Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँच प्रकारको प्राबिधिक शिक्षा दिदै आएका छौं, हालसम्म ६ सय ४८ प्राबिधिक उत्पादन गरी सकेका छौं

प्रभातफेरी अनलाइन ८३०० पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
पाँच प्रकारको प्राबिधिक शिक्षा दिदै आएका छौं, हालसम्म ६ सय ४८ प्राबिधिक उत्पादन गरी सकेका छौं

मिस्टरकान्त मैनाली
प्रमुख
नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युट

धादिङ्ग जिल्लाको महांदेवस्थान गाविस ताल्ति भन्ने रमणिय स्थानमा पिता मेगनाथ मैनाली तथा माता स्व. पार्वती मैनालीको कोखबाट २०२२ साल कार्तिक ७ गते जन्मनु भएका मिस्टरकान्त मैनाली वाल्यकालबाटै गुणस्तरीय प्राबिधिक शिक्षाको पक्षधर हुनुहुन्थ्यो । विरेन्द्र आदर्श माध्यमिक बिद्यालय विरेन्द्र नगर २ चितवनबाट एस.एल.सि उतिर्ण गरी उच्च शिक्षा हासील गर्दै जाने क्रममा स्नाकोक्तर सम्म अध्यययन गर्नु भएका मैनाली हाल चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ८ मा स्थाई वसोवास भई हाल काभे्रको नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युटका शिक्षालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँसंग शिक्षालयको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश ……।

बनेपामा संञ्चालन भएको नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युट कहीले बाट संञ्चालन भयो यस्तो बिद्यालय संञ्चालनको प्रमुख उद्देस्य के हो ?

यो शिक्षालय २०६२ साल कार्तिक २४ गतेबाट कक्षा संचालन भएको हो । यो शिक्षालय नेपाल सरकार र चिन सरकारको सम्झौता अनुसार भौतीक संरचना बनेपामा चिन सरकारको सहयोगमा निर्माण भयो । यस शिक्षालयको लागि १ सय २ रोपनि जग्गा बनेपा नगरपालिकाले उपलब्ध गराएको हो । नगरले जग्गा उपलब्ध गराएको कारण यस ठाउंमा शिक्षालय निर्माण भई संञ्चालनमा आएको होे । नगरले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न गरी चिन सरकार र नेपाल सरकार बिच २००२ जुन १० मा शिक्षालय संचालनको बारेमा सम्झौता भएको थियो ।

यस शिक्षालयबाट के कस्तो प्रकारको शिक्षा प्रदान गर्दै आएको छ ?

सम्झौता अनुसार यस शिक्षालयमा ५ प्रकारको प्राबिधिक शिक्षा प्रदान गर्ने भन्ने सम्झौता भयो । सम्झौतामा जुन प्रकारको शिक्षा दिने कुरा भएको थियो त्यस भन्दा अलि फरक ढंगले संञ्चालन हुन गयो । ५ प्रकारको प्राविधिक शिक्षा प्रदान गरेपनि सम्झौता भन्दा फरक तर समयको माग अनुसारको शिक्षा प्रदान गर्दै आएका छौ । जस्तो कि डिप्लोमा एण्ड ट्राभल टुरिजम भन्ने शिक्षा दिनु पर्ने सम्झौतामा उल्लेख छ तर हामिले डिब्लोमा इन होटल म्यानेजमेन्टको कक्षा संञ्चालन ग¥यौं । अर्को डिप्लोमा ईन इलेक्ट्रोनिक्स इन्जेनेरिङ्ग भन्ने थियो तर यहाँ डिप्लोमा इन इलेक्ट्रेनिक भन्ने कक्षा चलायौं । त्यस्तै डिप्लोमा एण्ड विउटी कस्टोमालोजी भन्ने थियो तर यहाँ डिप्लोमा एण्ड ज्योमेटिक्स इन्जिनियरिङ्ग भन्ने कक्षा चलाएका छौं । त्यसैगरी अफिस म्यानेजमेन्ट एण्ड कम्प्युटर भन्ने थियो त्यसको सट्टा डिम्लोमा एण्ड सिभिल ईन्जिनियरिङ्गको कक्षा चलाएका छौं । यो सवै हुनुको कारण समय सन्दर्भ साथै समयको माग साथै आवश्यकता अनुसार कक्षा चलाएका हौं ।

कक्षा संचालन गर्ने क्रममा हामीले विभिन्न काल खण्डमा (एकै चोटी भएको होईन) सञ्चालन हुंदै आएको छ । जस्तो सुरुमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी भन्ने कक्षा २०६५ सालबाट सुरु भयो । त्यसैगरी डिप्लोमा इन् ईलेक्टरी इञ्जिनरीङ्ग २०६७ बाट सुरु भयो । डिप्लोमा इन् होटल म्यानेजमेन्ट २०६८ बाट, डिप्लोमा सिभिल ईन्जिनियरिङ्ग २०७२ बाट , डिब्लोमा इन् ज्योमेटिक्स इन्जिनियरिङ्ग २०७३ सालबाट सुरु भयो ।

विगतमा समयको माग अनुसारको कक्षा संञ्चालन गर्दै आउनु भएको रहेछ, आगामी दिनमा त्यस्तो नयाँ ढंगको कुनै प्राबिधिक शिक्षा दिने सोचमा अगी बढ्नु भएको छ की ?

अहिले भई रहेको भौतिक संरचनाको हिषावले भवनको क्षमता ५ ओटा कार्यक्रमको लागि मात्रै पुग्ने खालको छ । भवनको क्षमता बढाउन सकेको खण्डमा (कक्षा कोठाहरुको) कार्यक्रमहरु थपन सकिन्छ । कुन प्रकारको प्राबिधिक शिक्षाको लागि कस्तो खाले (सुबिधा सम्पन्न) भवन आवश्यक हुन्छ सोही ढंगको निर्माण गर्न सकेमा थप कक्षाहरु चलाउन सकिन्छ । अहिलेको भौतिक संरचना अनुसार थप कक्षा संचालन गर्न संभव छैन ।

शिक्षालय संञ्चालन भएबाट हाल सम्म कति विद्यार्थी (पास आउट) पास भएर वाहिरीए ?

हाल डिब्लोमा तहका ५ ओटा शैक्षिक कार्यक्रमहरु संञ्चालन भैरहेको छ, तर हरेक आर्थिक बर्षमा २०६५ सालबाट संञ्चालन हुदै आएको शिक्षालयमा छोटो अवधिको व्यवसायिक तालिमहरु समेत संञ्चालन गर्ने गरेका छौं । डिब्लोमा चलाउने शिक्षालयको मुख्य लक्ष हो, समुदाय साथै राष्ट्रको आवश्यकतालाई समेत मध्यनजर राखेर सिपमुलक तालिम चलाउने गरेका हौं । डिब्लोमा तहको शैक्षिक कार्यक्रम बाट हालसम्म यस शिक्षालयबाट ६ सय ४८ जना उत्पादित जनशक्ति वाहिरिएका छन् । त्यसमध्य डिप्लोमा इन् टेक्नोलाजीबाट २८६, डिब्लोमा इन् इलेक्टिकल इन्जिनियरिङ्गमा २३२, डिब्लोमा इन् होटल म्यानेजमेण्टमा ८४, डिब्लोमा इन् सिभिल इञ्निेनियरिङ्गमा ४६, रहेका छन् र डिबलोमा इन् ज्योमेटिक्स इन्जिनियरिङ्ग हाल तेस्रो बर्षमा चलिरहेको छ, २०७६ मा सो जनशक्ति समेत उत्पादन हुन्छ । त्यसैगरी छोटो अबधिको सिपमुलक तालिम १ हजार ९ सय ३९ जनाले लिएका छन् ।

यतिखेरको माग प्राबिधिक जनशक्ति भन्ने छ, तपाईहरुको यो शिक्षालयबाट यति धेरै प्राविधिक जनशक्ति उत्पादन भएको छ, ति उत्पादित सवै जनशक्तिले रोजगारी पाएका छन् ?

यस शिक्षालयबाट उत्पादित जनशक्तिको बारेमा के कस्तो अवस्थामा रहेको छ भनेर अध्यइन गर्ने गरेका छौं । अध्ययनको क्रममा गत आ.वमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रमको अध्ययन गर्ने क्रममा ४० प्रतिशत रोजगारीमा रहेको पाईयो । ३० प्रतिशतको हाराहारीमा बिदेश गएको, १० प्रतिशत जति बेरोजगार बाँकी २० प्रतिशत अध्ययनमै रहेको पाएका छौं । हाम्रो लक्ष यस शिक्षालयबाट उत्पादन भएका जनशक्ति मध्य कम्तिमा पनि ५० प्रतिशत रोजगारी हुनुपर्ने तर पुगेन ।

यो शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरु कहाँ कहाँ बाट आउने गरेको छ ?

यसको टार्गेट यरिया कुनै निश्चित जिल्ला छैन, नेपालको ७७ जील्ला नै यो शिक्षालयको टार्गेटमा पर्छ । सवै ठाउबाट आउन सक्ने अवस्था छ, तर अलि बाहुल्यता चाही शिक्षालय रहेको जिल्लानै भएको पाईन्छ । अन्य जिल्लाहरुको तुलनामा सवभन्दा बढी काभे्र जिल्ला दोस्रोमा भक्तपुर रहेको छ । त्यसैगरी दोलखा सिन्धुपाल्चोक जिल्लाहरुको अलि बाहुल्यता बढी भएको पाईन्छ ।

यस शिक्षालयमा बार्षिक वजेट कति रहेको छ ?

बार्षिक वजेटको कुरो भन्नु पर्दा आर्थिक बर्ष ०७५÷०७६ को लागि ५ करोड २४ लाख ३२ हजार रहेको छ । नेपाल सरकारबाट र सिटिभिटिको आन्तरिक स्रोतबाट शिक्षालयमा बजेट आउने गरेको छ । यो बर्षको संरचना संघियतामा गईसकेपछी प्रदेश मार्फत पनि केही बजेट आउने प्रावधान रहेको छ । नीतिगत अन्योलताले गर्दा प्रदेशबाट आउने वजेटको वारेमा स्प्रस्ट छैन, निकासा हुने क्रममा रहेको छ ।

शिक्षालयलाई प्राप्त बजेट कुन कुन शिर्षकमा खर्च हुन्छ ?

उपलब्ध भएको वजेटबाट शिक्षक तथा कर्मचारीको तलव खर्च र संञ्चालन खर्चमा खर्चिन्छ । प्राप्त बजेटले गर्दा सवै प्रकारको खर्चहरु पुगेकै छ । म आफुले शिक्षालयको जिम्मेवारी सम्हालेको ५ बर्ष पुरा भयो यो अवधिमा बजेटको अभाव भएको छैन । समयमा कर्मचारीलाई तलव खुवाउन नपुग्ने साथै संचालन खर्च अपुग भयो भन्ने अवस्था आएको छैन ।

शिक्षालयमा शिक्षक तथा कर्मचारी कती संख्यामा रहेका छन् ?

शिक्षालय प्रमुख देखि लिएर कार्यालय सहयोगि समेत गरेर ७४ जना कार्यरत रहेका छन् । आन्तरिक आयस्रोतको रुपमा विद्यार्थीबाट उठेको शुल्क बार्षिक रुपमा १ करोड भन्दा केही माथि पुग्छ । बिद्यार्थिबाट उठेको शुल्क शिक्षालयमा खर्च गर्न मिल्दैन सो रकम आर्जन खातामा जम्मा हुन्छ । आर्जन खाता भनेको नेपाल सरकारको राजश्व खाता जस्तै हो यहां खर्च गर्न मिल्दैन ।

यस शिक्षालयमा छात्रवित्तिको अवस्था कस्तो रहेको छ ? कति बिद्यार्थी अध्ययन रत रहेका छन् ?

यस शिक्षालयमा छात्रबित्तिको अवस्था भन्नु पर्दा, नियममा चाही हरेक कार्यक्रममा भर्ना गर्दा एक जनाले जेहेन्दार छात्रवित्ति पाउंछ । खुल्लाबाट प्रवेश परिक्षा सवभन्दा बढी प्राप्ताङ्क ल्याउने व्यक्ति भर्ना हुन आएमा उसले जेहेन्दार छात्रबित्ति पाउंछ । छात्रवित्ति भन्नाले नगद दिदैनौ शिक्षालयलाई बुझाउनु पर्ने फिमा मिलान गर्ने नीयम रहेको छ । शिक्षालयमा ४ प्रकारको शुल्क निर्धारण गरिएको हुन्छ । जसमा पुर्ण शुल्क, सहुलिएत शुल्क, शिक्षालय रहेको नगरपालिका (बनेपा) प्रायोजित कोटा भनेर निर्धारण गरीएको हुन्छ । चार किसिमको शुल्क मध्य पुर्ण शुल्क भनेपछि संञ्चालक समितिबाट निर्धारण भएको पुरै शुल्क, सहुलियत शुल्क अन्तर्गत एउका कार्यक्रममा १६ जना सहुलिएत शुल्कमा पर्छ । जसमा महिलाको ४,दलितको २, जनजातिको २, द्वन्द्व पिडितको २, शिक्षालय रहेको नगरपालिकालाई ४ ओटा कोटा । यस शिक्षालयमा संञ्चालन हुनै सवैप्रकारको प्रोग्रामबाट बनेपा नगपालिकालाई १७ जनाको कोटा छुट्याईएको हुन्छ ।

नयाँ संरचना अनुसार बनेपा नगरपालिकालाई छुट्याईएको कोटामा अध्ययन गर्न आउनेले ६ सेमेस्टर पड्न जम्मा २७ हजार भुक्तानी गर्दा पुग्छ । हाल शिक्षालयमा ६६० जना बिद्यार्थी पढी रहेका छन् । होटल मेनेजमेन्टमा हरेक बर्ष ४० जना र अन्यमा ४८ जनाको दरले भर्ना लिने गरेका छौं । नियमित रुपमा पास हुने र आंसिक रुपमा पास गर्ने विद्यार्थीको संख्या करिब करिब बराबरी जस्तो रहेको छ ।

अन्तमा तपाईको शिक्षालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थी र अभिभावकलाई केही भन्न चाहनु हुन्छ की ।

सर्व प्रथम त नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको बिषयमा मलाई आफ्नो धारणा संचार माध्यममा राख्ने अवसर दिनु भएकोमा मेरो व्यक्रिगत तर्फबाट साथै शिक्षालयको तर्फबाट आभार व्यक्त गर्दछु । अर्को कुरो शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई केही भन्न सुझाव भन्नु भएको छ, सम्पुर्ण विद्यार्थीहरुले शिक्षालयको (नीति नियम) र अनुसासनमा रहि शिक्षा हासिल गर्दा विद्यार्थीहरुको भविस्य उज्जल रहेनेमा दुई मत छैन । त्यसैगरी शिक्षालयमा अध्ययन गर्न आउने आफ्ना छोराछोरीलाई गुणस्तरयि शिक्षा हासिल गर्न हौसला दिने कार्यमा अभिभावको भूमिका ठुलो हुने भएकोले सो भुमिका निर्वाह गर्न सम्पुर्ण अभिभावकहरु समक्ष अनुरोध गर्दछु ।

त्यसैगरी शिक्षालयको हित साथै अध्ययन रत विद्यार्थीहरुको भविस्यको लागि प्रतेक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने शिक्षा सेवी तथा सुभ चिन्तकहरु प्रती निरन्तर सहयोगको अपेक्षा गर्दछु । त्यसैगरी बनेपा नगरपालिकाले शिक्षालय प्रति सकारात्मक भुमिका निर्वाह गर्दा आम विद्यार्थीहरुको भविस्य निर्माणमा सहयोग मिलेकोले निरन्तरताको अपेक्षा गर्दछु । शिक्षालय संञ्चालक समितिले निर्धारण गरेको नीति नियमलाई अक्षरस पालन गर्दै गुणस्तरयि शिक्षा दिनको लागि सम्पुर्ण शिक्षालयमा आबद्ध शिक्षक तथा कर्मचारीले पु¥याउनु भएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै विद्यार्थीहरुको हितको खातिर आफुले जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहने छु ।

  • पाँच प्रकारको प्राबिधिक शिक्षा दिदै आएका छौं
  • हालसम्म ६ सय ४८ प्राबिधिक उत्पादन गरी सकेका छौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0