प्रभातफेरी अनलाइन० पाठक संख्याप्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(१ घण्टा अघि)
काठमाडौं, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा कांग्रेसका शीर्ष नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति गगन थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा तथा कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
दमसम्बन्धी समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति करिब ९:४५ बजे निधन भएको थियो।
हाल उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। खरेलको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ।