Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिद्रोही छापामारको सैन्य मन्च सम्मको यात्रा

प्रभातफेरी अनलाइन ७३४७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
बिद्रोही छापामारको सैन्य मन्च सम्मको यात्रा

जानुका धमला “सन्ध्या”

सम्झौता परस्त राजनीतिक संघर्षले अनेक चरणमा हामीलाई पीडित बनाएको छ । संघर्षलाई सुरक्षाको आवरण दिएर तुहाइदिने राजनीतिक प्रपञ्चले पनि हामीलाई पीडित बनाएको छ । जसले ‘हामी मर्छौं तर झुक्दैनौं’ भने तिनैले यथास्थितिको वा विद्यमान सत्तासामू आत्मसमर्पण गरेर र तिनकै सामू धनुष्टंकार भएर संघर्षमाथि पूर्णबिराम लगाइदिंदा वास्तविक परिवर्तन गौण हुँदै आएको छ । सत्ता र संघर्षको बीचमा सत्ता प्रधान हुँदा पटकपटक संघर्षको मोर्चा पराजित छ र त्यो मोर्चा लडने सिपाही पनि । हारेको कमाण्डरको जीतेको सिपाही मध्येको एक म पनि हुँ ।
आजकाल जीबन भोगाईको अनुभव तफका पल्टायो । भरुवा बन्दुक देखि जी,३६ एल एम जी,गलील,एके ४७ जस्ता राइफल काँधमा बोकेको सम्झियो विगतको सम्झाईले उर्काे उर्जा पैदा हुन्छ । गजबको अनुभव छ जीबनमा जंगल धाउने चेलीहरु हिमाल चढन चुलो चौका मात्रै होइन संघर्षशिल नारी बन संसार यो धर्ती तिम्रै हो चिन्ता नगर भनेर गीत गाँउदै घर आगनदेखि करार गरिएका दुश्मनहरुको क्याम्पहरुमा पुरुष सहर काँधमा काँध मिलाउदै बन्दुक बोकेर सँगै एसाल्टहरुमा लडदासम्म त मैले जनयुद्धको बेलामा देखेको सपना साकार हुदैन जस्तो कहिल्यै लागेन । आजको दिन र यो अवस्थाको कहिल्यै कल्पना समेत गरिन ।
युद्ध कतिसम्म निर्मम हुने रहेछ भन्ने कुरा युद्धमा सहभागि नहुन्जेल मलाई के थाहा जब सहभागि भएर पाइलै पिच्छे दुश्मनहरुले पछयाउदा खान नपाएर भोकले छटपटी हुँदा,पानी प्यासले काकाकुल जस्तो बन्दा,महिनौ सम्म ननुहाउदा, आफनो लागि कफन पनि कात्रो पनि आफैले झोलामा बोकेर हिड्नु पर्दा एक छिन अगाडिसम्म सँगै मोर्चा लडेको साथीलाई खाल्टोमा उसले निधारमा बाधेको कफन निकालेर उसको भौतिक शरिरलाई, कात्रो बनाएर ओढाउनु पर्दा,दुश्मनले हानेको टु इन्च मोटार,जीपिएम जी,एल एम जी, एटी वानको सेलहरु लागेर शरिर टुक्रिएर कसौ टाढा पुगेर दुई टुक्रा हँदाको दुश्य,युद्ध सामाग्रीहरु बोकेर शरिरमा भएका घाँउको उकुच हुँदा, सयौ आकस्मीक मृत्युलाई नजिकबाट नियाल्दा,बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकले नै परास्त गर्न पर्छ भन्ने भनाईलाई आत्मसाथ गरेर गरेर अगाडि बढदै जाँदा लडदा लडदा लडदै सम्भौता पछि बुझाईएको हतियार र विर्सजन गरिएको जनमुक्ति सेना चाही युद्ध सकिएर कोसौ टाढा पुग्दा पनि त्यो यादहरुको सपनाले लखेटी रहनेरहेछ त्यो अहिले जो अनुभव गर्देछु ।
जब प्रमाणित जनमुक्ति सेनाको सदस्य भए मोर्चाबद्ध लडाईको अनुभवको हिसाबले हिमाली भेगमा दुश्मन सँग लडाई हुँदा ठोस्ने पानी अमला कुरिलो चुत्रो, चौरी आहाल बसेको ठाँउको पानी पिउदा त्यो पनि अगाडी हिडने साथीहरुले पिइसके पछि पछिको साथीहरुले पहरामा पलाएको हरियो झयाउमा रहेको पानी निचोरेर मुख भिजाएको याद । यो यादहरु सोलु जिल्लाको सल्लेरी ओखल ढुगाको रुम्जाटार भोजपुरको चैनपुर लगायत उच्च पहाडी भुभाग बेनी मोर्चामा डोरपाटन लगायत बिभिन्न ठाउँमा भएका लडाईहरुको अनुभव हो । तराईको लडाई पहाडी भुभागको भन्दा भिन्न भयो समथर भुभागका दुश्मन सँग लडदा अधिकतम प्रयोग भने चुरेको भुभागको भयो जहाँ सल्लाही,सिन्धुली रौतहट बारा,पर्सामा मकवानपुर लगायतका जिल्लाहरु । जनमुक्ति सेनाको मेन फोर्सको बाक्लो उपस्थिति हुन्थ्यो तेही भुगोलमा मेन फोर्सको सपोर्टको लागि तराई बटालियन समेत निमार्ण भएको थियो ।
जीबन सँग कहिले रुवाईको,कहिले हसाइँको,कहिले सिमलको भुवा जस्तो फुरुङ्ग मनको । कहिले ठुस्किएर नबोली बस्दाको क्षण । कहिले कयौ छाक खाना खान नपाएर भोक भोकै जंगलमा सुत्दाको अनुभव कहिले जंगलमा झोला छोडेर भागेको अनुभव त कहिले दुर छितिजमा देखिएको उषालाई नजिकबाट नियाल्न नपाएर निरासिएको एक पल । जीतको नजिक पुग्नै लाग्दा उल्लास खुशीले उन्मत भएको क्षण । संगैको सह योद्धको लासलाई चाङ्ग लगाएर खडलमा छोडनुको पिडा । खै के जाति निति अनुसार ढाडमा टेकेर टाउकोमा हान्ने कुराले काउकुति लागेर उपत्यका वरिपरी बिभिन्न पोष्टहरु कब्जा गर्दाको रमाइलो पल । सेल्टर घरमा एउटा झोलाको सिमानामा निर्धक्न निदाउन सक्ने फलामे अनुशाषन र नैतिककता अनि लडडा लडदैको जनमुक्ति सेना शान्तिको नाममा बेचिए पछि निरास र विरक्तीएको जीन्दगी ।
उल्लासको एक पहल सम्झौत जनमुक्ति सेनाहरुले नुवाकोट र काठमाडौको सिमानामा रहेको लाकुरी भञ्ज्याङ,धादिङको कृष्णभिर,उपत्यका भित्रै रहेको थानकोट, दधिकोट, साँखुसम्म आईपुग्दा ठुलो मात्रामा हतियार कब्जा सहित राजधानी केन्द्रित हुँदै थिए । अन्तिम उदेश्य राजदरबार कब्जा गरेर राजा र दरवारमा नितिह अधिकार जनतालाई दिलाउनु थियो तर त्यो पुरा भएन । अहिले त्यो सपना देखाउनेहरुलाई असरल्ल प्रश्न छन मेरो तर सोध्ने पो कहाँ ? मोर्चावद्ध लडाईमा सन्तुलित अवस्थामा रहेको दुवै पक्षका सेनाहरु कमाण्डो फायरिङ्ग एम्वुसहरुमा भने शाही सेनाहरु भन्दा जनमुक्ति सेनाहरु अग्र पंक्तिमा थिए । तेस्रो डिभिजन तेसमा पनि बेथान स्मृति व्रिगेडले जहाँबाट शाही सेनाहरु निष्किए पनि उनीहरुलाई तहस नहस बनाउदै ब्यारेकमा लगारेकै हुन्थे । बेथान स्मृति व्रिगेडको कार्यक्षेत्र पनि उपत्यका वरिपरि नै थियो म त्यो फर्मेशनको सिपाही । शाही अमेरिकी सेना र माओवादी पाटीको जनमुक्ति सेना शक्ति सन्तुलनमा हिसाबले बरावरी अवस्थामा नै थियो । मोर्चाबद्ध लडाईमा जनमुक्ति सेनाले पुर्ण रुपमा शाही सेनाको ब्यारेक कब्जा गर्न सकेको थिएन भने शाही सेनाहरु गाँउ गाँउमा पसेर जनमुक्ति सेनालाई निष्तेज पार्न सक्ने अवस्थामा थिएन । गाँउ पुरै माओवादी पाटी र जनमुक्ति सेनाको कब्जामा थियो । शाही सेना सँगको लुकामारीका कथाहरु पनि लेख्छु नै । यो पटक एउटा विद्रोही सिपाहीले सैनिक मन्चमा उभिएको रोमान्चकतालाई समेटने कोशिष गरेको हँु ।
