जिम्मेवारी वहन गर्न विगतको भन्दा बढी रकम विनियोजन गरेको छ । यसर्थ पनि सिंहदरवारको अधिकार स्थानीय तहमा जाने अनूभूति सवैले गर्न सक्छन भन्ने अभिव्यक्तिहरु सवैवाट आएका छन । सरसरती हेर्दा
यसपालाको बजेटले धेरै पुराना कार्यक्रमहरुको निरन्तरता दिएपनि ती कार्यक्रमहरु के व्यवस्थापन र कार्यन्वयनमा जिम्मेवार स्थानीय निकायको छ । त्यसकारण गाउ“पालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगायत पदाधिकारीहरुलाई तलव भत्ताहरु लगायतका व्यवस्था गरिएको छ।

जस्तो स्वास्थ, शिक्षा, कृषिका परियोजनाहरु, पशुविकास सेवाहरु, पर्यटन र सडक र पूर्वाधार निर्माणलगायतका कार्य अब स्थानिय निकाले गर्ने छन् । त्यतिमात्र होइन विषयगत मन्त्रालयहरुवाट संचालित अधिकाशं योजना स्थानीय तहबाटै संचालन गर्न दिने विषय बजेटमा उल्लेखित छ । आर्थिक स्रोत व्यवस्थापन , भौतिक संरचना निर्माण र प्रशासनिक कार्यको पनि ठूलो जिम्मेवारी स्थानीय तहमा पुगेको छ ।
आव २०७४÷२०७५कालागि कूल १२ खर्ब ७८ अर्ब ९९ करोड र ४८ लाख रुपैय“ाको बजेट व्यवस्था गरेको छ । बजेट निर्माण गर्ने सीमा पनि जम्मा १२ खर्ब ८४ अर्बको हो र १२ खर्ब ७८ अर्बरुपियाको बजेट सार्वजनिक भएको छ । स्थानीय तहलाई २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख ९१ ह्जार अर्थात पौने ३ खर्ब विनियोजन गरिएको छ । स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान गरी दुई प्रकारले प्रदान गर्ने छ । यसपाला स्थानीय निकायहरुका लागि कूल बजेटको करीब १८ प्रतिशत रकम विवियोजन गरिएको छ । सरकारले स्थानीय निकायहरुलाई ठूलोमात्रामा वित्तिय बाड“फाड“ गरिएको दाबी गरेको छ । साथै स्थानीय निकायलेनै ४० प्रतिशत कामहरु गर्न पर्ने छ । स्थानीय निकाय संचालन कानून वित्तीय प्रणाली संरचनाका साथै भौतिक संरचना निर्माण यी तीन क्षेत्रको विकास समानान्तर रुपमा अघि बढाउनपर्ने आवश्यकता आएको छ ।

संविधानले स्थानीय तहवाट नै ४० प्रतिशत विकासलगायत त्यसक्षेत्रका विभिन्न कामहरु हुन पर्दछ भनिएको छ । तसर्थ यो विनियोजन भएको रकमपनि संघीयताको अवधारणा अनुशार को बजेट विनियोजन नभएको भन्ने पनि राजनैतिक नेतृत्वहरुको भनाई छ ।
विभिन्न किसिमका छरिएका धेरै कार्यक्रमहरु ल्याउनभन्दा धेरै रकम स्थानीय निकायमा जानुनै राम्रो हो ।
यसभन्दा अघि स्थानीय निकायलाई सरकारले करीब आब २०६९ ÷२०७० यता ८ प्रतिशत वाट क्रमश वढाउदै लगेर २०७३ ÷७४ सम्म करीब १२ प्रतिशत सम्म पुराएको थियो । विगत आर्थिक वर्षहरुका तुलनामा यो बजेटको आकार ठूलो हो । संघीय संरचनाको कार्यान्वयनकालागि विभिन्न स्थानीय निकायकालागि दुई किसिमले बजेट उपलब्ध गराराउने व्यवस्था गरेको छ ।

