प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ आश्विन ६, मंगलबार
रसुवा / रसुवाको टिमुरेमा भदौ १० गते आएको वि’नाशका’री बा’ढीले ठूलो जनध’नको क्ष’ति गरेको छ। वर्षौं लगाएर बनाएको घर तथा होटल क्षणभरमै बगाएपछि स्थानीयहरू विस्थापित भएका छन्। टिमुरेका होटल व्यवसायी कामी नुर्पु तामाङका अनुसार बा’ढीले स्थानीयका करिब ३०० घरमा क्ष’ति पुर्याएको छ। उनका अनुसार त्यस दिन पर्यटक, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी र मजदुरसहित ठूलो संख्यामा मानिस टिमुरेमा थिए।
तामाङले आफ्नो होटलमा मात्रै ११७ जना धार्मिक पर्यटक रहेको र बा’ढी आएपछि उनीहरू सम्पर्कवि’हीन भएको बताएका छन्। टिमुरेमा करिब ६०० मजदुरसमेत कार्यरत रहेको उनको भनाइ छ। बाढीबाट जोगिएका केही स्थानीय अहिले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिएर बसेका छन् । तामाङका अनुसार कतिपय परिवारले आफन्त तथा अभिभावकसमेत गुमाएका छन्।
टिमुरेवासीले पुनर्वाससँगै नेपाल–चीन नाका पुनः सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले टिमुरेभन्दा माथि रहेको सुरक्षित क्षेत्र खैदीमा एकीकृत बस्ती निर्माण गर्न सकिने प्रस्तावसमेत गरेका छन्। तामाङले टिमुरेवासीलाई सीमाको रक्षकका रूपमा पुनः स्थापित हुने गरी दीर्घकालीन र सुरक्षित बस्ती निर्माण गर्नुपर्ने बताएका छन्। साथै, बाढीपीडितको काजकिरिया तथा तत्कालीन आवश्यकताका लागि सरकारले शीघ्र सहयोग गर्नुपर्ने उनको माग छ। ‘हामी अहिले त्यहाँको बीउका रूपमा छौँ, यही बीउबाट फेरि नयाँ जीवन सुरु गर्न चाहन्छौँ,’ तामाङले भने।