जनयुद्धको अन्तिम मोर्चा चौतारा पछि देश ब्यापी रुपमा शान्ति बार्ताको माहोल सिर्जना भयो । लडदै गरेको जनमुक्ति सेनालाई शान्तिको नाममा ब्यारेक भित्र थुपारीयो र औचित्यहिन बनाएर क्यान्ट्रोनमेन्ट बाट निकालियो । चौतरा पुगेको जनयुद्धको फौजी मोर्चा जंगीअडासम्म पुग्न पाएन । चौताराको मोर्चा पछि देश भर शान्तिप्रकियाको पक्षमा माहोल तयार भयो । जनयुद्धको जगमा १९ दिने जनआन्दोलन उर्लियो । बिस्तृत शान्ति सम्झौता पछि २०६३ साल जेष्ठ १९ गते माओवादी पाटी भुमिगत अवस्थाबाट सार्बजनिक हुने भनेर पहिलो पटक बिद्रोही पाटीले औपचारिक जनसभा टुडिखेलको खुल्ला मञ्चमा गर्ने भनेर घोषणा ग¥यो । त्यो पहिलो केन्द्रिकृत जनसभाको सुरक्षाको बन्दोवस्त जनमुक्ति सेनाले लिएको थियो । तेसको लागि तेस्रो डिभिजनले विशेष खालको सुरक्षा योजना बनाएको थियो । पहिलो पल्ट सार्वजनिक कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्दे थिए त्यो जनसभा कस्तो कत्रो हुन्थ्यो अहिले अनुमान गर्दा पनि अत्यास लाग्छ त्यो मानबसागर देखेर । त्यो सभालाई सम्बोधन गर्दे गर्दा प्रण्डले बोलेका कुरामा त्यो मानबसागरले देखेको सपना भने पुरा भएको छैन १५ वर्षसम्म पनि । त्यो कार्यक्रममा नेतृत्वको विशेष सुरक्षा देखि जनतासम्मको सुरक्षा जनमुक्ति सेनाको काँधमा थियो ।
बेथान स्मृति व्रिगेडको सुरक्षा गर्नुपर्ने आर्क थियो मन्चको पुर्वी भाग भृकुटी मण्डप,भद्रकाली,पुरानो बसपार्क,टुडीखेलको पुर्वीगेट,बागबजार तर्फ जाने दोवाटो । यतिखेर म सँग क्यामेरा थिएन म १३औ बाटालियनको ए कम्पनीको सह कमाण्डर थिए । यही दोबाटोले छुटाएको थियो सैनिक मन्च र टुडिखेल मैदानलाई । मलाई यही दोवाटोमा डिउटी बस्न आदेश भयो कमाण्डर सबिन बाट । म सहित एक सेक्सन तेही दोबाटोमा सुरक्षाको लागि खटियौ । सुरक्षा ब्यवस्था निकै कडा थियो यो मानब सागरलाई हाम्रो सुरक्षाले के नै अर्थ राख्थ्यो र ? कार्यक्रम स्थल पहिले नै भरिभराउ भैसकेको थियो राज्यको सुरक्षा फौजहरु पनि जनसभालाई सुरक्षा दिन तल्लीन थिए । त्यो जनसभामा सहभागी हुन आउनेहरु पुर्वमा सिंहदरबार गेट, पश्चिमका स्रोहखुटे, कलंकी उत्तरमा नारायण गोपाल चोक दक्षिणमा त्रिपुरेश्वरसम्मको सडक भरिभराउ भएको थियो । यस्तो अवस्थामा कसले कसलाई सुरक्षा दिने अब की आफु सुरक्षित हुने भन्ने कुरा पनि हुदोरहेछ । प्रचण्डलाई नजिकबाट हेर्न मानिसहरु हुलका हुल मन्च तफै बढिरेका थिए त्यो मानब सागरले सुरक्षा गर्न बसेका मानिसहरु कहाँ छन भन्ने अवस्थमा सिर्जना भयो । यतिकैमा जनताको जनसागरले सैनिक मन्चको गेट फोरेर सैनिक मन्च कब्जा गरे । मिनेट भरमा सैनिक मन्च कब्जा भयो । अहिले अनुमान गर्दा जादुगरको जादु जस्तै लाग्छ । विशेष कार्यक्रम र राजपरिवारको सवारीको बेलामा मात्रै खुल्ने सैनिक मन्च यो पटक जनताहरुले सहजै कब्जा गरिदिए । म भिडमा च्यापिएर निसासिरहेको थिए ।
म सँगै डिउटी बसेको साथी निसासिएर रुख चढे उनीहरु सँगै म पनि रुखमा चढे तेही रुखको सहायतामा मैले सुरक्षाको लागि राखिएको फलामको पर्खाल तारवार पार गरेर सैनिक मन्चमा पुगे । सैनिक मन्चमा पुग्दा सेनाको जवानहरु डिउटी बसिरहेका थिए उनीहरुको अनुहारमा भयको भाव झल्किन्थ्यो । उनीहरुले थेग्न नसक्ने उभार थियो जनताको । जनताले सैनिक मन्च कब्जा गरेर तोडफोेड गर्लान भनेर कमाण्डर कमिसारहरुले सम्झाउदै गर्दा पनि केही कुर्सी सामान्य तोडफोड भयो । एउटा छापामारलाई सशस्त्र हतियार सहित सैन्य मन्च कब्जा गर्न मन लाग्ने अनौठो कुरा होइन तर यो पटक म संग हतियार थिएन तर मनमा अर्काै खालको उत्सुकता थियो । एउटा विद्रोही छापामार सैनिक मन्च पुगेर आँखा अगाडी सैनिक मन्च कब्जा गर्नु भनेको राजनैनिक हिसाबले सेनाको हेडक्वाटर कब्जा गरे सरह हो । केही अगाडीसम्म कल्पाना थियो सेना परेड खेल्ने मन्चमा हामी जनमुक्तिसेनाहरुले परेड खेल्छौ भनेर तर यति चाडै सम्भावना होला भनेर कम सोच थियो संभावना त भयो तर हतियार सहित होइन हतियार रहित । तेसैले जनताको शक्ति इतिहासमा झुकेको कहि पनि छैन तेसैले भनिन्छ इतिहास शाषकहरुले पनि लेख्छन जनताले पनि लेख्छन जनताले इतिहाले रातो मसिले लेखिन्छ भने शाषकहरुको इतिहास पहेलो मसिले ।
जनताले हारेको इतिहास कही छैन तेसैले तत्कालिन अवस्थामा सैन्य मन्च कब्जा गर्नु ठुलो उपलब्धी हो जनताको । सेनाको हेडक्वाटर अगाडि सैन्य मन्च कब्जा हुनु भनेको विद्रोह र जनआन्दोलनको निकै ठुलो उपलब्धी हो । तर उपलब्धी लाई संस्थागत गर्न नसक्दा भएको उपलब्धीहरु पनि गुमेका छन । भद्रकाली पुग्ने पाईला सैनिक मन्चमा रोकिएको पनि १५ वर्ष पुगेछ ।
माओवादी आन्दोलनको विघटन र पतनपछि धेरैले गरेको आशंका के हो भने बलियो र आयमूलक सरकारी जागिर पाएको भए हामीकहाँ यी र ती अनुहारहरु नेतृत्व भनेर उदाउने कल्पना नगरे हुने रहेछ निति सिद्धात बिचार वा सर्मथक जुनबाद वा पाटीको गरे पनि । हिजोको रक्तपातपूर्ण युद्धमा विजय नै भएको भए पनि त्यसको रक्षा गर्ने क्षमता नेतृत्वबीचमा रहेनछ जुन व्यवहारतः पुष्टि भएको छ । यो बेला माओवादी आन्दोलनको खरानी जति फुके पनि मसान ब्युँझन्छ भनेर लख काट्नु जायज हुन्न । एउटा उपलब्धी चाँहि पक्का प्राप्त हुनेछ, क्रान्तिकारी मोर्चा, सर्वहारा, वर्ग संघर्ष, जनजीविका आदिइत्यादी शब्द थोपरेर खाटो बस्न लागेको जनयुद्धको पाप्रो उप्काएर पीडितहरुलाई आहत बनाउन र तिनका शोक र पीडाको ब्यापार गर्न नयाँ राजनीतिक घोषणापत्र चैं बन्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0