संघीय संरचना र प्रारुप अनुशारनै अधिकारका साथै खर्चको व्यापक वृद्धि भएको अवस्थामा यो रकम विनियोजन गतवर्षहरुका तुलनामा दोब्वरभन्दा बढी छ तर यसलाई नवनिर्वाचित प्रतिनिधिहरुले पनि पर्याप्त मानेका छैनन ।
स्थानीय तहलाई संविधानले दिएको कार्यपालिका व्यवस्थापिका र न्यायिक समितिका जस्ता अधिकारका कार्यहरु संचालन गर्न नया संरचनाहरुका समेत आवश्यकता पर्ने छ । तर एकैपटक केन्द्रिकृत शैलीको शासन प्रणालीवाट विकेन्द्रित संघीयशासन प्रणाली आएको अवस्थामा र आवश्यक ऐन नियमहरु प्नि बनिनसकेको अवस्थामा यो विनियोजन गरिएको छ ।

स्थानीय तहको अधिकार सूची भित्र पर्ने तर हाल विषगत मन्त्रालयबाट कार्यन्वयन हुने आयोजना तथा कार्यक्रममध्ये गाउपालिकाभिभत्रको ५० लाख सम्म नगरपालिकाभित्रको एक करोडसम्म उपमहानगरपालिका तथा महानगरपालिकाभित्र २ करोड र सम्म बजेट भएका आयोजना सम्बन्धित विषयगत मन्त्रालयले साउन मसान्तभित्र स्थानीय तहमा रकमसहित हस्तान्तरण गर्नपर्ने साथै आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउनपर्ने व्यवस्था बजेटले गरेको छ । गाउ“पालिकालाई न्यूनतम रु १० करोड र अधिकतम रु ३९ करोढ नगरपालिकालाईि न्यूनतम १५ करोड र अधिकतम रु ४३ करोड र उपमाहा नगरपालिकालाई न्यूनतम अधिकतम र ६३ करोड र महानगरपालिकालई न्यन्तम रु ५६ करोड र अधिकतम ६३ करोड र महानगर पालिकालाग् िर ५६ करोड र अधिकतम १ अर्ब २४ करोड अनदान प्राप्त गर्ने व्यवस्था भएको छ ।

यसबाहेक स्थानीय निकायले प्रचलित कानून बमोजिम आर्जन गर्ने स्रोत र वित्तयि हस्तान्तरण को माध्यमबाट प्राप्त गर्ने स्रोत समेतलाई आधार लिएर सम्बन्धित गाउसभा र नगर सभाबाट बजेट र कार्यक्रम पारित गरी कार्यन्वयन गर्न पाउने छन् ।सावन १ गतेनै गाउ“ गाउमा बजेट पुग्ने भनिएको छ ।

बजेटले सांसद बजेट र निर्वाचन क्षेत्र विकास कार्यक्रमलाइ यथावत राखेको छ । जसमा संससदले छनोट गरेको योजनाकार्यान्वयन गर्न ५० लाखका दरले व्यवस्था गरिएको छ भने निर्वाचन क्षत्र विकास कार्यक्रमलाइै निर्वाचित सांसदमार्फत ३ करोड संचालन गर्ने काम यथावत छ ।

निर्वाचित जनप्रतिनिधिहरुले पनि महत्वाकाक्षी योजनाहरु जनतासामु बोलेर निर्वाचित भएर आएका कारण गाउसभा र नगरसभाको गठन पनि हुन नपाउदै धमाधम सामाजिक सुरक्षाभत्ताहरुका वृद्धिगर्ने बाचा दिनथालेका विषय पनि आएका छन । त्यसो नगर्नका लागि स्थानीय विकास मन्त्रालयले रोक्न निर्देशन दिन परेको अवस्था पनि आयो । निर्वाचित प्रतिनिधिहरुका लागि पनि बजेट व्यवस्थापनका विषयमा जानकारी दिन आवश्यक भैसकेको छ ।
आर्को कुरा देशमा चारैतिर भ्रष्टाचार मौलाएको अवस्थामा सुशासन कायमगर्न पनि त्यतिकै चुनौतीपूर्ण हुनेछ । केन्द्रको सिंहदरवार गाउ“मा र नगरमा पुग्दा यो खर्चमा पनि जवावदेहिता कायम गरेर पारदर्शिसैलीमा काम गरेमा मात्र विकास गाउ र नगरमा पुगेको हुनेछ । जति सक्दो चाढै स्थानीय प्रशासनिक संयन्त्र बलियो बनाई प्राप्त अधिकार र जिम्मेवारी बहन गर्न दक्षता र क्षमताको विकास गर्दै प्रतिवद्धता प्रदर्शन गर्न पर्ने अवशर आएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0