Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उषाको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक

प्रभातफेरी अनलाइन ३४७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
उषाको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक

काभ्रे । एमसीसी र एसपीपी विरूद्ध साहित्यिक रूपमै सबैले खबरदारी गर्न साहित्यिक पत्रकार संघको आह्वान ललितपुर, सर्जक उषा के.सी. को दोस्रो कृति मुक्तकसंग्रह ‘माकुरी’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गर्नुभएको हो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कोनेले नेपाली मुक्तक क्षेत्रको विषयमा चर्चा गर्नुभएको छ । कोनेले एक मुक्तकले एक महाकाव्य बोल्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । पत्रकार तथा साहित्यकार राजन कार्कीले ‘माकुरी’ कृतिका मुक्तक बाचन गरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । आमाको नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको पनि कार्कीले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले के.सी.को दोस्रो मुक्तक मुक्तकसंग्रह निकै खारिएर आएको बताएका छन् । उहाँ साहित्य क्षेत्रमा जति मेहेनत गरिरहेका छन् अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफुले नेपाल भारत साहित्य महोत्सव आयोजना गर्दा नै थाहा पाएको बताउनुभयो । कृतिको बारे बोल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूको आवाज मात्र नभई समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएको बताउनुभयो ।
कृतिको समिक्षा वरिष्ठ समालोचक डा. गोविन्दमान सिंह कार्कीले गर्नुहुँदै समालोचक कार्कीले माकुरी कृति भित्रका मुक्तकका विविध पक्ष केलाएका थिए भने कृति संग्रहनीय रहेको बताउनुभयो । कार्यक्रममा डा. दामोदर पुडाशैनी किशोरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताउनुभयो । माकुरी कृतिमा आमाका आवाज बुलन्द गरेर के.सीले मुक्तक क्षेत्रमा नयाँ आयाम थपेको छ । डा. पुडासैनीले थप्नुहुन्छ– स्रष्टा समाजका अध्यक्ष पवन आलोकले लेखक के.सी.लाई तेस्रो कृति समेत आमाकै हातबाट लोकार्पण गर्ने अवसर मिलोस् भनि शुभकामना व्यक्त गर्दै दिर्घायुको कामना गर्नुभएको थियो । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गरेका थिए ।
कार्यक्रममा कृतिका लेखक के.सी.ले आफ्नो वाल्यकालमा भोगेको पिडा सुनाएका थिए । समाजमा विवाहपछि पनि महिलालाई हेयको दृष्टीले हेर्ने पद्धतीको सिकार आफु र आफ्ने आमा बन्न पुगेको खुलासा गर्नुभयो । छोरा नहुँदा महिलाले भोग्नुपर्ने पिडालाई निलेर छोरीलाई पनि छोरा सरह स्वतन्त्र हुन दिनुपर्छ भन्ने आमाको आदर्शको बाटोमा आफु रहेको बताउनुभयो । के.सी.ले आफ्नै प्रकाशित मुक्तकसंग्रह ‘माकुरी’ कृतिभित्रबाट ‘मुक्तक’ वाचन गरेका थिए ।
त्यस्तै कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार के.सी. र उनका माता माकुरी पौडेलको दिर्घायुको कामना गर्दै अबका मुक्तकहरूले र अन्य साहित्यिक विधाहरूले मुलुकमा एमसीसी र एसपीपीको नाममा भइरहेको राष्टद्रोह प्रति खबरदारी गर्न सबै सर्जकलाई आग्रह समेत गर्नुभएको थियो । लेकालीले मुलुकलाई नेताहरू युक्रेनको अवस्थामा ढकेल्न खोजेकाले सबै सर्रजकहरू अक्षरको हतियार लिएर लड्ने बेला भएको बताउनुभयो । लेकालीले उषाको दोस्रो मुक्तक संग्रह नेपाली मुक्तक साहित्यको क्षेत्रमा सशक्त कृति भएको बताउनुभयो । लेखक के.सी. को मुक्तकभित्र समाज, देश, वर्तमान राजनीतिक विकृतिहरू जस्ता विषय प्रति शसक्त प्रहार गरिएको सर्जक प्रधानले बताउनुभयो । आफ्नै आमाको नाम माकुरी पौडेल ‘माकुरी’ नामक मुक्तकसंग्रहले आमालाई झन् अमर बनाइएको छ । कार्यक्रममा पुस्तकमा योगदान गर्ने सर्जकहरू राधा कार्की, राजन कार्की, जितेन्द्र रसिक, प्रमोद प्रधान, गोविन्दमान कार्की, निशा के.सी. जितेन्द्र रसिक, प्रमुख अतिथि रामकाजी कोने, लगायतलालाई मायाको चिनो वितरण गरिएको थियो । साथै साहित्यिक पत्रकार संघले लेखक र लेखककी आमा माकुरी पौडेलाई सम्मान गरेको कार्यक्रममा समाजसेवी धन लोहरालाई नगद रू १५ हजार सहित लेखककी आमाले नगद पुरस्कार प्रदान गरिएको थियो ।
मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल,जानु दाहाल, नम्रता उप्रेती लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0