Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा आलु खेती

प्रभातफेरी अनलाइन ७६५६ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार (६ साल अघि)
नेपालमा आलु खेती

पञ्चमायाँ तामाङ

नेपाल लगायत विश्वका अधिकांश मुलुकमा उत्पादन हुने आलुलाई तरकारीमा उत्कृष्ट रुपमा लिने गरिन्छ । अध्ययनअनुसार समग्र रुपमा १ सय २५ भन्दा बढि देशमा आलु उत्पादन हुने तथ्य सार्वजनिक भएको छ । नेपालका अधिकांश भूभागमा आलु खेती गरिन्छ ।

नेपालमा पनि आलुलाई सर्वमान्य तरकारी नगदे बालीका रुपमा लिने गरिन्छ । त्यति मात्र नभई यसका विभिन्न वहुआयमिक परिकारहरु बनाइन्छ । नेपालमा पनि आलुको उत्पादन उल्लेख्य रुपमा रहेको छ । नेपालमा खेती किसानी गर्ने हरेक परिवारले आलु लगाउने सिजनमा आलुको खेती प्रायः सबैले गर्नुहुन्छ ।

आलु खेती ठाउँअनुसार माटोअनुसार खेतीको लागि प्रयोग हुन्छ । नेपालमा २ सिजन एक हिउँदे आलु र अर्काे बर्खे आलुको खेती गरिन्छ । आलु खेतीका लागि सामान्यतयाः हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । तर हिउँदे आलुका लागि भने आकाशे पानीको भरमा आलु लगाउनुको विकल्प छैन । आलु खेती गर्न पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखि ५ दिन पछि आलु लगाउनु राम्रो हुन्छ । आलु लगाउने खेत वा वारीलाई २ देखी ३ पल्ट सम्म गोड्नु पर्छ । गोडी सकेपछि त्यसमा खन जोत गरी भएका ठूला ठूला डल्लाहरुलाई फुटाई मसिनो वनाउनु पर्छ । तर नेपालका पहाडी भूभागमा मकै बालीभित्रै आलु खेती लगाउने हुँदा माथि उल्लेख गरेजस्तो पूर्व तयारी हुँदैन । त्यसैले भू–बनोट अनुसार यसको खेती गर्दै आएको छ ।

आलु रोप्नु भन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गरिन्छ । आलु लगाउने समयमा ड्यांगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गरिन्छ । आलुमा विषेश गरि नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुने भएता पनि नेपालको परिवेशमा कति ठाउँमा तोरी छरेझैं आलु खेती गरिन्छ त कति ठाउँमा मकै बालीभित्र रोपिन्छ । त्यसले गर्दा वैज्ञानिक प्रविधिभन्दा पनि किसानहरुका परम्परावादी संस्कारबाट खेती हुँदै आएको छ ।

बारी वा खेत तयार नभएसम्म ३ देखी ५ पटक सम्म सिचाई गर्नुपर्छ । सिचाईको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर रहने अध्ययनले बताएको छ । माटोको संरचना र तापमान अनुसार सिचाई गर्न विज्ञको सुझाव छ । आवश्यकता भन्दा वढि सिचाई भए आलुको फल कुहीएर नष्ट हुने हुँदा सिचाई गर्दा विषेश ध्यान दिन आवश्यक छ । यदि यो विषयमा ध्यान पुगेन भने पुरै सिजन बर्बादी हुन्छ ।

नेपालको सन्दर्भमा आलु १० हप्तादेखि ६ महिनासम्ममा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । आलुमा चोट लागे आलु नै विग्रने र कुहीने सम्भावना वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सवैभन्दा हानिकारक हुनेहुँदा पानीबाट टाढा राख्नुपर्छ ।

आलुको सम्बन्धमा सबैभन्दा डरलाग्दो पक्ष फलाउन जति सजिलो छ त्योभन्दा धेरै गाह्रो यसलाई जोगाई राख्नमा छ । आलुको भण्डारण गर्ने कोठाको तापक्रम मिलाउन नसके कुहिने सम्भावना वढि हुन्छ । आलुमा रहेको माटो र चिसोपनालाई खनिसकेपछि विषेश व्यवस्थापन गर्न सकिएन भने कुहिन्छ । आलुमा विषेश प्रकारको किरा लाग्ने गर्दछ जसले भित्र भित्रै खाएर कालो रेखा वनाईदिन्छ । आलुको विउ राम्रोसँग छनौट गर्न सकिएन भने यसबाट उत्पादन राम्रो लिन सकिँदैन । आलुमा लाग्ने विभिन्न रोगहरु हुन्छन त्यस्ता रोगबाट वचाउनका लागि नजिकैको जेटिए, कृषि सेवा केन्द्रका विज्ञ वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्नु पर्छ । अहिले उत्पादन भएको आलुको वजार उचित मूल्यमा बिक्रि वितरण भएको पाइन्छ ।

आलुलाई सुरक्षित किसिमले भण्डारण गर्नका लागि पहिले घाम नपर्ने सुख्खा स्थानमा राख्नुपर्छ । यसपछि स्थानीय जैविक औषधी वा इमी डाक्लोरेपिड १७ दशमलव ८ लाई ५० एल पानीमा मिलाई आलुको दानमा छर्कनुपर्छ । यो प्रक्रिया प्रत्येक दुई दुई महिनामा गर्नुपर्ने अध्ययनले देखाएको छ । तबमात्रै आलु खेतीबाट उत्पादन भएको उत्पादनले समय सापेक्षित मूल्य लिन सक्छ ।

  • नेपालमा आलु खेती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0