Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला अधिकार मञ्चको आडमा ममता ठकुरीको ठगी धन्दा

महिला, महिलाकै लागि अभिशाप

प्रभातफेरी अनलाइन ८०८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
महिला अधिकार मञ्चको आडमा ममता ठकुरीको ठगी धन्दा

सर्लाही–लालबन्दी । नेपालको सन्दर्भमा एउटा महिलाले अर्को महिलामाथि ज्यादती गर्नु सामान्य जस्तै भएका घटनाहरु दिनप्रतिदिन सार्वजनिक नभएका होइनन् ।
मानवीय संस्थाका नाममा पिडित महिलालाई अझै पिडित बनाउनु कहाँसम्मको न्याय होला ? यस्तै घटनाको सिकार हुन पुगेर ज्यान गुमाउन विवश भएकी कविता बस्नेतकी आमा कृष्णा बस्नेत न्यायका लागि हामीसँग जोडिन आइपुग्नुभएको छ । उहाँले आफ्नो पिडा हामीबिच यसरी व्यक्त गर्नुभएको थियो । घटना सर्लाही जिल्लाको लालबन्दी–५, शान्ति टोल हो ।
सो घटनामा सहजीकरण गरेर न्याय दिलाइदिन्छु भन्दै ठगी धन्दामा संलग्न उदयपुर त्रियुगा नपा वडा नं. ३ मोतिगडामा डेरा गरि बस्ने रेणुका मल्ल ठकुरी उर्फ ममता ठकुरीले आफु महिला अधिकार सम्बन्धी काम गर्ने संस्थाको अध्यक्ष भएको बताउँदै न्याय दिलाउँछु भनेर आफूसँग पैसा ठगेर पिडा पोख्दै पिडामाथि पिडा थपिदिएर आफु अन्यायमा परेको बताउँदै न्यायको झिनो आशा बोकेर हाम्रो सम्पर्कमा आउनुभएको छ ।
पिडित महिलाको भनाई हामीले जस्ताको तस्तै उतारेका छांै ।
केहि वर्ष अगाडी सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. ५ शान्ति टोल निवासी पदम कुमार खड्काका छोरा मोहन कुमार खड्कासँग हाम्री छोरीको विवाह गरिदिएका थियौं । हामीले दुवै परिवारको सहमतिमा इज्जतका साथ दाईजो सहित छोरीको विवाह गरिदिएका थियौँ ।
विवाहको केहि समय पछि छोरीमाथि घरेलु हिंसा हुन थाल्यो सुरु सुरुमा सामान्य घरायसी विवाद हर–घरमा हुन्छ सहन पर्छ भनेर छोरीलाई सम्झायौँ तर छोरी माथि भएको हिंसा रोकिएन । समय बित्दै गयो छोरी गर्भवती थिईन्, बिरामी परिन्, ससुरालमा हेरचाह गर्ने कोहि भएन । रात दिन सासु ससुराले तथानाम गाली बेइजती गरेर खाना खान सम्म नदिएको भन्दै छोरीले रुँदै फोन गरिरहन्थी । ज्वाई वैदेशिक रोजगारको सिलसिलामा कतार जानुभएको थियो । विदेशमा रहेको श्रीमान्ले समेत घर परिवारकै कुरामा लागेर आफूलाई घरबाट निक्लन भन्दै तथानाम गाली सहितको एसएमएस पठाएपछि छोरी डिप्रेसनमा गएकी र जसोतसो नातिनीको जन्म भयो । एकदिन छोरी बिरामी परेर अस्पताल भर्ना भएको भन्ने खबर आयो, म अस्पताल छोरी भेट्न गएँ छोरी बेडमा बोल्न समेत नसक्ने अवस्थामा थिईन् अस्पतालबाट डिस्र्चाज गरेर माइती घर ल्याएर आए छोरी डिप्रेसनमा थिईन्, सो कारण केहि दिनमा आत्माहत्या गरिछिन् । आत्माहत्या दुरुत्साहनको जाहेरी दर्ता गराएँ केटालाई प्रहरीले हिरासतमा लियो । छोरी गुमाउनुको पिडामा छट्पट्टिमा थिएँ । जिल्ला प्रहरी कार्यालय महिलासेलमा आफ्नो पिडाभरि कहानी सुनाएँ । महिलासेलकै एकजना महिला प्रहरीले मलाई एउटा मोबाइल नम्बर दिँदै ममता ठकुरीलाई भेट्नु महिला अधिकार सम्बन्धी काम गर्छ भनिन्, म पिडामा थिएँ मलाई मृत्यु भएकी छोरीलाई न्याय दिलाउन थियो अनि केहि साथ सहयोग पाईन्छ की छोरीको न्यायको लागि सोचेर उक्त नम्बरमा कल गरें । ममताले मलाई हो म महिला सम्बन्धी काम गर्ने सञ्जालको अध्यक्ष हो मैले भनेपछि जे नि हुन्छ, गाईघाट बजारमा कमानसिंहको दोकानमा मलाई भेट्न आउनु भनिन र म गएँ त्यहाँ गएपछि उनलाई घटनाक्रम बताएँ । ममताले एक लाख रुपियाँ दिनु म तपाईकी छोरीलाई न्याय दिलाउँछु । दाईजोमा दिएको सम्पूर्ण धनमाल फिर्ता ल्याईदिन्छु भनिन् अनि न्याय मिलेर छोरीको आत्माले शान्ती पाउने काम गरिदिन्छु । मैले भनेपछि हुन्छ ढुक्क हुनु भनिन र सहयोग गर्छु भनेपछि एक्लै छोरीको न्यायको लागि छटपटि रहेको बेला साथ दिन्छु भन्ने पाएँ आहा ! आफैंले सुन्दा पनि कस्तो राम्रो लाग्यो किनकी छोरीको मृत्युपछि एक्लै न्यायलय धाइरहेकी थिएँ, महिला अधिकारको काम गर्ने संस्थाको अध्यक्ष भनेपछि उनको ठुलो ठुलो कुरा सनेर विश्वास गरेँ । उनले मलाई पैसा लिएर मेरो डेरामा एक्लै आउनु अनि म काम गर्छु भनिन् । जब ममता ठकुरीले एक लाख तेह्र हजार रुपियाँ मबाट लिईन् अनि धन माल फिर्ता सम्वन्धी छलफल गर्न सर्लाही न्यायिक समितिको कार्यालयमा केटा पक्ष समेतलाई उपस्थित गराएर छलफल सुरु भयो । त्यसपछि ममता ठकुरी केटा पक्षबाट बोल्दै मलाई झपार्न थालिन् । म सँग पैसा लिएर मेरो पक्षमा बोल्न गएको मान्छे उल्टै विपक्षसँग मिलेर झपार्न थालेछि छलफल टुंगीएन र म ठगिएछु भन्ने लागेर घर आएँ । गाईघाट देखि सर्लाही जान गाडी रिर्जव गर्न लगाईन् । बिच बिचमा बाटोमा गाडी रोकेर महँगो होटेलमा चिकेन रोस्ट र वाइन वियर किन्न लगाइन् । म पिडामा तड्पिएको छु रोएको छु उनी सहयोग गर्ने निहुँमा रक्सी र मासुको महँगो बिल मेरो हातमा थमाइरहिन्, चौध हजारको लेहेंगा साडी किन्न लगाईन् । मजवुर भएर किनिदिएँ डिमान्ड माथि डिमान्ड बढाउँदै गईन् । अन्ततः न मेरी मृत्यु भएकी छोरीले न्याय पाईन्, न त दाईजोमा दिएको धनमाल फिर्ता पाएँ । जसले महिला अधिकारको ठुला ठुला कुरा गरेर डिएसी एसपी न्यायधिश सम्मलाई पैसा खुवाएर मुद्दा जिताउने भरोसा दिलाएर एक लाख तेह्र हजार लुटिन्, उसैले विपक्षीसँग मिलेर धोका दिई । पछि थाहा भयो जुन महिला अधिकारको काम गर्ने संस्थाको अध्यक्ष हुँ भनिन्, त्यो संस्था नै नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नै भएको रहेन छ ।
एकदिन गाइघाट बजारमा भेट भयो र मैले तिमी गलत फटाहा महिला रहेछौँ, महिला भएर अर्को पिडित महिलालाई ठग्न लाज लाग्दैन, मेरो पैसा तुरुन्त फिर्ता दिनु भन्दा उल्टै बिच बजारमा मलाई कुट्न आईन् ।
यस विषयमा बुझ्न खोज्दा पटक–पटकको प्रयासमा फोन गर्दा रेणुका मल्लको फोन सम्पर्क हुन सकेन । पिडितको पिडामा मलम लगाउने बहानामा लुटतन्त्र मच्चाउनु के नेपाली कानूनको नजरमा सहि नै हो र ? यहाँ बुढी मरी भन्ने चिन्ता होइन, काल पल्कियो भन्ने चिन्ता लाग्नु स्वभाविक हो । कुनै पनि निकायमा दर्ता नभएको संस्थाका नाममा गैरजिम्मेवारीपूर्ण कार्य गर्नु आफैंमा अस्वभनीय कार्य हो भने यस्ता संस्थाहरुको निगरानी नगर्नु राज्यको कमजोरी हो । त्यसैले रेणु मल्ल जस्ता समाजमा अनगिन्ती पात्रहरु सल्बलाइरहेका छन् । यिनीहरुलाई निरुत्साहित गर्नु र कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो । तसर्थ यो घटना एउटा सामाजिक प्रतिनिधिमुलक पात्रको रुपमा रहेको छ । यस्ता घटनासँग जोडिएका जोसुकैलाई पनि कानूनी दायरामा ल्याएर कारवाही हुन आवश्यक छ ।
पिडित स्व. कविता बस्नेतकी आमा कृष्णा बस्नेतका अनुसार दुरुत्साहन सम्बन्धी मुद्धा पुनरावेदन अदालत विराटनगरमा विचाराधिन रहेको समेत बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0