Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीनधारे झरना एकीकृत विकास समिति

प्रभातफेरी अनलाइन ३६३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ साल अघि)
तीनधारे झरना एकीकृत विकास समिति

परशु घिमिरे

केन्द्रबिन्दुमा ः तीनधारे झरना
समेटिने ः अन्तरसिंगे र महभीर झरना, धाउ पखाल्ने गुफा, तामाको पहाड, वनझाँक्रीको गुफा, महाभारतसमक्ष हारेको प्रतिरूप मानिने पहाड, प्राकृतिक हेलिप्याड
रोशी गाउँपालिकाले तत्कालका लागि तीनधारे झर्नालाई केन्द्रबिन्दुमा राखेर वरपरका अतुलनीय प्राकृतिक उपहारहरूलाई समेत समेटेर तीनधारे एकीकृत विकास समितिमार्फत काम अघि बढाउन सकिने विषयमा अध्ययन गरिरहेको छ । यी क्षेत्रमा मोटर गुड्ने सडक नलगी कुनै निश्चित गन्तव्यबाट पैदलमार्ग बनाउनु आवश्यक छ । दुईदेखि तीन दिनको प्याकेज कार्यक्रम बनाई पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । झर्ना कति उचाइबाट झर्छ, यसको लम्बाइ–चौडाइ कति छ भन्ने विषयमा समेत यकिन तथ्यांक राख्न आवश्यक छ । उपयुक्त पद मार्गको ठाउँ ठाउँमा विश्राम र खानपिनको सुविधा, झरना वा उपयुक्त गन्तव्य नजिकै क्याम्प फायरसहित रात बिताउने सुविधाजस्ता विषयलाई पनि योजनामा समेट्नुपर्छ ।
योग र ध्यानमा रमाउने स्वदेशी वा विदेशीहरूका लागि आवश्यक वातावरणसहितको सुविधामा ध्यान दिन जरुरी छ । प्राकृतिक वातावरण र बोटबिरुवामा दक्खल नपर्ने गरी विकास समितिमार्फत नै योजना बनाएर त्यस क्षेत्रका गाउँलेहरू लाभान्वित हुन सक्ने योजना बनाउने गरी गाउँपालिका अघि बढेको छ ।
त्यस्तै, वडा नम्बर ६ मा पर्ने गढी र १२ मा पर्ने घ्याङडाँडा प्राकृतिक रूपमा गाउँपालिकाका वरदान हुन् । २४ सय मिटरको उचाइमा रहेको मानव निर्मित संरचनासहितको यो गढी संरक्षण र अध्ययनको पर्खाइमा छ । घ्याङ लेकमा परम्परादेखि लाग्ने गरेको जात्रा पनि केही समयदेखि रोकिएको छ । बनावटका हिसाबले इलामको कन्यामलाई बिर्साउने यो क्षेत्रमा रहेको दुई सय हेक्टर सार्वजनिक जग्गा र जंगल समेटेर पर्यटनका लागि नयाँ गन्तव्य बनाउन सकिन्छ ।
भूमिचुली
प्रख्यात धार्मिकस्थल भूमिचुली मन्दिर वडा नम्बर ९ मा पर्छ । भूमिचुलीलाई तामाङ भाषामा ज्योमोगाङ भनिन्छ । गाउँमा खडेरी परेका बेला २३ सय मिटर उचाइमा रहेको भूमिचुली मन्दिरमा प्रत्येक घरधुरीबाट एक एकजना पुगेर पानी माग्दै पूजा गर्ने चलन छ । उनीहरू फर्केर आफ्नो घर नआइपुग्दै ठूलो पानी पर्ने गरेको अनेकौं उदाहरण छन् । भूमिचुलीको टाकुरामा एउटा विशाल ढुंगा छ । त्यो ढुंगा कसैले टुक्रुक्क राखिदिएको जस्तो देखिन्छ । थोरै बल प्रयोग गरेर धकेल्नासाथ पल्टिहाल्छ कि जस्तो देखिन्छ । तर कयौं पटक ठूला भूकम्प गए त्यो ढुंगा हल्लिएको छैन । कसरी अडिएको होला ? देख्नेहरूको दिमाग नै चक्कराउँछ । त्यो ढुंगालाई बाघका रूपमा पूजा गरिन्छ । त्यो बाघले यस क्षेत्रको संरक्षण गरिरहेको जनविश्वास छ ।
यस विषयमा स्थानीय बूढापाकाहरू किंवदन्ती सुनाउँदै भन्छन्– ‘यस क्षेत्रमा एकजना तान्त्रिक सिकारी थिए । उनी तन्त्रबलमार्फत बाघ बनेर सिकार गर्न जान्थे । सिकार घरमा ल्याएपछि फेरि मानिस नै बन्थे । यसरी नै उनको जीवन चलिरहेको थियो । उनको विवाह भएछ । नयाँ दुलहीलाई केही अक्षता दिएर भनेछन्– ‘म बाघ बनेर सिकार खेल्न जाँदैछु, सिकार लिएर आएपछि मलाई यही अक्षता छर्किदिनु ।’ बाघको रूपधारण गरी बेलुका उनले मृग सिकार गरी ल्याएछन् । आफ्नो घरको आँगनमा आइपुग्नेबित्तिकै नयाँ दुलही डराएर घरभित्र पुगी अक्षेता अँगेनामा हालिदिइछन् । बाघरूपी ती सिकारीले हत्तपत्त अँगेनामा हात हालेर अक्षता झिक्ने प्रयास गरेछन् । तर प्रयास असफल भएछ । उल्टै उनको हातको पञ्जाको एउटा औंला डढेछ । तान्त्रिक विधिद्वारा तयार गरेको अक्षेता श्रीमतीले छर्कन नपाएका कारण उनी मान्छेमा रूपान्तरण हुन सकेनछन् । त्यसपछि बाघकै रूपमा जंगलमा गएर बस्न थालेछन् । अहिले पनि त्यस क्षेत्रमा डुल्ने बाघको पञ्जाको पैताला हेर्दा एउटा नंग्रा नदेखिने स्थानीयहरू बताउँछन् । त्यो बेलाका ती तान्त्रिक नै अहिलेसम्म पनि बाघका रूपमा घुमिरहेको र त्यस क्षेत्रको संरक्षण गरिरहेको जनविश्वास छ । यही जनविश्वासका आधारमा भूमिचुलीको त्यो मन्दिरमा पूजाआजा गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0