Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषको हितको लागि जनप्रतिनिधि, गुणस्तरीय उत्पादन आजको आवस्यकता

प्रभातफेरी अनलाइन ५८७२ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ९, बुधबार (८ साल अघि)
कृषको हितको लागि जनप्रतिनिधि, गुणस्तरीय उत्पादन आजको आवस्यकता

आइ.आर.के.मैनाली
कृषि प्रधान देशका कृषकहरुको हितको खातिर स्थानिय तहका जनप्रतिनिधिहरुले कार्य गर्न जरुरी छ । आम उपभोक्ताहरुको हित साथै उनीहरुको स्वास्थ्यको समेत मध्य नजर राख्दै गुणस्तरीय उत्पादनको लागि पहल गर्न जरुरी रहन्छ । मुलुकको बिभिन्न ताजा तरकारी बिक्रि केन्द्रहरुमा उपभोक्ताहरुले खरिद गर्ने तरकारी कुन स्थानबाट आयात भएको हो भन्ने स्प्रस्ट नाकारी नहुनु र काहाँ उत्पादन भएको तरकारी बिषादी रहित भन्ने पहिचान हुने वातावरण नहुंदा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।
बिषेश गरेर ठुला÷ठुला तरकारी बिक्रि केन्द्रहरुमा स्वदेसमा उत्पादन भएको तरकारी भन्दा छिमेकी मुलुक भारवाट आयात भएको तरकारी बढी मात्रामा बिक्रि बितरण हुने गरेको हुन्छ । स्वदेसमा उत्पादन भएको तरकारी पनि कुन स्थानमा उत्पादन भएको हो र सो स्थानका कृषकहरुले बिषादिको प्रयोगमा के—कस्तो सावधानी अपनाएका छन् वा बिषादीनै प्रयोग नभएको समेत पुर्ण रुपमा जानकारी हुने अवस्था नहुंदा आम उपभोक्ताहरुले संङ्कै संङ्काको भरमा तरकारी किन्न बाध्य हुने अवस्था रहेको छ । त्यति मात्र नभएर छिमेकि मुलुक भारतबाट आयातित तरकारीले बजार पाउन नसकेमा नेपालमा उत्पादन भएको तरकारीको बद्नाम गर्ने कार्य गरेर भारतबाट आयातित तरकारी बजारमा बिक्रि वितरण गर्ने कार्य समेत नभएको होईन ।
मुलुकमा संघियता लागु भै सकेको अवस्थमा कृषकहरुको हितको लागि स्थानिय तहका जनप्रतिनिधिहरुले अग्रसरता देखाउने कार्यको पहल गर्न जरुरी छ । आ—आफ्नो क्षेत्रमा उत्पादन भएको ताजा तरकारीको स्प्रस्ट पहिचान हुने गरी लोगो लगाउने कार्य गर्न सकेमा पहिचान खुल्ने र कुन स्थानमा उत्पादन भएको कृषि उत्पादक सामागृहरु खानको लागि उपयुक्त भन्ने कुराको बिषयमा उपभोक्ताहरुले पहिचान गर्ने वातावरण सृजना गर्न आवस्यक रहन्छ । ताजा तरकारीमा बिषादि न्युनिकरण गर्दै गएको साथै बिषादिनै प्रयोग नगरी उत्पादन भएको ताजा तरकारी र छिमेकी मुलुकबाट अन्धाधुनध रुपमा बिषादि प्रयोग गरी आयातित तरकारी एउटै स्थानमा राखेर बिकृ वितरण गर्ने कार्यले समस्या निम्त्याएको छ ।
स्थानिय तहमा कृषकहरुको हित साथै गुणस्तरीय कृषि उपजहरु उत्पादनको लागि वजेटको व्यवस्था गर्न जरुरी छ । जुन बजेटबाट आधुनिक तरीकाको खेति प्रणालि, खेतिमा बिषादि प्रयोगमा सावधानी साथै सत्रु जिवको नोकसानिबाट बच्नको लागि अपनाउनु पर्ने सावधानी, बिषादि प्रयो नगरी नहुने अवस्थामा खानको लागि पर्खनु पर्ने समय, उपभोक्ताहरुको स्वास्थ्यको बिषयमा सावधानि लगायतको बिषयमा जानकारी गराउने कार्यलाई व्यापक ढंगबाट अगाडि बढाउन आवस्यक हुन्छ । बिशेष गरेर तरकारीको पकट क्षेत्रको रुपमा परिचित स्थानहरुमा तरकारीमा बिषादिको मात्रा रहे नरहेको पहिचान गर्ने उपकरणको समेत व्यवस्था गरी बजारमा लैजानु अघि तरकारीको परिक्षण गरी बिषादीको मात्रा कति प्रतिशत भएको वा नभएको संकेत सहिट आफ्नो पहिचान खुलने गरी ट्याग लगाएर वजार पठाउदा सहज हुन्छ ।
