Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पेशागत हितको लागि मिलेर अघि बढौंः प्रम कोइराला

प्रभातफेरी अनलाइन १८९८ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख २३, मंगलबार (११ साल अघि)
पेशागत हितको लागि मिलेर अघि बढौंः प्रम कोइराला

काठमाडौं ÷ प्रधानमन्त्री सुशील कोइरालाले पेशागत हकहितका लागि मिलेर अघि बढ्न पत्रकारलाई सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनको उद्घाटन राजधानीको प्रज्ञा भवनमा गर्दै कोइरालाले फरक फरक आदर्श र सिद्धान्तबाट प्रेरित दलहरु पनि सहमतिका लागि एकैठाउँमा उभिने गरेको भन्दैे एकै पेशाका पत्रकारहरु धु्रविकृत हुँदा पेशागत अधिकारको मुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत गराएका थिए ।
आस्था, विचार र सिद्धान्त एक ठाउँमा राखेर पेशागत हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्ने उनको भनाई थियो । राजनीतिक संक्रमणको व्यवस्थापनका लागि पत्रकार महासंघको भूमिका प्रसंशनीय रहेको भन्दै उनले यस्तै भूमिका भविष्यमा पनि अपेक्षा गरेको बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले काम गरेपछिको पारिश्रमिक पाउनुपर्ने लगायत पत्रकारिता क्षेत्रको व्यवसायिक विकासका लागि सबै जुट्नुपर्ने बताए ।
सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सरकार सुचना र संचार क्षेत्रका भिन्नाभिन्नै नीति बनाउने तयारी भइरहेको जानकारी दिएका थिए । पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार लागिपरेको भन्दै उनले समानुपातिक विज्ञापनका लागि थप बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । पत्रकारिताको ब्यवसायिक विकासका लागि पत्रकार महासंघसंग सरकारले मिलेर कार्यक्रम अघि बढाउने उनको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले २ सय ४० दिन काम गरेका श्रमजिवी पत्रकारलाई अनिवार्य स्थायी गर्नुपर्ने ब्यवस्था लागू नभए महासंघ चुप लागेर नबस्ने बताए ।
महाधिवेशनले पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस युनियन पोषण केसीको नेतृत्वमा एक्लै चुनावी मैदानमा छ भने प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानल डा. महेन्द्र विष्टको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ ।
यूनियनको तर्फबाट उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु, महासचिवमा जगत नेपाल, सचिवमा दिलिप थापामगर, एशोसियट सचिवमा प्रकाश थापा, समावेशी सचिवमा गोविन्द परियार र कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी, वामपन्थी प्यानलबाट उपाध्यक्षमा खिलाबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा महेश दास, महासचिवमा उजिर मगर, सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीता खड्का, समावेशी सचिवमा धमेन्द्र कर्ण र कोषाध्यक्षमा सुर्यमणि गौतम उम्मेदवार रहेका छन् ।
‘संविधान सभा मार्फत एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रको रक्षा र श्रमजिवी पत्रकारहरुको हितमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनमा देशभरबाट एकहजार छ सय एकाउन्न केन्द्रीय प्रतिनीधिको सहभागिता रहेको छ ।
यस अधिवेशनबाट समावेशी विधान पास भएको छ । जसमा उपाध्यक्ष र सचिव समावेशी पदहरु सिर्जना गरिएको छ भने सुशासन र पारदर्शीता अभिबृद्धि गर्न लेखासमिति रहने व्यवस्था गरेको छ ।
अधिवेशन शुरु हुनुअघि बिहान ७ बजे भृकुटीमण्डपबाट प्रभातफेरी गर्दै महाधिवेशनस्थल प्रज्ञाभवन पुगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0