Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेरो उम्मेदवारी बेथितिको अन्त्यको लागि हो

प्रभातफेरी अनलाइन ६८२ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
मेरो उम्मेदवारी बेथितिको अन्त्यको लागि हो

काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक व्यापारिक नगरीमा २०१८ साल वैशाख १६ गते आफ्नो जन्म भएको बताउनुहुन्छ । उहाँले आफूलाई सामाजिक अभियान्ताको रुपमा परिचय दिन रुचाउनुहुन्छ । जिल्लाका अधिकांश सार्वजनिक कार्यक्रमहरुमा काँधमा मुभी क्यामरा सहित कर्म क्षेत्रमा अहोरात्र खटिरहने नाम हो स्वयम्भूराज शाक्य ।
आफ्नो पेशालाई मर्यादित बनाउनुका साथै मानवीय सेवामा समेत दृढ इच्छाशक्ति राख्ने उनै शाक्य अहिले काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ मा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई अगाडि सार्नुभएको छ । योभन्दा अगाडि पनि विभिन्न निकायहरुमा त्यहाँ भएका बेथितिको विरुद्ध खबरदारी गर्दै आउनुभएका शाक्यले गणतान्त्रिक व्यवस्थालाई चलायमान राख्न लोकतान्त्रिक पद्धती अनुसार चुनावी प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राखी यस अघि पनि विभिन्न तहमा आफ्नो उम्मेदवारी दिएर चर्चा बटुल्नुभएको थियो । तपाईंको उम्मेदवारी नै किन स्वतन्त्र ? उहाँलाई तपाईको उम्मेदवारी किन र केका लागि भनेर हामीले संवाद गरेका थियौं । त्यसैको सारांश पस्केका छौं ।
राजधानी काठमाण्डौ देखि २६ किमी भित्र रहेको बनेपा नगर त्यसमा पनि पूर्वीय पहाडी जिल्लाको व्यापारीक नाकामा अहिले स्तरीय सुविधा सम्पन्न सामुदायिक हस्पिटल नहुनु, त्यस्तै गरी कुनै खालको अप्रिय घटना घटी नागरिकहरुको अंगभङ्ग भयो भने पनि उपचारको लागि काठमाण्डौ जानुपर्ने अवस्था भयो । कडारोगको निदानको लागि पनि काभ्रेमा गुणस्तरीय उपचार हुने सम्भावना छैन । काभ्रेमा एक सय बेडको सामुदायिक हस्पिटल बनाई नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउने वातावरण निर्माणको लागि आफूले उम्मेदवारी दिएको बताउनु हुन्छ, स्वयम्भूराज शाक्य । काभ्रेबाट काभ्रेली जनताहरुले कांग्रेस एमाले, माओवादीका कयौं नेताहरुलाई सांसद बनाए । एमालेबाट गोकुल बास्कोटा सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा शहरी विकास मन्त्री बने, त्यसैगरी उहाँभन्दा पहिले एमालेबाट नै केशव वडाल मन्त्री बने, कांग्रेसबाट राजेन्द्र खरेल कन्चनचन्द्र वादे राज्य मन्त्री बने, माओवादी केन्द्रबाट सूर्यमान दोङ (लालध्वज) उर्जा राज्यमन्त्री बने तर काभ्रे जिल्लाको विकास र सभ्य समाज निर्माणको लागि, युवा जनशक्तिको भावनालाई समेट्ने गरी खासै काम गर्न सकेनन् । रोजगारीको सिर्जना गर्ने कार्य भएन । यस क्षेत्रवाट मलाई जिताउनु भएमा प्राविधिक स्तरमा विद्यार्थीहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नेछु । काभ्रे क्षेत्र नं. २ का स्थानीय पालिकाहरुसँग समन्वय गरेर यहाँका नागरिकहरुको विकासको आवश्यकता र औचित्यलाई वुझेर अनुशन्धान गरेर शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको समग्र विकास, भौतिक पूर्वाधारको संरचनागत सुधार सहितको दिगो विकास गर्न लाग्ने छु । पछिल्लो समय मुलुकमा आर्थिक तरलताले गाजिएको छ । त्यसलाई पूर्ववतः अवस्थामा ल्याउनका लागि ठूलै चुनौती उठाउनुपर्छ । किनकी यो मुलुकमा भ्रष्टाचार अधिक भएकै कारण आज मुलुकमा विकासले तिव्रता नपाएको हो । भ्रष्टहरुले ५ सय र १ हजारका नोट लुकाई आर्थिक संकट ल्याएको हुँदा यी नोटहरुलाई नोट बन्दी गरी नयाँ नोटको प्रवन्धको लागि पहल कदमी गर्नेछु । तब मात्र आजको आर्थिक संकटबाट मुलुकले उन्मुक्ति प्राप्त गर्नेछ । यो वेथितिको अन्त्यका लागि नै मेरो उम्मेदवारी हो । यहि सम्झेर प्रतिनिधि सभा २ नम्बर क्षेत्रका मतदाताले मतदान गर्ने विश्वास लिएको छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0