तरकारीको पकड क्षेत्रको रुपमा रहेको जिल्ला मध्य काभे्रपलाञ्चोक जिल्ला पनि एक हो । कृषिको माध्यमबाट रोजगारी प्राप्त गर्ने जिल्लाको साथै काठमाडौको तरकारीको मागको झण्डै ४० प्रतिशत पुर्ती गर्ने जिल्लाको रुपमा लिईन्छ । यहाँ उत्पादन हुने ताजा तरकारी ,फलफुल र खाद्यान्न समेतको छुट्टै पहिचान रहेको छ । अत्यन्त चिसो र गर्मीमा उत्पादन हुने फलफुल तथा तरकारी राजधानी काठमाडौको प्रमुख व्यापारीक केन्द्रमा बिक्रि गरीन्छ । तरकारी तथा फलफुलको प्रमुख व्यापारीक केन्द्र नजिक रहेकोले ताजा सामाग्री बजारमा पुग्ने साथैे तरकारी तथा फलफुलमा बिषादिको कम प्रयोग हुने भएकोले अन्य जिल्लाहरुको तुलनामा माग बढी हुने गरेको छ । तर कृषकहरुलाई सुचनाको अभावको कारण बजारको मुल्य जानकारी हुन नसक्दा उजित मुल्य पाउन नसकि विचौलीयाहरुले बढी मुनाफा राख्ने समस्या रहेको छ । यस्ता समस्याको समाधानको लागि संञ्चारको ठुलो महत्व रहन्छ ।
ग्रामीणस्तरका कृषकहरुले कृषि पेशालाई रोजगारीको अवसरको रुपमा आयआर्जन सुनिश्चित गर्दै अगाडि बढेको अवस्थामा कृषकहरुको हितको लागि समयमा सुचना र संञ्चारको ठुलो महत्व रहेको हुन्छ । सञ्चारको माध्यमबाट कृषकहरुले कृषि पेसालाई अगाडि बढाउन मद्धत गर्दछ । बढी भन्दा बढी आम्दानि लिनको लागि आधुनिक तरिकाबाट खेति गर्न आवस्यक हुन्छ । त्यसको लागि सुचना र संञ्चारको माध्यमबाट स्वदेश तथा विदेशमा गरिएको आधुनिक तरिकाहरुको खेती प्रणालीको बारेमा कृषक जानकार रहन सक्छन् । त्यसैगरी सञ्चारको माध्यमबाट कुनै पनि प्रकारको बालिमा लाग्ने रोग र किराको निराकरणको बारेमा जानकारी लिन सक्ने हुन्छन् । कृषि प्रधान मुलुकमा कृषकहरुका हितको लागि संञ्चारको ठुलो महत्व रहेकोले सरकारी मिडियाले हप्तामा एक दिन कृषि सम्बन्धि कार्यक्रम चलाएकै आधारमा पुर्ण हुदैन ।
वास्तविक कृषकहरुलाई लक्षीत गरी राज्यले कृषि उपकरण, मल, बिउ, केही बिषादिहरुमा अनुदानको व्यवस्था गरेको हुन्छ । तर सुचना तथा सञ्चारको पर्याप्तताको कमिले गर्दा टोपिको घेरा फाटेका वास्तबिक कृषक समक्ष सो अनुदान पुग्न नसकि गैर कृषक (जस्ले आफ्नो खेती समेत अरुलाई जिम्मा लगाएको हुन्छ) को हालिमुहालिमा अनुदानको सुबिधा लिने कार्य भैरहेको छ । खेतिमा आउने प्रमुख समस्याको रुपमा रहेको रोग तथा किराको प्रकोप नियन्त्रणको लागि वास्तबिक कृषकहरुलाई सुचनाको कमिले गर्दा जटिल समस्या आउने गरेको छ । सुचनाको अभावमा कतिपय कृषकहरुले आवस्यक भन्दा बढी बिषादिको प्रयोग गर्दा समस्या समेत आउने गरेको छ । त्यसैगरी पर्याप्त सुचना नहुदा कृषि उपजहरुको उपभोक्ताहरु समेत मारमा पर्ने गरेका छन् । आधुनिक तरीकाको खेती प्रणालिबाट फाईदा पुग्ने बिषयमा वास्तविक कृषकहरुलाई जानकारी नहुदा पुरानै सैलिबाट खेति गर्न बाध्य हुनु परेको छ ।
