प्रत्येक स्थानीय सएकारले अनुगमन समिति बनाउनु पर्छ -ब्यान्जु
प्रभातफेरी अनलाइन५५३९ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
धुलिखेल / राष्ट्रिय मानव अधिकार् आयोग प्रदेश न.३ ले धुलिखेलमा आयोजित एकदिवसीय अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरका प्रमुख असोक ब्याण्जुले उपभोक्ताको अधिकारका बारेमा चासो दिने निकायको खांचो रहेको चर्चा गर्दै मुलुकका सम्पुर्ण स्थानीय सरकारले उपभोक्ता हकहित का लागी अनुगमन समिती बनाएर परिचालन गर्न आवश्यक रहेको बताए ।
जुन कार्यका लागि नेपाल रेडक्रस काभ्रे उप- शाखाले आखाखोलिदिएको स्मरण गराउनु हुँदै उपभोक्ताको क्षेत्रमा अतिनै सर्हानिय कार्य भएको नगर प्रमुख ब्याण्जुको तर्क थियो । जसको कारण आफ्नो नगरमा उक्त कार्यको थालनी तत्कालै हुने पनि नगर प्रमुख ब्याण्जुले खुलासा गर्नु भयो ।
उक्त अन्तर्कृया कार्यक्रमलाई मानवाधिकार आयोग ३ न.प्रदेशका निर्देशक यज्ञ अधिकारी ,उप-प्रमुख बिमला शर्मा, नेरेसो काभ्रे शाखाका मन्त्री उद्वब पौडेल लगाएतका वक्ताहरूले उपभोक्ता का हकहित र तत्कालीन चुनौती का बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम को आयोजना मानवाधिकार आयोग प्रदेश न.३ले गरेको थियो भने जिल्लामा संयोजनको चाजोपाजो नेरेसो काभ्रे उप-शाखा र खरिबोट उप- शाखाले गरेका थिए । सन्चालनको दायित्व रेडक्रसकर्मि राजु सिग्देल गर्नु भएको थियो । सभापतित्वमा नेरेसो काभ्रे उओ-शाखाका सभापति मोहन हुमेगाइले गर्नु भएको थियो ।