भेष वहादुर दनुवार
नागपञ्चमि माकाठमाडौं उपत्यकामा ढोकामाटासीएको तथ्यांकको आधारमामात्र हेर्ने हो भने प्रति घर १ वटा टासिदापनि १० लाख भन्दाबढि संख्यामा टासिन्छ । अझ सास्कृति र परम्परागत रितिरिवाज र सस्कृतको जगर्ने गर्न कोठामा बस्ने नागरिकले सस्कृतीको सम्मान गर्दा पनि ३० लाखको हाराहारीमा नाग ढोकामाटासीए । नागपञ्चमिको आफ्नै महत्व र सस्कृती छ । पुजाअर्चना गर्ने परम्परा छ दै छ । पुजा सामग्री पनि त्यहिअनुसार छदै छ । न्यूनतम चाहिने सामग्री गाईको दुध, गाईको गोवर, दुवो को अभावमा छटपटिएर पनि नागपञ्चमिको दिन दुवो, गाईको गोवर, र गाईको दुधको नाममा डेरीमा पाए अनुसार पुजा सामग्री तयारी गर्ने हरेक नागरिकको पिडा आफ्नै किसिमको छ ।
धार्मिक परम्परा संरक्षण गर्न शहरमा यस्ता समस्या बढदै गएको अवस्था छ । नेपाली सस्कृतिमा अधिकांश हिन्दु धर्मावलम्बि रहेको आधारमा बार्षिक १५ वटा भन्दा बढि धार्मिक सास्कृतिक पर्व रहेका छन जुन जगेर्ना गर्न आवश्यक छ । धार्मिक सास्कृतिक संंरक्षण गर्ने भन्दैमा सबै कुरा सहजपक्कै पनि छैन । कौषि तरकारी खेति अभ्यास गर्ने सस्कृतिको विकास भरखरै शुरु भईरहेको छ । प्रत्येक घरघरमा कौषि खेतिगर्ने घरपरिवार खासै छैन । कौषि खेतिले निर्वाह धान्ने हैन शौक पुरा गर्ने काममात्र गरिरहेको छ । न यस प्रकारको कौशि खेतिले कृषि आयात प्रतिस्थापन गर्छ न दैनिकि चल्छ । शहरमा रहेको नागपञ्चमि मनाउन पनि संकट भईरहेको अवस्थामा अन्यविषयको पर्वमा कतिखर्च र समस्या छ भन्ने कल्पनागर्न सकिन्छ जस्तो लाग्दैन । श्रावण महिनामा मात्र हरियो चुरा लगाउने महिला मार्फत दुई अरव सस्कृतिको नाममा निर्यात हुन्छ । जुन हरीयो चुरा र पोते न नेपालमा उत्पादन हुन्छ । उत्पादन नहुने सामग्री प्रयोग गरेर सस्कृति मनाउने परम्परा नै बसिसकेको हाम्रो नेपाली संस्कारको बिकास तिव्र गतिमा भईरहेको छ ।
नागपञ्चमि जस्तै चाडै आउदै गरेको पर्व जनै पुर्णिमामा नेपालीले लगाउने जनै समेत छमिकि मुलुकबाट आयात गरिन्छ । जनै पुणिमा हुदैनन । हरेक दिन हरेक पल हरेक सस्कृति र परम्परामा हामी उपयोग व्यापक रुपमा गरी रहन्छौं तर मौलिक स्थानिय र रैथाने सामग्री प्रयोग नगर्दा नेपालीको आय स्तर कमजोर भयो भनेर हामीले सरकारलाई धारे हात लगाएको धेरै वर्ष भन्दा धेरै बर्ष भए जुन मेरो जिवनको गणित संग अंक छैन । हामी प्रत्येक पलपल सस्कृतिको नाममा यसरी हस्तक्षेपमा पर्दै जाने हो भने हाम्रो पहिचान नास गर्न बर्तमान अवस्थामा प्रयोग गरिने सामग्री खाद्यान्न होस उपयोग गर्ने सामग्री होस सस्कृतिको नाममा हामी पुर्ण रुपमा आश्रित भई परम्परा र सस्कृति धान्न पर्ने अवस्था निर्माण हुने छ ।
प्रत्येक राष्ट्रको पहिचान सकाउने भनेको सस्कृतिहो सस्कृति नाश गरे पश्चात पुन सस्कृति मा फर्काउन पनि आर्शित हुन परे पछि स्वाभिमान पनि रहदैन । यसर्थ पनि हामी हाम्रो राष्ट्रको देखिने सिमाना भन्दा पनि नदेखिने नाप्नन मिल्ने सिमाना मिचिएकोमा एक रत्ति पनि चिन्ता लिईरहेको अवस्थामा छैनौ । सिमाना नापिएत हामी नापेर लिन सकिएला तर हाम्रो सास्कृतिक सिमाना सबै मिचिए भने हामी नेपालीले लिन सक्छौ । यहिबाट शुरु हुन्छ राष्ट्रियता । सरकारलाई केहि गरेन भनेर हामी खवरदारी गरीरहदा हामी हरेक नेपाली प्रत्येक दिन प्रत्येक पल प्रत्येक क्षण सचेत हुुन जरुरी छ ।
हामी पर्यटन वर्ष बनाउने तयारीमा लागी रहेका छौ । हाम्रो नेपालले देखाउने र आयको श्रोत सबैले भनेको छन हामी संग प्राकृतिक सम्पदाको रुपमा हिमाल पहाडछन् । पक्कै पनि हो हामी संग आयश्रोत पर्यटकलाई आकर्षण गर्ने श्रोत हिमाल र पहाडका मनमोहक दृष्य नै हो । अन्तराष्ट्रिय जगतमा समुन्द्रि किनारा मार्फत पर्यटन आकषर्ण गरिरहेको छन् । पर्यटन आकषर्ण गर्न नितिगत रुपमा आवश्यक श्रोतको व्यवस्थापन गरिएको छ । नेपालमा आउने पर्यटक हिमाल हेर्न आउलान तर हाम्रो व्यवस्थापन के छ । हिमालको काख भएर जाने सडक सञ्जाल कति छ । हिमालको काखमा पर्यटक अडिएर बस्ने होटल उद्योग कतिछन् । होटल उद्योगलाई आवश्यक पर्ने नेपालकै रैथाने उत्पादन खाद्यान्न तया उपयोग गर्ने सामग्री कतिछन् सबै श्रोतको आंकलन विना हामी पर्यटन बर्ष मनाउन त गईरहेका छैन ।
बर्तमान अवस्थाको मनाङ्ग, मुस्ताङ्गमा आउने पर्यटकको लागी समेत हामि नेपालीले नेपालमै उत्पादन भएको कृषि सामग्री सहज आपुर्ति गर्न सकिरहेको छैन । गत आर्थिक वर्षकै तथ्यांक हेर्नै हो भने मनाङ्ग मुस्ताङ्गमा मात्रै कृषि सामग्री १० अरव वरावरको आयात गरीयो । छिमेकि मुलुकबाट विषादी अवशेष परिक्षणको पश्चात आयातमा कडाई गरिदा शहरमा कृषि उपजको हाहाकार छ । पर्यटन वर्ष मनाउन के हामी हाम्रै उत्पादन र श्रोतमा सञ्चालन गर्न योजना निमार्ण गरीएको छ कि छैन स्व मुल्यांकन पनि आवश्यकहोला । पर्यटन वर्ष मनाउन पुर्व ताप्लेजुङ्ग देखि बैतडी सम्म तराइको झापा देखि कञ्चन पुर सम्म हाम्रा मौलिक उत्पादन कतिप्रयोग हुन्छन् । कसले मुल्यांकन गरेको अवस्था छ । जवकी नेपालको बर्तमान गत आर्थिक वर्षमा छ सय अरव भन्दा बढि खाद्य सामग्री मात्र आयात भएको छ । यसरी आयात गरेर हामी पर्यटन वर्ष मनाउने छौ भने हामी नेपाली शोरुमको रुपमा मात्रछौ भन्दा फरक नहोला ।
पर्यटन वर्ष मनाउन दैनिक जिवनका उपभोग्य सामग्री आफैले उत्पादन गर्ने अभ्यास हामी हरेक नागरिकमा हुनु आवश्यक छ । हाम्रा हरेक सस्कृति जोगाउन हाम्रै श्रोत साधन प्रयोग गर्नु पर्ने आवश्यक्ता छ । हाम्रा हरेक चाडपर्व मनाउन हाम्रै खेत बारी गोठ तथा करेसाको सामग्री प्रयोग हुन आवश्यक छ । हाम्रो प्राकृतिक सम्पदा देखान र प्राकृतिक सम्पदामा भुलाउनकालागी आवश्यक सडक सञ्चालनको पहुच सहज र सरल बनाईनु पर्छ । पर्यटन आन्तरीक होस र बाह्रय सबैको लागी आवश्यक पर्ने सामग्री नेपाली नै हुनु आवश्यक छ । पर्यटक भुल्ने अथवा आयर आरामगर्ने स्थानमा होटलको पहुच सहज सरल र सुरक्षित हुनु आवश्यक छ । हरेक पर्यटक घुमफिरको लागी जहासुकै पुगि रहदा पनि उसलाई सुरक्षित महसुस स्वर्यले ठानी आफुलाई स्वतन्त्र घुम्ने बातावरण यदि हुदैन भने पर्यटन वर्ष मनाउनुको खास अर्थ नहुन पनि सक्छ । पछिल्लो अवस्था हेर्ने हो भने नेपालमा हरेक पर्यटक हरेक स्थानमा ठगिएको पाईन्छ ।
यदि यसरी पर्यटन वर्ष मनाउन सकेको खण्डमा पक्कै पनि नेपाल विगतमापनि स्वधिन मुलुक थियो आजपनि छ भोलिपनि रहने छ भन्ने प्रमाणित गर्न सकिन्छ । यस कार्यको लागी हरेक नागरिक तहबाट सरकार सञ्चालकलाई खवरदारी गरिरहने र आफ्नो दायित्व निर्वाह गर्न पनि अपरिहार्य रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |