दोहोरी कलाकार प्रेमकुमार अर्याल
गोरखा जिल्लाको गोरखाको नामजुङमा केशरबहादुर तथा दुर्गामाया अर्यालका सुपत्रत्तको रुपमाजनिमएका प्रमकुमार अर्याल दोहोरी कलाकारको रुपमा आफ्नो पहचान बनाउँदैछन् । ललितकला क्याम्पसमा संगीतमा पाँचौं तह (बी.एफ.ए) अध्यनरत उनी २०६१ सालदेखि दोहोरी गायनमा सक्रिय छन् । धादिङ दोहोरी साँझदेखि दोहोरी कलाकारको रुपमा पाइला चालेका उनी हाल गण्डकी दोहारीमा गीत गाउँछन् । उनले ‘मुटु जलायौ’ ‘तिम्रो मलाई रिसै लाएन’ दोहोरी एल्बम बजारमा आइसकेका छन् । त्यस्तै ‘हामी हौं नेपाली यूवा’ राष्ट्रिय गीत, ‘तिमीले धोका दियौ र पो’ आधुनिक, ‘झिलि र मिलि नौ लाख तारा’ सालैज्यो गीत लगायत थुपै्र एल्बमहरुमा आफ्नो स्वर दिइसकेका छन् प्रेमले । उनको तीजको गीत रमाउँदै आयो टेलिभिजन च्यानलहरुमा प्रशारण भइरहेको छ भने इन्दिरा जोशीसँग गाएको आइटम गीत “बारुली कम्मर” बजारमा चााडै आउँदैछ । उनै प्रतिभाका धनी प्रेमकुमार अर्यासँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–
कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?
गाउन थालेको त सानैदेखि हो । गाउँघरतिरको कार्यक्रमहरुमा भाग लिइरहन्थें । विद्यालयको कार्यक्रमहरुमा पनि गीत गाउँथें । ०६१ सालदेखि चाहिँ दोहोर िक्षेत्रमा सक्रियताका साथ लागेको हुँ ।
कला क्षेत्रमा के देखेर लाग्नुभयो ?
कला क्षेत्रमा नाम देखेर लागेको हुँ । गीहरु सुन्दा सुन्दै गाउन थालें । आमाले गीत गाउनुहुन्थ्यो । मपनि उहाँसँगै गीत गाउने गर्थे र गायन क्षेत्रमा लागें ।
कुन कुन दोहोरी साँझमा दोहोरी गाउनुभयो ?
सुरुमा धादिङ दोहोरी साँझबाट गाउन थालेको हुँ । त्यसपछि मंगोलियन दोहोरी माछापोखरीमा गाएँ । त्यसपछि भेटघाट, रारा, लुम्बिनी, पुन हिल, न्यू भन्ज्याङ् लगायतका दोहोरी साँझमा गाउँदै अहिले गण्डकी दोहोरी ठमेलमा गाइरहेको छु ।
अहिलेसम्म कहाँ कहाँ पुग्नु भो त कार्यक्रमहरुमा ?
भारतको सिक्किम, दार्जिलिङ, कतार पुगें । नेपालको राजधानी तथा राजधानी बाहिर थुप्रै स्थानमा आफ्नो प्रस्तुति दिइसकें ।
दोहोरी साँझहरुका कलाकारहरुले त पारिश्रमिक पाउन पनि गाह्रो छ भन्छन् नी ?
अलि अलि त यो कुरा सहि पनि हो तर मेरो हकमा भन्नुहुन्छ भने मैले चाहिँ त्यस्तो भोग्नुपरेको छैन । अरु साथिहरुको चाहिँ त्यस्तो गुनासो सुनेको छु ।
दोहोरीमा के कस्ता विकृतिहरु छन् त ?
छन् थुप्रै विकृतिहरु । जस्तो की प्रविधिको विकासले पाइरेसी नै प्रमुख विकृति समस्या हो । क्यासेट कम्पनिहरुले पनि ठग्छन् । कलाकारहरुको दलाली र शोषण बढ्दो छ ।
दोहोरी गीतहरु पनि त कमसल, गुणस्तरहिन निस्कन थालेका छन् नी ?
अलिअलि कमसल र गुणस्तर नभएको दोहोरी गीतहरु बजारमा आएको पाइन्छ । कमशल, उच्श्रृङल, द्वीअर्थी शब्द मिसिएको दोहोरीले दोहारी क्षेत्रको बदनाम गराएको छ ।
यस्तो किन भइरहेको छ त ?
कला भन्दा पनि पैसाको भरमा कलाकार बन्ने प्रवृत्तिले यस्तो भएको हो । हामी नेपालीहरु अलि बढी नै अल्छी छौं । साधना छैन मेहेनत छैन त्यसैले पनि यस्तो भएको हो ।
यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
म त सन्तुष्ट नै छु ।
कला क्षेत्रको बिकासको लागि के गर्नुपर्ला ?
कलाकार र कलालाई हेर्ने राष्ट्रको निति नै परिवर्तन हुन आवश्यक छ । कलाकारलाई राष्ट्रले उचित स्थान दिनुपर्छ ।
एउटा गायकमा हुनुपर्ने गुण के के हो ?
कला सँगसँगै एमान्दार, मिलनसार र मेहेनत हुनुपर्छ ।
गाएरै बाँच्न सकिन्छ त ?
आपूmसँग कला छ भने गाएरै बाँच्न सक्ने अवस्था छ भन्ने मलाई लाग्छ ।
अहिले त एल्बम बिक्दैन नी हैन र ?
एल्बम बिक्दैन एल्बमको लगानी एल्बमबाटै उठाउन त कल्पना सम्म पनि नगरे हुन्छ । अलि अलि आश भनेको पिआरबिटि, सिआरबिटि मात्र हो । तर राम्रो गाउनेलेस्टेज कार्यक्रमहरु गाएर बाँच्न चाहिँ सक्छ ।
गायक बन्न चाहनेलाई सुझाव के छ ?
संगीतलाई बुझेर साधना गरेर आउनुहोला । रहर मात्र हैन मेहेनत नै गर्छु भनेर यो क्षेत्रबारे बुझेर मात्रै यस क्षेत्रमा हात हाल्न सुझाव दिन चाहन्छु ।
अन्तमा…………… ?
मध्यमार्ग र तपाईंलाई मलाई पाठक सामु आफ्नो धारणा राख्न दिनुभएकोमा धन्यवाद । सबै दर्शक स्रोताहरुलाईविदेशी गीत संगीतलाई भन्दा नेपाली गीत संगीतलाई माया गरी नेपाली गीत संगीत सुनेर राम्रो नराम्रो प्रतिक्रिया जनाइदिनुहुन आग्रह गर्न चाहन्छु । मध्यमार्ग साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |