काभ्रे । काभ्रे प्रतिनिधि सभा १ (क) मा माओवादी केन्द्रका रत्न ढकाल भारी मतले विजयी भएका छन् ।
काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा क को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन् । आज सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन् ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन् । उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप)ले ११ हजार २७८ मत प्राप्त गरेका छन ।
त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उहाले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपुरा रहेको काम पुरा गर्ने र जनताकै बिचमा रहेका काम गर्ने बताउनु भएको छ ।यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएका थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |