Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सभ्य र भव्य रुपमा दोस्रो क्याबिनेट मिटिङ अगाडि बढिरहेको छ ः गभर्नर बस्याल

प्रभातफेरी अनलाइन ६६९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
सभ्य र भव्य रुपमा दोस्रो क्याबिनेट मिटिङ अगाडि बढिरहेको छ ः गभर्नर बस्याल

“जाउँ है पोखरा”

काभ्रे । लायनहरुको पर्वको रुपमा रहेको दोस्रो क्याबिनेट मिटिङका बारेमा जिज्ञासा मेटाउँदै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बस्यालले आसन्न मिटिङ सभ्य र भव्य रुपमा सम्पन्न हुने बताउनुभएको छ ।
लायनवादमा विश्वास राख्नेहरुका लागि यस किसिमका मिटिङहरुले अत्यन्तै महत्व राख्ने बताउनुहुँदै सम्पूर्ण लायन लिडरहरुलाई मिटिङमा सहभागी हुन गर्भनर बस्यालले आग्रह समेत गर्नुभएको छ । यहि असोज २८ र २९ गते हुने दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गत पोखरा बाहिरबाट मात्रै करिब २ हजार लायन्स सदस्यहरुको सो मिटिङमा सहभागिता रहने अनुमान गरिएको छ ।


पोखरामा हुन गईरहेको क्याविनेट मिटिङले पोखराको प्रवद्र्धन गर्ने माध्यमको रुपमा पनि लायन्सले उपयोग गर्ने आयोजक क्लब, लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले जानकारी दिनुभएको छ । जसका लागि दोस्रो क्याविनेट मिटिङको नारा नै “जाउँ है पोखरा” भन्ने तय गरिएको उहाँले बताउनुभएको छ ।
दोस्रो क्याविनेट बैंठकमा लायन्सले कार्यकाल सुरू गरेपछि सम्पादन गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा छलफल हुने गर्छ । प्रत्येक तिन÷तिन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेको छ । बैठकमा अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुन्छ ।
पोखराको माटेपानी स्थित एस आर केसी बैन्क्वेटमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १५६ वटा क्लबबाट करिव २ हजार बढी लायन सदस्यहरुको सहभागी हुने डिष्ट्रिक्टका रिजन चेयरपर्सन एवं क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनुभएको छ । संयोजक दाहालले दिएको जानकारी अनुसार मिटिङमा सहभागिता जनाउनको लागि प्रि रजिष्ट्रेशन गराउने क्रम बढ्दो रहेको छ । प्रि रजिष्ट्रेशन गर्ने म्याद आजसम्म रहेको दाहालले बताउनुभएको छ ।
क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सन संयोजक तथा जोन चेयरपर्सनलाई सहसंयोजक र सो मातहतका क्लब अध्यक्षलाई समितिको सदस्यमा मनोनयन गरिएको थियो । रिजन चेयरपर्सन संयोजक रहेका बिभिन्न ७ उप–समितिहरुले आ–आफ्ना जिम्मेवारी अनुसारको कामलाई तिब्र रुपमा अगाडि बढाएका छन् ।
बैठक नजिकिँदै गर्दा बिभिन्न समिति र उप समितिले आफना जिम्मेवारी अनुसारको कार्य अगाडि बढाउने क्रममा सोमवार मात्रै अतिथि स्वागत सत्कार एवं सम्मान उप समितिको बैठक समितिका संयोजक डिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले क्याविनेट मिटिङसँग सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी स्वागत सत्कार एवं सम्मान लगाएतका कार्यहरू अत्यन्त सजकतासाथ गर्ने निर्णयहरु भएका समितिका संयोजक थापाले जानकारी दिनुभएको छ । बैठकमा सह–संयोजक जोन चेयरपर्सनद्वय बिना पाईजा र शोभा बानियाँ सहित सदस्यहरू ७ वटा क्लबका अध्यक्षहरूको उपस्थिति रहेको थियो भने समितिका सल्लाहकार सुरेन्द्रमान सिं भण्डारी, अमृत शोभा खत्री र टंकराज अधिकारीले क्याविनेट मिटिङलाई सब्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आ–आफ्नो जिम्मेवारीलाई निष्कर्षमा पुग्नेगरी कार्यक्षेत्रमा लाग्न बैठकले आग्रह समेत गरेको छ ।
यसैगरी, हल तथा स्टेज व्यवस्थापन उपसमिति, रजिष्ट्रेशन उपसमिति, किट व्यवस्थापन उपसमिति, खाना तथा खाजा (भोजन) व्यवस्थापन उपसमिति, होटल (आवास) व्यवस्थापन उपसमिति, सांस्कृतिक एवं मनोरञ्जन उपसमिति लगाएतका ७ वटा बिभिन्न उप समितिको पहिलो चरणको बैठक बसी सकेको मुल आयोजक समितिका संयोजक दाहालले जानकारी गराउनु भएको छ । क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा अभियानले जिम्मेवारी लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0