Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

५ सय जना युवालाई रोजगारीको तयारी गर्दै, लभ ग्रीन नेपालसँग समन्वय गरी पाँचखालमा विषादी न्पुनिकरण गर्दैछौं

प्रभातफेरी अनलाइन १०७२१ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ १४, सोमबार (७ साल अघि)
५ सय जना युवालाई रोजगारीको तयारी गर्दै, लभ ग्रीन नेपालसँग समन्वय गरी पाँचखालमा विषादी न्पुनिकरण गर्दैछौं

महेश खरेल, मेयर, पाँचखाल नगरपालिका

नेपालको संघीय राजधानी काठमाडौंबाट ५० किलो मिटर पूर्वमा अवस्थित काभ्रे जिल्लाको पाँचखाल नगरपालिका तरकारी उत्पादनका लागि प्रख्यात छ । ‘पाँचखाल नगर कृषि सहर’ भन्ने नारा सार्थक बनाउने अभियानमा जुटेका छन् नगर प्रमुख महेश खरेल । कृषिलाई विषादीमुक्त बनाउन नगरले र लभ ग्रीन नेपालसँग सहकार्य गरी अगाडि बढेको छ । ३८ हजार जनसंख्या रहेको नगरमा १३ वटा वडा रहेको छ । काभ्रे जिल्लामा रहेको नगरपालिका मध्य क्षेत्रफलको आधारमा पनौतीपछिको दोस्रो ठुलो नगरपालिका पाँचखाल हो ।

कृषिको प्रचूर सम्भावना मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा पलाञ्चोक भगवतीको मन्दिर, अनेकोट भ्यू टावर, दुग्धेश्वरी मन्दिर, सुनकोशी बगर आदि समेत रहेको छ । प्रचुर संभावना रहेको पाँचखाल नगरपालिकामा उम्मेदवारी दिने क्रममा खरेलले जनता समक्ष थुप्रै वाचा गरेका थिए । ती वाचा यसअवधिमा के कति सुरुआत भए र कति पुरा भए वा सुरु नै गर्न सकिएको छैन, भन्ने विषयमा केन्द्रित भएर नगर प्रमुख खरेलसँग भएको कुराकानी अंश ।

निर्वाचनको बेला जनतासँग गरेका बाचा के कति पूरा गर्नुभयो ?

स्थानीय निर्वाचन सम्पन्न भएको बर्षदिन पुग्दैछ । चुनावी अभियानका क्रममा गरिएका विकास निर्माणका बाचाहरुलाई मैले पटक्क बिर्सेको छैन् । तिनै बाचालाई केन्द्रबिन्दुमा राखेर मैले नगरको कामको सुरूवात गरेको छु । सबै बाचाहरु एकै वर्षमा पूरा हुन सम्भव पनि छैन । सुरू गर्न जति सम्भव छन् ती प्राथमिकतामा राखेर बजेटलाई दृष्टिगत गर्दै केही कामहरू अगाडि बढाएको छु । मेरो कार्यकालभित्र जनसमक्ष गरेका बाचाहरूलाई पुरा गर्न म प्रतिवद्ध छु ।

यसक्रममा हामीले आर्थिक अवस्था कमजोर भएका भूकम्प पीडित जनताका लागि काँचो इँटाबाट घर बनाउन पाउने सुविधा दिएका छौँ । दुई कोठे घर बनाउनका लागि नगरपालिकामा आएर नक्सापास गर्नु पर्दैन । विवादित जग्गा छैन भने वडामा रू १५ सय तिरेर सिफारिश लिएर प्राविधिकको निरीक्षणमा घर बनाउन सकिन्छ । अर्को कुरा काठमाडांै विश्वविद्यालयको एग्रोटेक कलेज ल्याउनको लागि अनेकोटमा ५ सय रोपनी जग्गा दिने निर्णय गरिसकेका छौँ । यो निर्णय वन मन्त्रालय र शिक्षा मन्त्रालय हुँदै क्याबिनेटमा पुगिसकेको छ । त्यहाँ कृषि र प्राविधिक संकाय ल्याउनका लागि धेरै काम अघि बढिसकेको छ । स्थानीय जनताहरूले घर बनाउन पाउन् भनेर बाटोको मापदण्ड सुधार्ने काम पनि हामीले गरिरहेका छौँ ।

अहिले बाटोको मापदण्ड कति रहेको छ ?

