Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘सलमान खानको क्यारिकेचर मात्र गरेको हुँ’

प्रभातफेरी अनलाइन २०१९ पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (१२ साल अघि)
‘सलमान खानको क्यारिकेचर मात्र गरेको हुँ’

दिपकराज गिरी, हाँस्यकलाकार

० फिल्ममा तपाईंले सलमान खानको कपी गर्नु भएको छ रे नि !
यस्तो नेपालमा मात्रै हैन, इन्डियामा पनि हुने गरेको छ । सलमानका फ्यान निकै छन् । उनको क्यारेक्टरको क्यारिकेचर मात्रै गरेको हुँ ।
० सलमान खान बनेका धेरै नेपाली हिरोका फिल्म चलेका छैनन् नि !
अरुले सलमान हो भनेनन्, मैंले भनेर गरेको छु । फिल्ममा सलमान खान मात्र हैन अरु धेरै कुराहरु छन् । जसले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।
० फिल्ममा लगानी गरेर हिरो बन्नु भयो भन्ने हल्ला छ नि !
‘सुन्दर मेरो नाम’ फिल्मको मुख्य पात्र म नै थिएँ । त्यसमा मेरो लगानी थिएन । इण्डियामा सलमान, शाहरुख, र आमिर आफु खेल्ने फिल्ममा आफै लगानी गर्छन् । हुनेले लगानी गर्ने हो । लगानी गर्ने पनि आफै नाफा कमाउने पनि आफैं ।
० सानो पर्दामा हिट भैरहेका हाँस्य कलाकारले किन फिल्म बनाएको ? भन्ने टिप्पणी फिल्म बजारमा छ, के भन्नु हुन्छ ?
झुपडीले महल खोज्छ । महलले दरबार खोज्छ भने जस्तै सानो पर्दाले ठुलो पर्दा खोजेको हो । ठुलो पर्दाको गणना ठुलै हुन्छ । सुस्ताइ रहेको फिल्म बजारलाई हाम्रो फिल्मले राम्रो गर्यो भने इतिहासले सम्झिनेछ ।
० घरमै बसेर रिमोट चलाएर टिभीमा हेर्न दर्शकले तपाईहरुको फिल्मलाई हलमा गएर हेर्लान् र ?
घरमा श्रीमतीले पकाएको भात छोडेर मान्छेहरु रेष्टुरेन्टमा पिजा र वर्गर खाँन जान्छन् । रिमोटले तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी एकै पटक हेर्न मिल्दैन । ‘छ एकान छ’ मा तीन वटै टेलिफिल्मका कलाकारलाई हेर्न पाइन्छ । त्यसैले हलमै दर्शक जान्छन् भन्ने हाम्रो विश्वास छ ।
० फिल्म प्रदर्शन गर्ने प्रणाली कस्तो पाउनु भयो ?
यहाँ सहकार्य र सकारात्मक सोचको अभाव छ । ईष्र्या, डाहा र असहयोग गर्ने बढी पाएँ । तीन वटा हल भएपनि फिल्म रिलिज गर्ने प्रवृत्ति देखें । फिल्म क्षेत्र त ‘बिग्रेको घरको भत्केको चाल’ जस्तै भएको रै”छ ।
० यस्तो हुँदाहुँदै पनि तपाईले बर्षमा एउटा फिल्म बनाउछु भनेर घोषणा गर्नु भएछ, किन ?
रोग छ भन्दैमा बाहिरै ननिस्कने भन्ने हुँदैन । दर्शकले हाम्रो फिल्मलाई ग्रीन सिग्नल दिए भने बर्षमा एउटा फिल्म बनाउँछु भनेको हुँ । ‘छ एकान छ’ चलेपछि चाहिं छ महिना आराम लिनुपर्ला ।
० निर्देशक दिनेश डिसीसँग मेलमिलाप छैन भन्ने सुनिन्छ नि !
हाँस्य कलाकारको फिल्म भएकाले मिडियाकर्मीले जिज्ञासा तथा जानकारी हामीबाटै लिनुहुन्छ । निर्देशकसँगको दुरी हामीले भन्दा पनि समयले बनाएको हो । निर्देशकले राम्रो फिल्म बनाउनु भएको छ ।
० आफ्नै कथामा जोडी दीपाश्री निरौलालाई चाहि छुटाउनु भएछ !
फिल्मको लागी दीपाजी नभएको कथा नै छानियो । फिल्ममा सबै जना समेटिनु पर्छ भन्ने हैन । उहाँले सह–निर्देशनमा सघाउनु भएको छ । धुर्मुस (सिताराम कट्टेल)की जीवनसाथी सुन्तली (कुञ्जना घिमिरे) पनि फिल्ममा हुनुहन्न ।
० सानो पर्दा र ठुलो पर्दाको छोटो अनुभव ?
फिल्म खिच्न कठिन रहेछ । फाइट, डान्स र फिल्मी डायलग बोल्दा गाह्रो भयो । (फिल्मीखबरबाट)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0