Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाडपर्वमध्ये कतिपय काठमाडौंमा मात्र मनाइन्छ

प्रभातफेरी अनलाइन ५१३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १७, सोमबार (३ साल अघि)
चाडपर्वमध्ये कतिपय काठमाडौंमा मात्र मनाइन्छ

परशु घिमिरे
काठमाडौं उपत्यकामा मनाइने कतिपय चाड पर्व देशका अन्य भागमा मनाइदैन भने दशैं, तिहार, तीज, बुद्ध जयन्ती जस्ता धेरै पर्वहरु देशै भर मनाइन्छ । सुदूरपश्चिमको बैतडी जिल्ला धार्मिक हिसावले पनि पवित्र मानिन्छ, जहाँ एक दर्जनभन्दा बढी तिर्थस्थलहरु छन् । खासगरी शिव र देवीका मन्दिरहरू बैतडीका एक गाउँमा तीनवटासम्म छन् । पहिले पहिले घरमा दशैं मान्ने चलन थिएन, नौ दिनसम्म मन्दिरमा सामूहिक बसाई हुन्थ्यो, पूजाआजा हुन्थ्यो । एक, डेढ सयजना मान्छे अट्ने केही मन्दिरहरू अहिले पनि छदैछन् । देशका अन्य जिल्लामा मनाइने चाड पर्वमध्ये कतिपय उपत्यकाले मनाउँदैन । काठमाडौं उपत्यकाले मनाउने केही महत्वपूर्ण पर्वहरुबारे बुँदागत रुपमा संक्षिप्तमा चर्चा गरेको छु ।
१. सपनतिर्थ मेला, मेला लाग्ने ठाउँ ः टोखा, समय ः बैशाख संक्रान्ति, महत्व ः नयाँ वर्षमा स्नान गर्ने २. मातातिर्थ औशी, ठाउँ ः थानकोट, मातातिर्थ (देशभर, घरघरमा मनाइन्छ) बैशाखको आंैशी महत्व ः मृत आमाहरुको स्मरणमा स्नान तथा निस्ला दान । आमा जीवित हुनेले उपहार वा मिठाइ लिइ मुख हेर्ने चलन छ । ३. बुद्ध जयन्ती ठाउँ ः स्वयंभू बौद्धनाथ आदि जात्रा, समय ः बैशाख पूर्णिमा, महत्व ः बुद्धको जन्म, परिनिर्वाण, ४. सिठी नखः (सिठी षष्ठी, नख उत्सव) ठाउँ ः घर घरमा, समय ः जेष्ठ शुक्लपक्षको कुमार षष्ठी, महत्व ः विभिन्न धार्मिक स्थानको सफाइ र जैशी देवलमा कुमार जात्रा ५. नारायण जात्रा ठाउँ ः पशुपतिनाथ आदि क्षेत्र, समय ः आषाढ शुक्लपक्षको हरिशयनी एकादशी, महत्व ः चतुर्मास सुरु हुने एकादशी दुई ठूलो एकदशीमध्ये एक हरि (नारायण) सयनी (सुत्ने) ६. घण्टाकर्ण वा गठामुग,ः ठाउँ ः टोल टोलमा, समय ः आषाढकृष्ण चतर्दशी, महत्व ः दोवाटो चौबाटोमा नरकटको घण्टाकर्ण राक्षस बनाएर बटुवाहरुबाट केटाकेटीहरुले जगात उठाउँछन् र साँझमा सो घण्टाकर्ण राक्षसलाई खोलामा प्mयाक्छन् वा जलाउँछन् । (भूत धपाएको भनिन्छ) ७. गुँल धर्म (गुँः ला), ठाउँ ः स्वयंभू आदि विभिन्न चैत्यहरुमा, समय ः गुनपुन्ही ( जनै पूर्णिमा) भन्दा १५ दिनअघि र पछि, महत्व ः परम्परागत बाजाहरुसहित महीनाभर बौद्ध चैत्य दर्शन ८. पञ्चदान ठाउँ ः घर घरमा, समय ः श्रावण शुक्ल अष्टमी, महत्व ः