काभ्रे । काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एसका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । केही घण्टा अघि गठबन्धनकै रत्न ढकाल फराकिलो मतका साथ बिजय भएका थिए ।
लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन ।
उहाका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए ।
लम्साल एमाले पार्टी विभाजन हुँदा नेकपा एसमा बसेका थिए । अहिले प्रदेश सभा सदस्यमा विजयी लम्साल बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |