Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

होटल द्धारिकाजको विरुद्ध स्थानीय

प्रभातफेरी अनलाइन ७४९१ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
होटल द्धारिकाजको विरुद्ध स्थानीय

भटेडाँडा
धुलिखेल नगरपालिका बडा न १ मा रहेको होटल द्धारीकाज प्रा.लि ले सद्यौ बर्षदेखि स्थानियले उपभोग गर्दे आएको पानीको मुहानलाई असर गर्ने गरि डिप बोरिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा रोकिदिन माग गरे पनि प्रशासन मुख दर्शक बनेको भन्दै स्थानियहरु आक्रोशित भएका छन । होटलले आफ्नो स्वार्थका लागि एक हजार भन्दा बढी घरधुरीका परिवार र हजारौ रोपनी खेतबारीको सिंचाइलाई असर पर्ने गरि डिप बोरिङ गर्न थालेपछि स्थानियहरु जिल्ला प्रशासनमा रोकिदिन माग गर्दे निवेदन दिएका हुन । डिप बोरिङ गर्दा धुलिखेल वडा नं १३ मा रहेको सिटाघारी खानेपानी आयोजना, काम्पानी खानेपानी आयोजना, २ हजार भन्दा बढि क्ष्ोत्रफलमा फैलिएको थोपा सिचाई आयोजना र साना ठुला गरि २० भन्दा बढि मुहानलाई प्रत्यक्ष असर पर्ने देखिएको र एक हजार घर धुरि का ५ हजार भन्दा बढि व्यक्तिलाई खानेपानी तथा सिचाईको प्रत्यक्ष असर पर्ने भन्दै उपभोतmाहरुले प्रशासनमा निवेदन दिएका थिए ।
सिटाघारी खानेपानी आयोजनाका अध्यक्ष एव स्थानिय उद्धव कोइरालाले करिब ५ हजार मानिस डिपबोरिङ गरे खानेपानी र सिंचाइबाट प्रभावित हुने बताए । हाम्रो खानेपानीको मुहान भन्दा डेड सय मिटर मात्र माथीबाट डिपबोरिङ गरिदै छ , उहाँले भन्नुभयो, यहि पानी तानेर होटलमा लगिन्छ र यो सुख्खा हुन्छ । स्थानियहरुले बर्षाे देखि त्यहि मुहानको पानी खादै आएका छन । २ विद्यालय सहित धुलिखेल बडा न १२ र १३ का बासिन्दाहरु खानेपानी र सिंचाइबाट प्रभावित हुने भएपछि संघर्ष समिति नै बनाएर होटलको अत्याचार विरुद्ध लागेको बडा न १३ का बडा नागरिक मञ्चका संयोजक जितेन्द्रबहादुर खत्रीले बताए । यो पानी भएन भने हाम्रो कुनै अर्काे पानीको स्रोत छैन, हामी मरुभूमीमा परिनत हुन्छौ, यो ठाँउ नै उठाउने नियतले होटल डिपबोरिङमा लागेको छ । खत्रीले गुनासो गरे । भूकम्पले चिराचिरा परेको भीरालो पाखा र जोखिमपुर्ण पहाडमा डिपबोरिङ गर्दा तलका बस्तिहरु जोखिममा पर्ने भएकाले नगर्न आग्रह गर्दा पनि होटलले अटेर गरेको स्थानिय एव अधिबतmा नवराज बडालले बताए । उनका अनुसार जलस्रोत ऐन २०४९ तथा जलस्रोत नियमावली २०५० को गम्भीर उल्लघंन गरी कानुनलाई समेत हातमा लिने रबौया होटलले देखाएको बताए । पहाडी भू–भागहरुमा डिपबोरिङ गर्न नै नपाइने नियम भएपनि होटलले पँहुच र पावरको हिसावमा गर्न खोजेको स्थानिय बासिन्दाको आरोप छ ।
राज्य भन्दा कहि पनि माथी नहुने भन्दै स्थानियले राज्यले खानेपानीको तत्काल अर्काे व्यवस्था गरे डिपबोरिङ गर्न दिइने स्थानिय बासिहरुको भनाइ छ । होटलले स्थानियलाई जानकारी नै नदिई डिप बोरिङ सुरु गरेपछि स्थानिय जिल्ला प्रसासन कार्यालयको ढोका ढक्ढकाउन पुगेका थिए । प्रशासनले खानेपानी कार्यालयललाई त्यसको बुझ बुझार्थको लागि चिठी लेखेर ९० मिटर डिप बोरिङ खनिसकेको अवस्थामा मेसिन बन्द गर्न लगाइएको छ । स्थानिय उपभोक्ताको हित बिपरित होटल द्धारिकाजले गरेको डिप बोरिङको विरुद्धमा काभ्रेका राजनैतिक दल, नागरिक सरोकार समाजले पनि एैक्यबद्धता जनाएका छन् । उनिहरुले होटलले मेसिन फिर्ता नलगेमा होटल विरुद्ध संघर्षमा उत्रने समेत चेतावनी दिएका छन् । होटल व्यवसायलाई ध्यानमा राख्दै स्थानिय उपभोक्ताले खानेपानी उपलब्ध गराउने र रोजगारीको अवसर दिने सर्तमा होटललाई पहिला नै एउटा डिप बोरिङ खन्न दिएका थिए । जब कि होटलले कुनै सर्त पुरा नगरेपछि अहिले पुराना डिप बोरिङ पनि रोक्नु पर्ने भन्दै स्थानिय विरोधमा उत्रेका छन् । यो भन्दा अगाडि पनि होटलले पटक पटक डिप बोरिङ खन्ने प्रयास गर्दा स्थानिय बिरोधमा उत्रिएका थिए । स्थानियको निवेदन पछि तत्काललाई काम रोक्न लगाएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । स्थानियले पानीको मुल नै सुक्छ रोक्नुप¥यो भनेर निवेदन दिएका छन, त्यसका आधारमा प्राविधिकहरुलाई त्यसको असर र प्रभावका बारेमा बुझन लगाएपछि मात्र काम शुरु गर्ने निर्देशन दिएको छु । होटलले पनि निवेदन मार्फत डिप बोरिङ गर्न पाउनुपर्ने माग गर्दे निवेदन दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0