Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सापकोटाको सालिक अनावरण हुँदा संस्था र सम्पत्ति नै ओझेलमा

प्रभातफेरी अनलाइन ४२८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
Post Thumbnail

सम्पादकलाई चिठी

श्री सम्पादकज्यू
तपाईंको पत्रिकाको वर्ष १८ अंक २२ को मंसिर २१ गते बुधबारका दिन प्रकाशित पत्रिकाको पहिलो पेजको चौथो समाचारमा पाँचखालमा सापकोटाको सालिक अनावरण भन्ने समाचार छापिएपछि उक्त समाचार तीन पटक सम्म पढियो । यसका लागि हाम्रो परिवारको तर्फबाट धन्यवाद गर्न चाहन्छौं । यो घटनालाई फेरि एक पटक ब्युँझाउने काम गर्नुभयो । यसले हामी भित्र घटेको सर्वाधिक दुखित घटना हो भने नेकपा एमाले काभ्रे जिल्ला परिवार भित्रका दुई ठूला महत्वपूर्ण घटनाहरु हुन् ।
क. बलराम सापकोटा अपहरण गरी लामो समयसम्म बेपत्ता पारिए पनि उनका हत्याराहरुले अपहरण गरी लगेकै रात हत्या गरेको जानकारी धेरै समयपछि मात्र गरेका थिए । त्यस अपहरण र हत्यामा संलग्न एक महिला नेकपा एमाले र माओवादीसँगको एकतापछि बनेको नेकपाको जिल्ला अध्यक्ष हुँदै माकेको सांसद बन्न पुग्नु भएको छ । अपहरणकै एक वर्ष भित्र प्रकाशित काभ्रे टाइम्स नामक पत्रिकाले विदुर सापकोटालाई माओवादीमा बुझाए । बलराम सापकोटा फिर्ता दिने समाचार प्रकाशित ग¥यो । पछि एमालेको स्थानीय कार्यकर्ताको ठूलो दबाबका कारण एमाले केन्द्रीय कमिटीको सक्रियतामा बलराम सापकोटाको अपहरणकै दिन हत्या भएको जानकारी गराएको थियो ।
स्व. बलराम सापकोटाको अवस्था सार्वजनिक हुनासाथ नेकपा एमाले पाँचखाल गाउँ कमिटीका पदाधिकारी शुभ अधिकारी, रविन्द्र सिपखान, उपेन्द्र बानियाँ, राजन, रुद्र बहादुर बानियाँ, गंगा सत्याल सापकोटा र तत्कालिन जिल्ला कमिटी सचिव विदुर सापकोटाको सक्रियतामा बलराम सापकोटा स्मृति प्रतिष्ठान नामक संस्थाको गठन भयो । उक्त संस्थाको लागि सहयोग रसिद छपाई २०५९ साल सम्ममा करिब ५ लाख रुपैयाँ स्मृति प्रतिष्ठानमा जम्मा भयो । तत्कालिन जिविस सभापति कृष्णप्रसाद सापकोटाको निर्देशनमा सबै जिविस सदस्यहरुले ठूलै रकम उक्त प्रतिष्ठानको कोषमा जम्मा गरेका थिए ।
आफ्नो राजनीतिक जीवन लगातार तीन पटक सांसदको टिकट पाई अन्तिम पटक मात्र विजय हासिल गरेका विदुर सापकोटाले सांसदको अवधिभर बलराम सापकोटा स्मृति खेल मैदान बनाए । उक्त खेल विदुर सापकोटा, प्रविन श्रेष्ठ र राजन सापकोटाको लागि ५ वर्ष सम्म अनियमितता गर्ने थलो बन्यो । प्रत्येक वर्ष ५–७ लाख गरी करिब ३५ लाख बजेट मध्ये करिब १० लाख मात्र खेल मैदानमा खर्च भयो । हामी सहिद परिवारकै अगाडि स्व. बलराम सापकोटाको नाममा ठगीखेलको भाँडो बन्यो । हाम्रो आँखा अगाडि नै प्रतिष्ठान (संस्था) र सम्पत्ति दुवै ओझेलमा परे । बलराम सापकोटाको हत्याको पक्षमा वकालत गर्ने माओवादीका खाओवादीहरुलाई एमालेमा ल्याई समानुपातिकमा सभासद् बनाई स्व. बलराम सापकोटा, सापकोटाकी धर्मपत्नी क. सरिता सापकोटालाई समानुपातिकमा सांसद बनाउनु सट्टा क. गोकुल बाँस्कोटाले तिनै हत्याराहरुलाई भोट माग्न सरिता सापकोटालाई लिएर हिँडेको देख्दा हामी सापकोटा परिवार फेरि एक पटक पिडित बन्न बाध्य छौं । स्मरण रहोस्, यो सालिक पार्टी र प्रतिष्ठान दुवैले बनाएको हैन त्यो त पाँचखाल नगरपालिकाले विकासको बजेट कटौती गरेर बनाएको सम्पत्ति हो । सालिकको अनावरण गर्नु आउनुभएको प्रमुख अतिथिले उक्त हराएको प्रतिष्ठान (संस्था) र सम्पत्तिको पनि खोजी र संरक्षण गरी बलराम सापकोटाको इमान्दारिता र आदर्शलाई संस्थागत विकास गर्ने बुद्धि पनि पलाओस् भन्ने कामना गर्दछौं ।
– विवेक शर्मा, पाँचखाल, हालः दुबई

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0