बौद्ध भिछु बाँडा, गुभाजु आदिलाई गौतम बुद्धको स्मरणमा दान दिने ९. व्याँ जानके (व्याँ, भ्याकुता) ठाउँ ः घर घरमा समय ः श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा), महत्व ः किसानहरुले भ्यागुतालाई क्वाटी चढाउने, कसै कसैले कागलाई पनि चढाउँछन् । १०. गाई जात्रा ठाउँ ः घर घरमा र शहरमा, समय ः भाद्र कृष्ण परेवा, महत्व ः वर्षभ।ीमा स्वर्गे भएका आफन्तहरुको सम्झनामा गाई वा गाईको नक्कल गराएर सिंगारिएका केटाहरुबाट नगर र मन्दिरहरुको दर्शन परिक्रमा गर्ने । ११. गोकर्णे अंशी, ठाउँ ः गोकर्ण वा घर घरमा, समय ः भाद्र कृष्ण पक्षको (कुसे) आंैशी, महत्व ः मृत बाबुको स्मरणमा स्नान, निस्ला दान, बाबु जीवित हुनेहरुले उपहार, मिठाइ आदि लिई बाबुको मुख हेर्ने परम्परा छ । १२. चथाः ठाउँ ः घर घरमा समय ः भाद्र शुक्लपक्षको गणेश चतुर्थी, महत्व ः गणेश पूजा, १३. इन्द्र जात्रा, ठाउँ ः हनुमान ढोका, समय ः भाद्र शुक्ल व्ददशीदेखि ८ दिन, महत्व ः इन्द्र ध्वजा खडा गर्ने, इन्द्र, भैरव आदिका मूर्तिहरुको प्रदर्शन गर्ने तथा कुमारीको रथ जात्रा आदि साथै विभिन्न मठ मन्दिरमा बत्ति बाल्ने, देवी नाच, दशावतार र लाखे नाच तथा भक्कु नाच गर्ने पनि यसैबेला चलन छ । १४. तीज, ठाउँ ः पशुपतिनाथ आदि, समय ः भाद्र शुक्ल पक्षको तृतिया, महत्व ः महिलाहरुले मनाउने ठूलो चाड । तर नेवार महिलाहरु तीजमा ब्रत बस्दैनन् । १५. पचली भैरव जात्रा, ठाउँ ः पचली भैरव मन्दिर, समय ः आश्विन शुक्ल पञ्चमी, महत्व ः तान्त्रिक मत अनुसार भैरव, अजिमा आदिको पूजा, १६. पूलपाती, ठाउँ ः जमल र हनुमान ढोक, समय ः आश्विन शुक्ल पक्षको सप्तमी, महत्व ः क) गोरखाबाट परम्परा अनुसार ल्याइएको दशैंको पूmलपातीलाई बाजासहितको जुलुसले स्वागत गरी हनुमान ढोकामा ल्याउने र सलामी चढाउने । १७. कालरात्री, ठाउँ ः मन्दिरहरुमा मुख्य हनुमान ढोकामा र घर घरमा, समय ः नवमी, महत्व ः दुर्गा भवानीलाई बलिदिने, १८.नव रात्री, ठाउँ ः नौ वटा तिर्थहरुमा स्नान, महत्व ः घटस्थापनादेखि नवमीसम्म दुर्गा भवानीको आराधना, १९. टिका (दशैंको), ठाउँ ः घर घरमा समय ः आश्विन शुक्ल पक्षको विजया दशमी, महत्व ः ३१ तोपको सलामी, नेवार समुदायले यो दिन खड्ग जात्रा मनाउँछन् । २०. लक्ष्मी पूजा, ठाउँ ः घर घरमा, समय ः कार्तिक कृष्ण पक्षको औंशी, महत्व ः लक्ष्मी पूजा, २१. म्ह पूजा, किजा पूजा आदि, ठाउँ ः घर घरमा, समय ः कातर््िक शुक्ल पक्षको परेवा, महत्व ः नेपाल सम्बतअनुसार नव वर्ष उत्सवको रुपमा नेवार समूदायमा म्ह पूजा ( स्वयम् पूजा ) गर्ने परम्परा छ । एक अर्काको दीर्घायु कामना गर्दै किजा पूजा (भाइ टिका) गरिन्छ । २२. नारायणस्थान जात्रा, ठाउँ ः बुढानिलकण्ठ, समय ः कार्तिक शुक्लपक्षको व्दादशी, महत्व ः चतुर्मास समाप्ति, हरि (नारायण) बोधिनी (उठ्ने) २३. वाला चर्तुदशी, ठाउँ ः पशुपति क्षेत्रमा विशेष, समय ः मार्ग कृष्ण चतुर्दशी महत्व ः सत बीउ छर्ने, २४. यमह्री पुन्ही, ठाउँ ः घर घरमा, धान भकारीमा, समय ः धान्य पूर्णिमा, महत्व ः यमह्री नामक एक थरी धानको भकारीमा चढाउने, धान्यश्वरको दर्शन गर्ने प्रचलन छ । २५. लोसर, ठाउँ ः बौद्धनाथमा विशेष, समय ः माघ पूर्णिमा, महत्व ः तिब्बतिहरुको नव वर्ष (लोसर) अबसरमा लाख बत्ती बाल्ने चलन पनि छ । २६. शिला चह्रै वा शिवरात्री, ठाउँ ः माघ कृष्ण पक्षपक्ष चतुर्दशी, महत्व ः पशुपतीको सबैभन्दा ठूलो मेला । २७. वसन्त श्रवण, ठाउँ ः हनुमानढोका, समय ः माघ शुक्लपक्ष वसन्त पञ्चमी, महत्व ः यो दिन सरस्वती पूजा भएकोले विशेष स्वयंभूस्थित सरस्वती (मञ्जुश्री) थानमा र गैह्रीधारास्थित नील सरस्वती थानमा पूजा गर्नेहरुको भीड लाग्ने गर्छ, र केटाकेटीहरुलाई अक्षराम्भ गराइन्छ । २८. चकँ द्यो जात्रा, ठाउँ ः क) ठमेल टोल ख) इटुं बहाल, टँुडिखेल, समय ः फागु पूर्णिमा, महत्व ः सिंहसार्थ बाहु नामक एक प्राचीन व्यक्तिको स्मरणमा जात्रा, राती गुरुमापाको नाउँमा टुँडिखेलमा पूजा भोज गर्ने परम्परा अहिले पनि छ । २९. पाहाँ चर्हे, ठाउँ ः टुँडिखेल, लुमडी, भद्रकाली र असन, समय ः पिशाच चतुर्दशी, महत्व ः घोडे जात्रा,ख) भद्रकालीमा पूजा तथा असनमा अजिमाहरुको पूजा र शहरको विभिन्न भागमा खट जात्रा यही दिन लुकेका महादेव (लकु महाद्यो) को पूजा गर्ने निहुले रछ्यानहरुको सफाइ गर्ने, कंकेश्वरीको मूर्तिलाई खटमा राखी भद्रकाली ल्याउने तथा नरदेवीमा राती तान्त्रिक नाच गर्ने पनि परम्परा छ । ३०. सेतो मत्स्येन्द्रनाथ जात्रा, ठाउँ ः जमलदेखि लगनटोल, समय ः चैत्र शुक्ल अष्टमी, महत्व ः गुभाजूहरुबाट सञ्चालित चार पाँच दिन करुणामयको रथ जात्रा, ३१. ल्हुती पुन्ही वा जमाचो जात्रा, ठाउँ ः बालाजु बाईस धारा र नागार्जुन (जमाचो) डाँडा, समय ः चैत पूर्णिमा, महत्व ः बालाजु बाईस धारामा नुहाउने, त्यहाँको अजिमाको पूजा गर्ने तथा जामाचोस्थित बौद्ध चैत्य दर्शन गर्ने आदि । ऋषि तर्पणि, नाग पञ्चमी, कृष्णाष्टमी, स्वस्थानी जस्ता चाड पर्वहरु प्रसिद्ध भएकाले नेपालीहरु यी पर्वहरुबारे परिचित हुनुहुन्छ नै ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0