Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १६, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुसन्धानका बारेमा इन्द्रेश्वरको चासो

प्रभातफेरी अनलाइन ३९१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
अनुसन्धानका बारेमा इन्द्रेश्वरको चासो

काभ्रे । इन्द्रेश्वर क्याम्पसको व्यवस्थापन समितिले पूर्णता प्राप्त गरेपश्चात् शैक्षिक क्षेत्रमा गुणस्तरीय फड्को पार गर्दै गरेको अनुभूति विद्यार्थीहरुले गर्ने भएका छन् ।
प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रलाई शैक्षिक गन्तब्य स्थलको रुपमा विकास गर्न नगरपालिका सदा प्रयत्नशील रहिरहने बताउनुभएको थियो ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको कथन थियो– यस किसिमका गोष्ठीहरुले प्राध्यापकहरुबीचमा गुणस्तरीयतालाई अझै मजबुत बनाउन थप खुराकको रुपमा भूमिका खेल्नेछ । यहाँहरुको ३ दिने बसाईले शिक्षाको क्षेत्रमा अनुकरणीय योगदान पुग्ने विश्वास क्याम्पस परिवारले राखेको तर्क गर्नुभएको थियो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालको धारणा थियो– शैक्षिक क्षेत्रमा इन्द्रेश्वर क्याम्पस आफूलाई सधैंभरि बामे सार्दै आएको छ । आफू बत्ती बनेर अरुलाई उज्यालो छर्ने अभिलाषाका साथ त्रिभुवन विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरेरै गइरहेका छौं । आगामी दिनमा पनि यस्ता महत्वपूर्ण कार्यहरुका लागि हातेमालो गर्न इन्द्रेश्वर क्याम्पस साथै रहेको स्मरण गराउनुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षाविद् एवं व्यवस्थापन समितिका सदस्य केशव थापाको कथन थियो– जुन उद्देश्यसहित कार्यशाला सञ्चालन हुन गइरहेको छ, यसले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्यन्तै महत्व राख्दछ । जसले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमतालाई पेश गर्नसक्ने बनाउनेछ । यो कार्यशालामा सरिक प्राध्यापकहरुबाट गुणस्तरीय स्तरको विद्यार्थीहरुले ज्ञान हासिल गर्नसक्ने अपेक्षा इन्द्रेश्वर क्याम्पसले राखेको छ ।
त्यसैगरी कानून व्यवसायी एवं अधिवक्ता जयराम कर्माचार्यको कथन थियो– कार्यशाला गोष्ठीले शिक्षाको क्षेत्रमा अनुकरणीय भूमिका निर्वाह गर्ने विश्वासका साथ काभ्रेमा रहेका सामुदायिक क्याम्पसहरुमा गुणस्तरीय योगदान पु¥याउन यो कार्यशाला कोसेढुंगा सावित हुने विश्वास रहेको बताउनुभएको छ ।
जसको शुभारम्भ हालै आयोजना भएको ३ दिने अनुसन्धान पद्धति कार्यशाला गोष्ठिले पुष्टि गरेको छ । शनिवार सम्पन्न भएको उक्त गोष्ठीका वक्ताहरुले शिक्षाको क्षेत्रमा देखिएका समस्या, चुनौती र तिनका समाधानका बारेमा पेश गरेका कार्यपत्रहरुले नेपालको शिक्षाको अवस्थालाई नजिकबाट नियाल्ने अवसर दिएको सहभागीहरुको प्रतिक्रिया थियो ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राध्यापक डा. दिलिप पराजुली, डा. प्रकाश श्रेष्ठ र डा. मच्छिन्द्र थापाले श्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यशालाको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
समापन कार्यक्रममा कोषाध्यक्ष भिमसेन बस्नेत तथा सहभागीहरुको तर्फबाट भवानी पाण्डे एबं श्रोत व्यक्ति प्राध्यापक डा. दिलिप पराजुलीले कार्यशालाको उद्देश्य तथा अपेक्षाका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यशाला गोष्ठीमा काभ्रे जिल्लाका सामुदायिक क्याम्पस अन्तर्गतका प्राध्यापकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0