Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा न्याय प्रकृया फैसला हुन ४ सय ५८ दिन , कार्यान्वयन हुन ३ बर्ष ५ महिना

प्रभातफेरी अनलाइन २१९७ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ २७, सोमबार (१२ साल अघि)
Post Thumbnail

नगेन्द्र अधिकारी ÷ धुलिखेल  न्याय ढिलो र महंगो भएको गुनासो सर्वत्र सुनिन्छ । यही कारणले धेरै न्यायलय प्रतिको विश्वास गुम्दै गएको पनि छ । धेरै जाँदैनन र न्याय भएपनि धेरैको घरबार उठेको पनि छ । तर कानुनमा नै व्यवस्था भएको लामो प्रकृयाकै कारण न्याय ढिलो र महंगो देखिएको छ ।
अदालती प्रकृया अनुसार नै एक मात्र पतिवादी भएको सामान्य मुद्धा फैसला हुन ४ सय ५८ दिन लाग्छ । फौजदारी मुद्धामा जाहेरी दरखास्तको लागि कम्तीमा ७, प्र्रतिवादी खोजतलास गर्न कम्तीमा ७  र अनुसनधानको लागि ५ दिनको म्याद हन्छ । मुद्धा दर्ता भएपछि मुद्धा तयार गर्न कम्तीमा ३ , म्याद तामेलीका लागि १५ र प्रतिवादीले ७० दिनको म्याद पाउने व्यवस्था छ । यसमा पनि प्रतिवादीले ३० दिन म्याद थाम्न पाउने व्यवस्था छ । प्रमाण मुकररको लागि इजलासमा पेश गर्ने समय ३० दिन, प्रतिवादीले गुज्रेको तारेख थाम्न पाउने समय ३०, वादी र प्रतिवादीका कानुन व्यवसायीले ६० दिन लाग्छ भने मुद्धा पेशीको लागि ३० र न्यायधिशलृ ५४ दिन विदा पाउँछन् । यसरी मुद्धा फैसलाको लागि सामान्यत ४ सय ५८ दिन लाग्छ । यो सामान्य अवश्थाको गणना माात्रै हो । प्रकृयामा कुनै अवरोध आयो भने यो अझै लम्बिन सक्छ । दैवि पकोपले बाटो रोकिएमा, सुत्केरी भएमा । सरकारी कर्मचारी काजमा खटिएमा यो अझ लम्विन्छ । एक बर्षमा सामान्यतय २ सय ७९ दिन न्यायलय खुल्छ ।

फैसला हुन त अझ ३ बर्ष ५ महिना १ दिन लाग्छ । फैसला अन्तिम भएपछि कार्यान्यवयनको लागि विगो भराउन मिल्ने म्याद नै ३ बर्ष छ । मुलुकी ऐनको दण्ड सजायको महल ४३ अनुसार नै चलन चलाउन निवेदन दिने म्याद  बर्ष र थप दस्तुर तिरे १ बर्ष थप्ने व्यवस्था छ । अंश छुटाउन निवेदन दिने म्याद  बर्ष र  दशौद दिए थप १ बर्ष म्याद हुन्छ । दरखास्त भएपछि चलन चलाउन सुचना प्रतिवादीलाई दिन तयार र तामेल गर्दा १६ दिन , विगो बुझाउने म्याद ३५ दिन  र प्रतिवादीले थाम्ने म्याद ३० दिन हुन्छ । डोर खटाउन तारेख ३० दिन ,  पपंचकृते मुल्याकंनको लागि ३० दिन तारेख र लिलाम विक्रीको लागि ३० दिनको तारेख ३० दिन गरी ३ बर्ष ५ महिना १ दिन समय लाग्छ ।

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालकी अध्यक्ष सावित्री लामिछाने महिलाको पक्षमा फैसला कमै हुने र भएपनि कार्यान्यवयन नभएको बताइन । जिल्ला विकास समितिकी महिला शसक्तिकरण अधिकृत महिलाको न्यायमा पहुँच नभएको र भएपनि पक्षमा फैसला भएर कार्यान्वयन भएको स्थिती नभएको बताउँछिन्  ।

