तिमीलाई दिने मायामा सायद मेरो भो कि कमी ।
त्यहि भएर मलाई छाडी बाटो अन्तै मोड्यौ रमी रमी ।।
सागरमा मलाई डुबाई गयौ तिमी आफ्नो आफ्नो बसाउन घर ।
गल्ती आखिर मेरै थियो आफ्नै सम्झी सदा पर्नु तिम्रो भर ।।
लाको माया बदनाम पारी अन्तै तिमी गए पछि ।
आखिर के नै बाँकी भो र मनै अन्तै सरे पछि ।।
जीवनभरलाई लाको माया दुई दिन मै टुट्यो हेर ।
माया माया भन्दा भन्दै त्यसै सारा जीवन गयो खेर ।।
जीवनको खुसी सारा तिमीलाई म त बस्छु एकलै रोई ।
निश्चल चोखो मायालाई खोटो देख्नेलाई के भनौं र खोई ।।
परीक्षाको तयारीले गर्दा सागर फेसबुकमा पनि कमै झुल्किन्थ्यो । अनितालाई झन पीडा हुन थाल्यो उनले सोच्न थाली सागरले पक्कै पनि मलाई धोका दिंदै छ ।
नत्र किन फेसबुकमा अनलाइन आउँदैन त ? करिब दुई हप्ता अनलाइनमा सागरलाई नभेटे पछि अनिताको शंका झन बढ्रदै जान थाल्यो । उनले सागरलाई मोबाइलमा कल गरिन् । मोबाइल उठेन । मोबाइलम सन्देस पठाइन् । सन्देसको पनि कुनै जवाफ अनिताले पाइनन् ।
सागरसँगको सम्पर्कले अनिताको पेटमा उनीहरुको मायाको टुसो पलाउँदै थियो । झनै अनितालाई औडाह भएर आयो । अब कसरी आफ्नो परिवारमा मुख देखाउने । एक दिन न एकदिन परिवारका सदस्यहरुले थाह पाइहाल्छन । त्यसबेला के जवाफ दिने ? यस्तै यस्तै सोच्दा सोच्दै उनी आफ्नो कोठामा नै बेहोस भएर ढलिन् ।
करिव दुई घण्टा पछि अनिता होसमा आइन् । होसमा आए पछि आफैलाई सम्हाल्दै उनले एक पटक सागरलाई पुन सम्पर्क गर्ने प्रयास ग¥यो । तर हातमा लाग्यो सुन्य । सम्पर्क हुनै सकेन । उनी एक पटक फेरि अतितमा डुब्न पुगिन् । सागरसँग बिताएका ती मीठा पलहरुलाई सम्झन पुगिन् । सागरसँग हाँसीखेली खाएका वाचा कसम हरु झलझली सम्झन थालिन् । हात समाएर मीठो अंगालोमा बाँधिएर सुन्दर हरियाली प्रकृतिको साथमा रमेका दृश्य हरु चलचित्र झैं उनको आँखा वरिपरि डुल्न थाल्यो । अतितका ती पलहरुलाई सम्झदैं सागरको यादमा नै त्यस रात अनिदो नै कटाइन् अनिताले ।
सागरको परीक्षा सकिए पछि अनिताको यादले सताउन थाल्यो सागरलाई पनि । फेसबुकको कुना कुनामा अनितालाई भेटिन्छ कि भन्दै आँखा दौडाउन थाल्यो । तर उसले घण्टौ खोज्दा समेत अनितालाई कहिँ कतै नभेटे पछि सागर निरास हुन पुग्यो । मोबाइलमा सम्पर्क ग¥यो उनको मोबाइलको स्वीच अफ गरिएको थियो । धेरै पटक प्रयास ग¥यो फेसबुक र मोबाइलमार्फत सम्पर्क गर्ने प्रयास ग¥यो । तर उसको सारा प्रयास निरर्थक सावित हुन पुग्यो ।
एक हप्ता सम्मको प्रयासमा पनि अनिताको कुनै अत्तो पत्तो नै नभए पछि अनायसै उसको मन पीडामा रुकलिन पुग्यो । त्यहि पिडामा तड्पदा तड्पदै महिना दिन सम्म पनि बित्यो । लौ अब भएन भनेर सागर धरान नै जाने विचार गर्दै धरानको नाइट बसको टिकट कोर धरान तिरै हान्नियो ।
धरानमा पुगेर सागर अनिताले दिएको ठेगानमा सरासर गयो । उसले त्यहाँ पुगेर अनिताको बारेमा सोध्यो । ‘अनिता त एक हप्ताको लागि विराटनगर गएकी छे । दुई दिन पछि मात्र आइपुग्छे ।’ कुनै एक जनाले घर भित्रैबाट जवाफ दियो ।
जसरी पनि अनितालाई भेटेर मात्रै जाने अठोटका साथ उनकै प्रतिक्षाको लागि धरान हुँदै भेडेटारतिर लागे । भेडेटार पुगे पछि अनिता कै यादमा तड्पिन थाल्यो । उनको मृगनयनी आँखा, बारुली कम्मर अनि मृदेभाषी उनको मीठा काइली झैं बोली झल–झली सम्झन थाल्यो । ‘हाइ मेरी अनिता, तिमी कहाँ छ्यौ ? तिम्रो यादमा म पागल सरी भएको छु । आउ न आउ तिम्रै प्रतिक्षामा म तड्पीरहेको छु । तिमी बिनाको जीवन म बसरी जिउँ ?’ अनायसै उसको ओठबाट यी वाक्यांश प्रष्फुटन हुन पुग्यो ।
भेडेटारको प्राकृतिक सौन्दर्यले पनि सागरको मनलाई छुन सकेन । त्यति सुन्दर प्राकृतिक सुन्दरतालाई समेत कुनै वास्ता नै नगरी केवल मदिराको नसामा नै झुम भई बिताए ती दुई दिन । नसामा झुम भई केवल अनितालाई नै सम्झेर बितायो । पल पल उन कै यादमा तड्पिएर बढो गाह्रो गरी ती पलहरु कटाए । आफ्नी प्राणप्यारी अनितासँग कहिले भेट होला भनी प्रतिक्षाको तड्पाइमा बिताउन विवस भए ती दुई दिन । अनिताको यादमा नै पुरा समय व्यतित गर्न विवस थियने सगर ।
आज सागर निकै खुशी देखिन्थ्यो । लाग्थ्यो खाज उसको जीवन कै ठूलो उपलब्धी हासिल हुँदै थियो आज । संसार कै खुसी जिते झैं उसको अनुहारबाट झल्कन्थ्यो । सागर टिप टप भएर अनितालासँग भेट हुने ठूलो आशाका साथ अनिताको घरमा पुग्यो ।
सायद आज पनि उनीहरुको मिलन हुन जुरेको थिएन हो वा दैवलाई नै उनीहरुको मिलन स्वीकार्य थिएन । अनिताको घरमा पुगे पछि उसले फेरि एक पटक निरास हुनु प¥यो । ‘खोई, अहिले सम्म उनले घरमा त सम्पर्क पनि गरेकी छैन । खै कहिले आइपुग्ने हुन् कुनै अत्तो पत्तो नै छैन ।’ यहि जवाफ उसले पाएको थियो ।
त्यहाँबाट उनी फर्किए पछि सरासर आफू बसेको भेंडेटार कै होटलतिर निरास मन लिएर फर्कदैं थियो । धरान बसपार्क पुगे पछि । उसले एक युवतीलाई देख्यो । ती युवतीलाई देखेपछि उसलाई ती युवती आफूले चिनेको जस्तो लाग्यो । करिव सय मिटरको दुरी थियो उनीहरु बीच । ती युवती बिरामी झैं देखिन्थिन् । सागरले ती युवतीलाई पछ्याउँदै गयो । ती युवती एक गेष्ट हाउसमा छिरिन् । सागर पनि उनको पछि पछि त्यहि गेष्ट हाउसमा छि¥यो ।
क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |