Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भागवत पुराणमा गोकर्णको कथा एवं मन्दिरको धार्मिक परम्पराहरु

प्रभातफेरी अनलाइन ७८० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ९, बुधबार (३ साल अघि)
भागवत पुराणमा गोकर्णको कथा एवं मन्दिरको धार्मिक परम्पराहरु

परशु घिमिरे

पितृ उद्धारका लागि गरिने सप्ताह भागवत पुराणमा उल्लेख छ । शिवपुरीको काखमा रहेको सुन्दर गाउँमा आत्मदेव नाम गरेका ब्राह्मण र धुन्धुली नाम गरेकी ब्राह्मणी बस्थे । उनीहरूका सन्तान भएनन् । सन्तानका लागि ठूलो आराधना गरेपछि गंगामा तपस्या गरेका एक साधुले आत्मदेवलाई एउटा फल दिँदै भने, ‘यो फल श्रीमतीलाई खुवाउनु, भगवानको अंश भएको पुत्र जन्मने छ ।’ आत्मदेवले उक्त फल श्रीमतीलाई दिए । तर श्रीमतीले गाईलाई खान दिइन् र आफू गर्भवती भएको नाटक गरिन् । १० महिनापछि बहिनीको भर्खर जन्मेको छोरा ल्याएर आफूले छोरा पाएको भन्दै श्रीमान्को आँखा छलिन् । धुन्धुलीको कोखबाट जन्मिएको ठानिँदै उनको नाम धुन्धुकारी राखियो । यसैगरी, उक्त फल खाएको गाईले पनि त्यही बेला बालकको जन्म दियो । गाईको जस्तो कान भएको र गाईबाटै जन्मेकाले उनको नाम गोकर्ण राखियो । गोकर्ण निकै ज्ञानी भए, धुन्धुकारी मूर्ख भए । धुन्धुकारीले धेरै अपराध गर्न थाले । अपराध गर्दागर्दै श्रीमतीका रूपमा आफ्नै घरमा जम्मा पारिएका वेश्याद्वारा उनी मारिए । उनको शरीरलाई घरभित्र गाडेर वेश्याहरू लाखापाखा लागे । वर्षौंपछि धेरै ज्ञान आर्जन गरेर ठूला ऋषिका रूपमा गोकर्ण आफ्नो घरमा आए, तर घरमा कोही पनि थिएनन् । रित्तो घरमा राति सुतिरहेका बेला धुन्धुकारीको आत्माले चीत्कार गर्न थाल्यो । आफू यसरी मारिएको र प्रेतका रूपमा दुःख पाइरहेको धुन्धुकारीले बताए । यता, गोकर्णले शान्ति पाउन नसकेका आत्माहरूको उद्धारका बारेका भगवान शिवजीकै मुखबाट शुकदेव ऋषिले ज्ञान आर्जन गरेको थाहा पाएका थिए । गोकर्णले शुकदेव ऋषिलाई बोलाएर सप्ताह ज्ञान महायज्ञ लगाई धुन्धुकारीको आत्मालाई उद्धार गरे । त्यसपछि गोकर्णले दिवंगत पितृहरूको उद्धारका लागि उत्तरगयामा बसेर अभियान नै चलाए । बागमती नदी जुन ठाउँमा दक्षिणबाट उत्तरतिर बग्छ, त्यही ठाउँलाई उत्तरगया भनिन्छ । गोकर्णले पितृहरूको उद्धार आरम्भ गरेको ठाउँ भएकाले उत्तरगयालाई गोकर्ण भन्न थालिएको हो । यसैगरी स्वयम्भू पुराणका अनुसार पाञ्चाल देशका राजकुमार गोकर्णको उद्धार भएकाले गोकर्णेश्वर नाम प्रारम्भ भएको हो । गोकर्णेश्वरको पूजा परम्परा पशुपतिनाथको मन्दिर जस्तै गोकर्णेश्वर मन्दिरमा पनि दक्षिण भारतबाटै आएका भट्टहरूद्वारा पूजा आराधना हुने परम्परा छ । यो परम्परा युगौंदेखि सुरु भएको बताउँदै मूल पुजारी जगदीशचन्द्र भट्ट भन्नुहुन्छ– ‘भगवान ब्रह्माजीले आफैंले यहाँको पूजाआजाको परम्परा सुरु गर्नुभएको हो, उहाँका सन्ततीले नै अहिलेसम्म निरन्तरता दिँदै आएका छन् । ब्रह्माजीका सन्तती नेपालमा नभएका होइनन्, तर वंशानुगत रूपमै माछामासु सेवन नगरेको र तान्त्रिक विधि जानेको पुजारी हुनुपर्ने भएकाले दक्षिण भारतबाट भट्ट ल्याउन थालियो । आदिशंकराचार्यको नेपाल आवागमनपछि पशुपतिनाथको महिमा पनि बढ्दै गयो, दक्षिण भारतबाट गोकर्णेश्वरका भट्टहरूले नै पशुपतिनाथको पूजा चलाउन थाले । तर पशुपतिका भट्ट नेपाली नागरिक हुन नमिल्ने, परम्परा बसाइयो भने गोकर्णेश्वरका भट्टलाई नेपालीकरण गरियो ।’ तत्कालीन मल्ल राजा जयस्थिति मल्लले नेपाल संवत् ५१२ मा दक्षिण भारतको कर्नाटक राज्यबाट पहिलो भट्ट पूजारीका रूपमा नारायण भट्टलाई निम्त्याएर पूजापाठ नियमित गराएको इतिहास छ । नारायण भट्ट भारतनै फर्किएपछि फेरि अर्का भट्टलाई ल्याएका थिए । त्यसउप्रान्त महेश्वर भट्ट, गोपाल भट्ट, गणेश भट्ट, राजाराम भट्ट, पुरुषोत्तम भट्ट, केशव भट्ट, जगदीशचन्द्र भट्ट यहाँको मूल पुजारी रहिसकेका छन् । विक्रम संवत् १८५७ सालदेखि गोकर्णेश्वरका भट्टलाई नेपालीकरण गरिएको हालका मूल पुजारी जगदीशचन्द्र भट्ट बताउनुहुन्छ । गोकर्णेश्वर मन्दिर र पशुपतिनाथ मन्दिरको पूजा विधि करिब करिब उस्तै हो, तर पशुपतिनाथ मन्दिरमा दक्षिण भारतका भट्टहरूलाई पुजारी नियुक्त गर्ने परम्परा यथावत् राखिएको छ भने गोकर्णेश्वर मन्दिरका भट्ट पुजारीलाई नेपालीकरण गरिएको छ । यसो किन गरियो ? भन्ने कुरा पनि अनुसन्धानको छुट्टै पाटो हो । ६२ वर्षीय मूल पुजारी भट्ट भन्नुहुन्छ– ‘नेपालीकरण भएको म पाँचांै पुस्ताको हुँ । मेरा छोरानातिले यो परम्परालाई निरन्तरता दिए भने ठीकै हुन्छ, दिएनन् भने फेरि दक्षिण भारतबाटै भट्ट खोजेर ल्याउनुपर्ने हुन्छ, तर यी दुवै विकल्प म सहज देख्दिनँ ।’ किन सहज छैन त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘गुठी प्रायः सबै मासिइसक्यो, तलब मासिक पाँच हजार पाँच सय हुन्छ, त्रिभुवन विश्वविद्यालयमा जागिरसमेत भएकाले मैले त्यसैको आम्दानीबाट घर खर्च धान्न सकेको छु । उदाहरणका लागि शिवरात्रीको पूजा गर्न गुठी संस्थानबाट २६ रुपैयाँ ७८ पैसा आउँछ, तर खर्च भने एक लाख रुपैयाँभन्दा माथि हुन्छ । मेरा छोराहरूमध्ये एउटा इन्जिनियर छ, ऊ धेरै नै व्यस्त छ, अर्को छोरा बैंकमा अफिसर छ, उसलाई पनि फुर्सद हुँदैन, आफ्नो पेसा छाडेर उनीहरूले मेरो विरासत सम्हाल्लान् भन्ने कुरामा मलाई शंका छ । त्यसैगरी हातमुख जोर्नै समस्या हुने तलब सुविधाका कारण दक्षिण भारतबाट भट्ट आउने सम्भावना पनि न्यून देख्छु ।’ तर सृष्टिकर्ता स्वयं ब्रह्माजीले नै स्थापना गरेर आफंैले पूजा आराधना सुरु गरेको पवित्र तीर्थस्थल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँको पूजा परम्पराले निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0