Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीजमा पुस्तक लोकार्पण

प्रभातफेरी अनलाइन ३७७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (३ साल अघि)
तीजमा पुस्तक लोकार्पण

काठमाडौँ । चारु साहित्य प्रतिष्ठान आयोजनामा काठमाडौ, भक्तपुर, ललितपुरका स्रष्टाहरू बीच पुस्तक लोकार्पण तथा तीज विशेष कार्यक्रम होटल हार्दिकको काव्य हलमा सम्पन्न भएको छ । खोरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह–आयोजक मुख्य भूमिकामा रहेका थिए ।

चारु प्राणेता डा.देवी पन्थीको सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल, माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा डा. देवी पन्थीद्वारा लिखित तथा नेपाली साहित्यकार विश्व संजालका लागि भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलको सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित तथा प्रकाशित “टुक्का” पुस्तकको प्रमुख अतिथी रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरुद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष डा. देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनोनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने छ र चारु संसारभर फैलने छ भन्नू भयो । उहाँले चारुको लोकप्रियता नेपाल , भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताउनु भयो । उहाँले चारु, खोरिया , टुक्का, उदक, एकलाइने कविता, सन्देश , पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, पञ्चाङ्ग, एकलाइने कविता, सन्देश, तीज गीत प्रस्तुत गरेका थिए । टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्त्यमा चारु साहित्य प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0