logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

यात्रुबाहक बसमा लुटपाट गर्ने पक्राउ

प्रभातफेरी अनलाइन६७३९ पटक पढिएको | २०७३ आश्विन ९, आईतबार
Post Thumbnail

धुलिखेल
यात्रुबाहक टोयटा हाईस रोकी वि.पी राजमार्गमा लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरेको छ ।पनौती न.पा. वडा नं. १ चौकोट स्थित बि.पी राजमार्ग सडक खण्डमा भक’ण्डेबेशी तर्फबाट काठमाण्डौ तर्फ आईरहेको बा ३ ख ९५२८ नं. को यात्रुबहाक टोयटा हाईस् रोकी गाडीमा सवार भई आएका यात्रु तथा चालक समेतको नगद रु. एक लाख ३० हजार सुनको १ तोला आधाको सिक्री समेत लुटी भागी फरार तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईले जानकारी दिए ।
राईका अनुसार पक्राउ पर्नेहरुमा कुशादेवि गा.वि.स. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १५ महालक्ष्मीस्थान बस्ने वर्ष २१ को रोशान थापा , शिसाखानी गा.वि.स. वडा नं. वडा नं. १ बस्ने वर्ष २३ को रोज कुमार लामा , कुरुवाबास चापाखोरी गा.वि.स. वडा नं. १ बस्ने वर्ष २३ को मिलन लामा लाई पक्राउ गरेको जानकारी दिए ।
वारदातमा प्रयोग भएको बा ७२ प ७३२६ र बा ४७ प ३४५८ नं. को २२० सि.सि. को मोटरसाईकल समेत बरामद गरी आजै सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट रहजनी चोरी मुद्धामा म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले असोज ३ गते दिउँसो २ः३० बजे गाडी रोकेर नगद सहित सुन लुटेर फरार भएका थिए ।