पहिले आवश्यक भन्दा धेरै ३० मिटरको मापदण्ड लागू गरिएको रहेछ । अरनिको हाईवे बाहेक पाँचखाल नगरभित्र आगामी ५० वर्षसम्म ३० मिटरको बाटो आवश्यक नपर्ला भन्ने हाम्रो ठम्याई छ । ६ मिटरभन्दा कम नगरिकन आवश्यकताको आधारमा बाटोको मापदण्ड तयार गरिरहेका छौँ ।

सरकारले विशेष आर्थिक क्षेत्र (सेज) कालागि तोकेका कार्य के भइरहेको छ ?

सेजको लागि भनेर बजेट छुट्टिइसकेको छ । सेज निर्माण गर्ने परियोजना काम अब चाडै सु्रु हुन्छ । हामीले पाएको जानकारी अनुसार अहिले २२ करोडको टेण्डर आह्रवान भएको छ ।

कोशीदेखा, खरेलथोक र होक्से जस्ता पहाडी इलाकामा विकास निर्माणका के कस्ता कामहरु भइरहेका छन् ?

कोशीदेखामा केन्द्रीय सरकारबाट बिनियोजित १३ करोड रुपैयाँले खरेलथोक–कालिन्जोर मुनिसम्म बाटो पिच गर्नका लागि कटिङको काम सकिइसकेको छ । यसै आर्थिक वर्षसम्म त्योे बाटो पिच हुन्छ । लामिडाँडा हुँदै पलाञ्चोक जाने बाटो दुर्घटना सम्भावित क्षेत्र भएकाले सडक विभागसँग समन्वय गरेर केन्द्रीय सडक विभागकै ४ करोड रुपैयाँमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा भईरहेको छ । अनेकोट र धुलिखेलको तलको झिकुखोलाको मुहानबाट ड्याम (ड्याम) बनाउनका लागि अनुगमन गर्न विभिन्न कम्पनीहरुसँग छलफल भइरहेको छ । अन्य क्षेत्रमा पनि सडक स्तरोन्नतिका कामहरु भईरहेका छन् ।

यो वर्षको हाम्रो प्रमुख प्राथमिकता खानेपानी हो । सबै वडामा खानेपानी उपलब्ध गराउन विभिन्न स्थानमा डीप बोरिङका योजनाहरु सञ्चालन गरेका छौँ । कतिपय ठाउँमा डीप बोरिङका काम सम्पन्न भइसकेका छन् । आजसम्म ओझेलमा परेको बालुवाको ठकुरी गाउँमा डीप बोरिङका लागि हामीले ३० लाख रुपैयाँ बजेट छुट्ट्याएका छौँ । कोशी देखामा नवज्योति भन्ने संस्थासँग सहकार्य गरेर ७ देखि ८ करोडको लागतमा खानेपानीको योजना सुरु गरेका छौँ । नगर विकासको सहयोगमा पाँचखालको बृहत खानेपानी आयोजना परेको छ । ६ नम्बर र ५ नम्बरका सबैको सहयोग भयो भने ३ वर्ष्भित्रमा त्यो बृहत् योजना पनि लागू सञ्चालनमा आउने छ । सिँचाईको डिपीआर पनि हामी चाँडै बुझाउँदै छौँ । हामीले रिङरोड बनाउने विषयको पनि निरीक्षण गरिरहेका छौँ । शिखरपुर जाने बाटोमा भवन डिभिजनको सहयोगबाट ५ करोडको टेण्डर लागिसकेको छ ।

शिक्षा क्षेत्रको विकासका लागि के कस्ता योजना अघि सार्नुभएको छ ?

शिक्षा संविधानत जनताको मौलिक अधिकार हो । कक्षा १ देखि ८ सम्म अनिवार्य प्राथमिक शिक्षा राज्यको दायित्वभित्र राखिएको छ । तर,यहाँ शैक्षिक गुणस्तरको कुरा गर्ने हो भने हामी धेरै नै पछाडि छौ । सरकारी तलब खाने कतिपय शिक्षकहरु पढाउने निहुँमा पार्टी र आप्mनो व्यक्तिगत काममा बढी लागेको पाइएको छ । त्यसलाई निरुत्साहित गरि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउनु पहिलो आवश्यकता हो । यसैलाई दृष्टिगत गर्दै पाँचखालका शिक्षा प्रेमीले चाहेको जस्तो शिक्षा नीति तयार पार्ने तर्फ हामी केन्द्रित भएका छौँ ।

प्रधानाध्यापक, व्यस्थापन समितिका अध्यक्ष्य , वडाध्यक्ष्य , कार्यापालिकाका सदस्य सहित यहाँका शिक्षाविद्हरुसँग हामिले एउटा शैक्षिक अन्तक्रिया कार्यक्रम गरिसकेका छौं । अब निकट भविष्यमा शिक्षविद् संलग्न एउटा विज्ञ समिति गठन गर्नेछौं । विज्ञ समितिको सल्लाह र सुझावलाई गाईड लाईन मानेर शिक्षा नीति निर्माण गर्नेछौं । बालबालिकाको शैक्षिक भविष्य माथि अब कसैले पनी खेलवाड गर्न नसक्ने गरी शिक्षा नीति बनाउनेछौं । शिक्षा समिति गठन गरेर यी सबै कामहरु सुरु गर्नेछौँ ।

यी बाहेक अन्य विकास निर्माणका योजनाहरु के– के छन् ?

उद्योग धन्दा गर्न चाहने कोही छ भने हामीले उहाँहरुलाई प्रोत्साहित गरिरहेका छौँ । वडा नं ५ को खावाभन्दा तल एउटा ठूलो होटल बन्दै छ । यसले पाँचखाल नगरपालिकाका ५ सय युवायुवतीलाई रोजगारी दिने बचन दिएको छ । विभिन्न औषधि बनाउने कारखानाको शिलान्यास भईसकेको छ । हाम्रो प्रमुख योजना रोजगार सिर्जना गर्नु र युवाहरुलाई स्वरोजगार बनाउनु हो ।

लभ ग्रीन नेपालसँग अगुवा कृषकहरु बसेर तयार पारेको प्रस्तावको आधारमा जाइकामा रु ५ करोडको योजना पनि स्वीकृत भएको छ । यहाँको बारेमा किसानहरुलाई सबै थाहा नहुन पनि सक्छ । कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन कृषकलाई जैविक मल बनाउन सिकाउने र जैविक औषधि प्रयोग गर्न सिकाउने कार्य पनि हामीले यो वर्षबाट सुरू गर्दैछौ । तालिमका लागि अगुवा कृषकहरु छान्ने काम वडा÷ वडामा सुरू हुँदैछ । अर्कोतर्फ हाम्रो लक्ष्य भनेको किसानहरुलाई प्रविधिसँग परिचित गराउने हो । यसका लागि विश्वविद्यालय तथा अन्य निकायसँग छलफल भईरहेको छ ।

इँटा भट्टाहरुले धेरै प्रदूषण फैलाइरहेका छन, तिनलाई हटाउने नगर कार्यपालिको निर्णय लागू गर्न सक्नुहुन्छ ?

आजभन्दा १० वर्ष अगाडिसम्म पाँचखाल नगरपालिकामा एउटा पनि इँटा भट्टा थिएन । सङ्क्रमणको फाइदा उठाएर केही व्यवसायीहरू भट्टा खोल्न सफल भए । हाम्रो कार्यकालमा एउटा पनि इँटा भट्टालाई दर्ता गर्न दिइएको छैन । हाम्रो सहमति अनुसार इँटा भट्टका व्यवसायीले आगामी वर्ष इँटा निर्माणका लागि पेश्की बाड्न पाउनु हुन्न । पेश्की बाड्नु अघि व्यवसायीहरुले वडाध्यक्ष,नगरपालिकाको प्रतिनिधि र यो क्षेत्रका जनता सहितको सार्वजनिक सुनुवाई गर्नु पर्दछ । इँटा भट्टा रहने कि नरहने जनता तथा जनप्रतिनिधिको मागमा भर पर्दछ । नगरबासीको स्वास्थ्यमाथि कसैले पनि खेलबाड गर्न पाउँदैन । परम्परागत इँटाको विकल्पका लागि हामीले नयाँ प्रविधि अपनाउनु पर्छ । प्रदूषण नफैलाउने उद्योगको स्थापना हाम्रो प्राथमिकता हो ।

नगरको विकासका लागि तपाइँका मुख्य प्राथमिकता के–के हुन ?

विकास निर्माण निरन्तर चलिरहने पक्रिया हो । त्यसैले यत्तिमै सकिन्छ भन्नेपनि छैन । तैपनि नगरप्रमुखको हैसियतले भन्नुपर्दा पाँचखाल नगरको विकासका लागि पहिलो प्राथमिकतामा शिक्षा,पिउने पानी,कृषि,सडक र सिँचाईका लागि बाँध (पोखरी) लाई राखेको छु ।

  • ५ सय जना युवालाई रोजगारीको तयारी गर्दै
  • लभ ग्रीन नेपालसँग समन्वय गरी पाँचखालमा विषादी न्पुनिकरण गर्दैछौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0