राष्ट्रिय न्यायिक परिषदका रजिष्टार लेखनाथ पौडेल जनआश्था र विश्वासमा चल्ने संस्था भएकाले धैर्य गर्नुपर्ने तर्क गर्छन । “कानुनी प्रकृया नै लामो छ, हतारमा दिएको न्याय विग्रन पनि सक्छ ”उनले भने । सरोकारवालाहरुको असहयोगका कारण पनि न्याय ढिलो हुने उनले तर्क गरे ।

जिल्ला न्यायधिश रमेशकुमार खत्री “छिटो न्याय”को परिभाषा नै अस्पष्ट भएको तर्क गर्छन्् । “मानिसले जुन प्रकृया तोके पनि अझ छिटो खोज्छ, त्यसैले यो अस्पष्ट छ । ”उनले भने । १ निर्दोष पर्न‘ भन्दा ९ दोषी छोड्नु राम्रो भन्ने मान्याता समेत भएकाले वास्तविकले न्याय पाउने स्थिती  हुनुपर्ने उनले बताए ।

परिषदका रजिष्ट्रार पौडेलले अदालत महंगो भएकै कारण सबैको पहूँच नपुगेको र अदातवाट अपराधी छुटने गरेको गुनासो भएपनि  यसो  नभएको दावी गरे । उनका अनुसार, अदालतको दस्तुर विगो अनुसार महंंगो हुने र बढीमा ५ सय सम्म लाग्छ । “अदालतले सेवा दिएपछि रसिद पनि दिन्छ, कानुन व्यवसायीलाई समझदारीका आधारमा दिने फिको बारेमा अदालतले जिम्मा लिन सक्दैन । ” उनले भने । विश्वमा नै नेपालको न्याय सेवा सस्तो भएको उनको कथन थियो । अपराधको अनुसन्धान प्रहरीले गर्ने, सरकारी वकिलले निर्देशन गर्ने र अदालतले प्रमाणका आधारमा फैसला गर्ने भएकाले नबुझेर आरोप लाग्ने गरेको बताए । “यथेष्ट प्रमाण भएन भने, प्रमाण परिक्षणको लागि उपस्थित गराउने मानिस प्रहरी र सरकारी वकिलको तर्फबाट उपस्थित नगराई परिक्षण हुन नसकेमा , अनुसन्धान अधिकरी समक्ष दिएको बयान प्रमामित नगरेमा वा उल्टो जवाफ दिएमा र सबुद प्रमाणबाट निर्दोष देखिएमा अदालतले केही गर्न सक्दैन ” उनले भने ।
प्रकृया छाटयाउन सुझाव
सरोकारवालाहरुले विद्यामान कानुनी प्र्रकृयाकै कारण न्याय पाउन नसकेको भन्दै छोटयाउन सुझाव दिएका छन् । राष्ट्रिय न्यायिक परिषदले धुलिखेलमा गरेको मानववेचविखन सम्वन्धी मुद्धाको प्रकृया र विशेषता ः हाम्रो बुझाई र अपेक्षा विषयक कार्यशालाका सहभागीले यस्तो  सुझाव दिएका हुन ।
जिल्ला न्यायधिश रमेश कुमार खत्रीले व्यवस्थापिका मार्फत कानुन नै सशोधन गर्नुपर्ने बताए । “संशोधन नै गर्नुपर्ने भए व्यवस्थापिका मार्फत मात्रै सम्भव छ । ” उनले भने । परिषदका कार्यकारी  निर्देशक राघवलाल वैद्यले मुद्धमा मानवताको दृष्ट्रिकोणले पनि हेर्नुपर्ने तर्क गर्छन्््् । “सबै सरोकारवालहरु लाग्ने हो भने सबैले न्याय पाउँछन् । ” उनले भने ।
कार्यक्रममा जिल्ला न्यायधिश दिपेन्द्र अधिकारी, महिला विकास कार्यलय काभ्रेकी प्रमुख महिला विकास अधिकृत माया लोहनी, अधिवक्ता राघव जंगम , रमेश हुँमागाई, गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष कृष्णचन्द्र्र आचार्य, परिषदका कार्यक्रम अधिकृत श्रीकृष्ण मुल्मी लगायतले मिसिल प्रमाण दरिलो बनाएर वास्तविक पिडित लाई न्याय दिनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0