जिल्लामा ६१ हजार ५ सय ९८ हेक्टर कृषि योग्य जमिन रहेपनि हाल खेति भैरहेको क्षेत्रफल ४८ हजार ४ सय ४० मात्र रहेको छ । जसमध्य खेत ११ हजार ३ सय १० हेक्टर रहेको छ । जिल्लामा रहेको सम्पुर्ण खेति योग्य जमिनमा खेति नगरी बाँझो राख्नाको प्रमुख कारण सिंचाईको अभाव हुनु हो भने दोस्रोमा आधुनिक खेति प्रणालिको बिषयमा सुचनाको कमि हुनु हो । हिउदमा प्रमुख बालिको रुपमा आलु खेतिलाई प्राथमिकता दिएपनि पाखो वारीमा सिंचाईको अभावको कारणले न्यून मात्रामा आलु लगाईन्छ भने करिव ८ हजार हेक्टरमा आलु लगाउने गरेको छ । जिल्लामा झण्डै १ लाख ९० हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । त्यसैगरी हिउदे तरकारी करिव ५ हजार हेक्टर जमिनमा गलाइन्छ जसबाट ९० हजार मेट्रिक टन, बर्षे तरकारी करिव ३ हजार हेक्टरमा लगाईन्छ जसबाट ५० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । त्यसैगरी बेमौसमी तरकारी १ हजार ५ सय हेक्टरमा लगाईन्छ जसबाट ३० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।
काभे्र जिल्लामा उत्पादन भएको तरकारीको सिजनमा भारतबाट आयातित तरकारीको कारण बजार भाउ खस्कने गर्दा कृषकहरु मर्कामा पर्ने गरेका छन् । पछिल्लो समयमा आएर कृषकहरुले तरकारी खेतिमा बिषादि न्यनिकरण गर्दै खेतिको सुरुवाति गरेका छन् । रासायनिक बिषादिको प्रयोगमा कमि गर्दा उत्पादित सामागृहरु आकर्षक नदेखिने हुंदा बजार भाउमा समेत कमी हुने गरेको पाईन्छ । छिमेकी मुलुकबाट आयातित तरकारीहरुमा बिषादी प्रयोगका कारण आकर्षक देखिने हुंदा उपभोक्ताहरुको ध्यान आकर्षक तरकारीमा पर्ने हुंदा काभे्रली कृषहरु मात्र नभएर बिषादिको न्युनिकरण गर्दै खेति गर्ने कृषक समस्यामा पर्ने गरेकोले त्यस्ता जटिल समस्याको बिषयमा स्थानिय तहका जनप्रतिनिधि लगायत राज्यले पनि सोचन जरुरी रहन्छ ।
राज्यले कृषि उपजको गुणस्तरताको निर्धारण गरी प्रत्येक महिनाको एक पटक मुल्य निर्धारण गरी वजारको उचित व्यवस्था गर्ने कार्य गरेमा अरबौंको तरकारी बिदेशबाट आयात गर्नु पर्ने अवस्थाको अन्त्य हुनाको साथै उपभोक्ताहरुले ढुक्क संग स्वदेशमै उत्पादन भएको तरकारी प्रयोग गर्न पाउंथे । कृषि प्रधान मुलुकमा कृषकहरुका लागि खासै राम्रो निति नियम बन्न नसक्दा कृषकहरुले कृषि पेशालाई छाड्दै बिकल्पको खोजिमा भौतारीनु परेको हो । जसका कारण प्रत्येक बर्ष बिदेशबाट तरकारी आयात गर्ने क्रम बढ्दो रहेको छ । राज्यले कृषकको लागि राम्रो व्यवस्था गर्न सकेको अवस्थामा परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुनाको साथै युवा बेरोजगारीको समस्या समेत हल हुनेमा कुनै शंङ्का रहन्न ।

  • कृषको हितको लागि जनप्रतिनिधि
  • गुणस्तरीय उत्पादन आजको आवस्यकता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0